Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेसमा एमाले संकटग्रस्त : वर्चस्व लडाइँले खोस्यो शीर्ष नेतृत्व, मुख्यमन्त्री पद पनि ‘खतरामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८२
मधेसमा एमाले संकटग्रस्त : वर्चस्व लडाइँले खोस्यो शीर्ष नेतृत्व, मुख्यमन्त्री पद पनि ‘खतरामा

वीरगंज (पर्सा), ६ मंसिर । जेन–जी आन्दोलनपछि संघीय सत्ता गुमाएको नेकपा एमाले अहिले मधेस प्रदेश सरकारको शीर्ष नेतृत्व सम्हाल्ने क्षमता पनि गुमाउने दोबाटोमा उभिएको छ । मधेस प्रदेशमा सरकारको प्रमुख–उपप्रमुखसहित महत्वपूर्ण पदमा एमालेकै अधिकार रहेको थियो । पार्टीकै सिफारिसमा सुमित्रा सुवेदी भण्डारी प्रदेश प्रमुख बनेकी थिइन् र रामचन्द्र मण्डल पनि एमालेबाटै प्रदेशसभाको सभामुख चुनिएका थिए । तर पछिल्लो राजनीतिक उलटफेरपछि दुवै पद एमालेको हातबाट फुत्किएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवको पद समेत अहिले सर्वोच्च अदालतमा विचाराधीन छ, जसले उनलाई लगभग अधिकारविहीन बनाइदिएको छ । प्रदेश सरकारका मुख्य पद एकपछि अर्को गर्दै जोगाउन नसकिएको स्थितिमा एमालेको शीर्ष नेतृत्वले मधेसबारे गम्भीर समीक्षा सुरु गरेको छ ।

सबैभन्दा पहिले प्रदेश प्रमुख भण्डारी पदच्युत भइन् । त्यसपछि सभामुख मण्डललाई आफ्नै पार्टीका मुख्यमन्त्री बनाउन असंवैधानिक कदम चालेको आरोपसहित सात दलीय गठबन्धन र ७६ जना सांसदले दुई तिहाइ बहुमतमा पदमुक्त गरे । गठबन्धनले सरोजकुमार यादवलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्री नियुक्त गरिएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको हो । अदालतले अन्तरिम आदेश जारी गर्दै यादवलाई नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न निर्देशन दिइसकेको छ ।

मंसिर ९ गते मुद्दाको टुंगो लाग्ने सम्भावना रहेको र सात दलीय गठबन्धनका कानुन व्यवसायीहरूले यादवको पद जाने प्रायः निश्चित भएको विश्वास दिलाएको जनाउँदै जसपा नेपाल मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले प्रतिक्रिया दिएका छन् । प्रदेशमा निरन्तर पद गुमाउन थालेपछि एमाले सचिवालय बैठकमा पनि मधेसको घटनाक्रमलाई लिएर गम्भीर बहस भएको श्रोत बताउँछ ।

प्रदेशमा बढी क्षति मधेस आन्दोलनका समयमा नभई अहिले भएको भन्दै एक नेताले बैठकमा चिन्ता व्यक्त गरेका थिए । पार्टीको पकड कमजोर बन्दै गएपछि मुख्यमन्त्री यादवलाई तत्काल राजीनामा गराउनुपर्ने प्रस्तावसमेत सचिवालयमा उठेको श्रोतको दाबी छ । उनका अनुसार निर्वाचन नजिकिँदै गर्दा मधेस जस्तो महत्वपूर्ण क्षेत्रमा यस्तो ठूलो क्षति हुनु पार्टीका लागि निकै गम्भीर विषय हो ।

एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत मधेसमा कसरी, किन र क–कस्को कारणले पार्टीलाई धक्का पुग्यो भन्ने प्रश्न उठाएका छन् । उनले प्रदेश प्रमुख बर्खास्ती, सभामुख पदमुक्ति तथा मुख्यमन्त्री अदालतमा परेको अवस्थालाई पार्टीको सार्वजनिक छविमाथिको गम्भीर चोटका रूपमा व्याख्या गर्दै पार्टीभित्र अन्तरविरोध तीव्र बन्दै गएको टिप्पणी गरेका छन् ।

भट्टराईका अनुसार मधेसमा अध्यक्ष केपी शर्मा ओलीले गरेका प्रयासमाथि नै खेलबाड गरिएको छ, जसको गम्भीर समीक्षा अपरिहार्य छ । उनले पार्टीको जनधार विस्तार, आन्तरिक एकता र सामाजिक छवि सुधार्न मधेसमा नयाँ नेतृत्वसहित अघि बढ्न आग्रह पनि गरेका छन् । मधेसमा नेतृत्व गर्ने केही नेताबाट गल्ती भएको स्वीकार्दै अब सुधार र नयाँ जिम्मेवारी आवश्यक भएको उनको भनाइ छ ।

स्रोतका अनुसार मधेस प्रदेशमा एकपछि अर्को पद गुमाउनुपर्ने अवस्थाको मूल कारण पार्टीका दुई शीर्ष नेता—लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबीचको ब्रचश्व संघर्ष हो । उनीहरूको आपसी द्वन्द्वले मधेसमा पार्टीको संगठनात्मक अस्तित्व नै जोखिममा परेको बताइन्छ । एमाले निकट एक श्रोतका शब्दमा, ‘दुई नेताको राजनीतिक लडाइँले मधेसमा पार्टी कमजोर मात्र होइन, लगभग सखाप हुने अवस्थामा पुगेको छ ।’ यद्यपि घटनाक्रम एमालेविरुद्ध देखिँदै जाँदा पनि महासेठ भने अहिले सम्म मौन बसिरहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि