Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मेयर सिंहको पटक पटकको प्रयास पछि डुबान क्षेत्रको पानी निकासीको काम सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०८१
मेयर सिंहको पटक पटकको प्रयास पछि डुबान क्षेत्रको पानी निकासीको काम सुरु

वीरगंज (पर्सा), १ कात्तिक । विवादका कारण १९ दिनदेखि डुबानमा परेको वीरगंजको सुगौलीविर्ता, हरपतगंज बहुअरीको पानी निकासको काम बिहीबारबाट सुरु भएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पटक पटकको प्रयासपछि पानी निकासको काम सुरु भएको हो । बिहीबार बिहान महानगर प्रमुख सिंह सहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेल, ससस्त्र प्रहरीका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगन गरेको थियो ।

त्यस क्षेत्रको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द ह्युमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष सहित महानगरपालिकाले दिउँसोबाट ३ वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो । २ दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको ह्युमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम गरिरहेको महानगर प्रमुख सिंहले जानकारी दिए । दुई दिनसम्म परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०, २४ र २६ को अधिकांस क्षेत्र डुबानमा परेको थियो ।

तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्षाको पानी सो स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी डुबानमा परेका थिए । गत असोज ११ र १२ मा परेको वर्षाको पानी १९ दिनसम्म निकास नपाउँदा त्यहाँ लगाइएको ५० औँ विघाभन्दा बढी धानबाली नष्ट हुने अवस्थामा पुगेको थियो । लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी, इन्सेफ्लाइटिस तथा पानीजन्य रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन । गत असोज १८ मा जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साझ वडा नं. १७ स्थित अलौँवासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए ।

नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो । अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुव्र्यहार गरेपछि कुटाकुटसमेत भएको थियो । तीन वटै वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ मा महानगर प्रमुख राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि