Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिमरामा कर्फ्यूबीच उग्र प्रदर्शन, ढुङ्गामुढा आगजनी, वार्ताको माहौल बनेपछि आन्दोलन स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०८२
सिमरामा कर्फ्यूबीच उग्र प्रदर्शन, ढुङ्गामुढा आगजनी, वार्ताको माहौल बनेपछि आन्दोलन स्थगित

जितपुरसिमरा (बारा), ४ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा एमाले नेताहरूको स्वागत र विरोधका क्रममा बुधबार उत्पन्न तनाव बिहीबार पनि उस्तै गंभीर रुपमा जारी रह्यो । जेन–जी युवा समूहको विरोध प्रदर्शन क्रमशः उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पुनः दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु लागू गर्न बाध्य भयो । तर कर्फ्युको आदेश लागू हुँदाहुँदै पनि प्रदर्शनकारीहरू सडकमा उत्रिँदै गतिविधि अविराम रूपमा अघि बढाइरहे ।

बिहीबार प्रदर्शन तीव्र रूप लिन पुगेपछि सिमरा बजारस्थित प्रहरी बिटलाई आगजनी गरी क्षति पुर्‍याइएको छ । त्यस्तै, एमाले पार्टी कार्यालयका सामग्रीहरू बाहिर निकालेर प्रदर्शनकारीहरूले त्यसैलाई पनि जलाइदिएका छन् । दुवै पक्षबीचको झडपमा ४ जना जेन–जी युवाहरू र ६ जना प्रहरी गरी कुल १० जना घाइते भएका छन् । स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा प्रहरीले ६ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको र २ राउन्ड हवाई फायरिङसमेत गरिएको जनाएको छ । उता प्रदर्शनकारीले समेत प्रहरीले फर्किन नसक्ने गरी व्यापक ढुङ्गामुढा चलाएका छन् ।

बुधबार बिहान करिब १० बजे घटना सुरु भएको थियो । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न जाँदै गरेका एमाले कार्यकर्ता र उनीहरूको आगमनविरुद्ध सिमरा चोकमा भेला भएका जेन–जी समूहका युवाबीच हाताहात भएपछि परिस्थिति चर्किएको हो । झडप बढ्दै जाँदा आक्रोशित समूहले सिमरा विमानस्थलको मुख्य गेटसमेत तोडफोड गरी ढुङ्गा र सिसाका बोतल प्रहार गरेका थिए । त्यही घटनाक्रमपछि प्रशासनले बुधबार दिउँसो १२ः३० देखि राति ८ः३० बजेसम्म र त्यसपछिका दिन बिहीबार फेरि दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।

झडपमा घाइते भएका जेन–जी बारा संयोजक सम्राट् (साइकुल) उपाध्यायले एमाले नेताहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले जीतपुरसिमरा–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारीलाई पक्राउ गरेको छ । यी दुवै जनप्रतिनिधि एमालेबाट निर्वाचित हुन् । संयोजक उपाध्यायले आफूहरूको शान्तिपूर्ण विरोधमा एमाले समर्थकले आक्रमण सुरु गरेको आरोप लगाएका छन् । तर एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले लोकतन्त्रमा विरोधको अधिकार रहे पनि कार्यक्रम अस्तव्यस्त पार्ने, नेताहरूलाई कार्यक्रममै जान नदिने जस्ता क्रियाकलाप स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

कर्फ्यु लागू भएपछि सिमरा बजार पूर्ण रूपमा ठप्प छ भने पूर्व–पश्चिम राजमार्गको सो खण्डमा चल्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु समेत बन्द छन्। स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र संवादमै समाधान खोज्न आग्रह गरेको छ भने प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको जनाएका छन् ।

प्रशासनले वार्ताको माहौल बनाएपछि आन्दोलन स्थगित
जेन–जी युवाहरूले राजमार्ग अवरुद्ध गर्दै थालेको प्रदर्शन प्रशासनसँगको प्रारम्भिक सहमति पछि आजका लागि स्थगित गरिएको छ । बुधवार भएको कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने प्रतिवद्धता र वार्ता बस्ने सहमति प्रदान गरेपछि जेन–जी समर्थकहरू पछि हटेका हुन् ।

जेन–जी समूहका समर्थक सौरभ चौगाईले सर्वसाधारणको दैनिकी प्रभावित नहोस् भन्ने उद्देश्यले आन्दोलन रोकेका बताएका छन् । उनका अनुसार, प्रशासनले वार्तामार्फत मागहरू सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने तयारी गरिएको हो । “बिहीबार नगरे शुक्रबार बिहान ९ बजेसम्ममा वार्ता हुँदै निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ,” उनले बताए । वार्ता जिल्ला प्रशासन कार्यालय बारा वा इलाका प्रशासन कार्यालय सिमरामध्ये कुनै एक स्थानमा हुने संभावना रहेको जानकारी पनि उनले दिए ।

बिहान ११ बजेदेखि अवरुद्ध रहेको पथलैया–वीरगंज राजमार्ग अपराह्न करिब ४ बजेतिर पूर्ण रूपमा सञ्चालनमा फर्किएपछि सिमराको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ । घटनाक्रम बुधवारबाट नै सुरु भएको थियो । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम सार्वजनिक हुनासाथ जेन–जी समर्थित युवाहरू विमानस्थल क्षेत्रमा भेला भएका थिए । तर त्यही समयमा त्यहाँ पुगेका एमाले निकट युवाले जेन–जी समूहका युवामाथि कुटपिट गरेपछि स्थिति एकाएक तनावपूर्ण बन्दै गयो । दुवै पक्षबीच भएको तीव्र झडपका क्रममा विमानस्थल क्षेत्रमा समेत तोडफोड भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि