Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढी प्रभावित संरचनाको काम फास्ट ट्र्याकमा अघि बढाउन मन्त्री यादवको निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०८१
बाढी प्रभावित संरचनाको काम फास्ट ट्र्याकमा अघि बढाउन मन्त्री यादवको निर्देशन

काठमाडौं, १ कात्तिक । खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा बाढीले क्षति गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका विभागका संरचनाहरूको काम फास्ट ट्र्याकबाट गर्न निर्देशन दिएका छन् । गत असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पनौती नगरपालिकाका वडा नम्बर २ र १२ का खानेपानीका मुहान लगायतका विभिन्न संरचनामा भएको क्षतिको जानकारी लिन बिहीबार मन्त्री यादवले स्थलगत भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा मन्त्री यादवले भने, ‘पनौतीमा खानेपानी मन्त्रालय अन्तर्गतका संरचनामा बाढीले ठूलो क्षति गरेको छ । मन्त्रालय मातहतका संरचनाहरूको काम हामी तुरुन्तै सुचारु गर्नेछौँ । अन्य विषयमा आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढ्नेछौँ ।’ उनले थपे, ‘पनौताका जनप्रतिनिधि र स्थानीय वासीहरूको सहयोगमा अस्थायी रूपमा पानी आइरहेको भएपनि त्यो दीर्घकालीन समस्याको समाधानको लागि योजना तयार गर्नुपर्ने आवश्यकता छ । मन्त्रालय, विभाग, र खानेपानी संस्थानका प्रतिनिधिहरूसँग बैठक गरेर बाढी र पहिरोले गरेको क्षतिको अनुमान बनाउनेछौँ र तीन दिन भित्र सूचना प्रकाशन गरी काम सुरु गर्नेछौँ ।’

बाढीका कारण नेपाल खानेपानी संस्थान अन्तर्गत पर्ने पनौतीमा रहेको मिनिरल वाटर उत्पादन प्लान्टमा पनि ठूलो क्षति भएको भन्दै मन्त्री यादवले सबै संरचनाहरूको काम तुरुन्तै विस्तार गरी बाढीले क्षति गरेका संरचनाहरूको काम फास्ट ट्रयाकमा गर्ने बताए । मन्त्री यादवले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपको विषयमा सहरी विकास मन्त्रीसँग सल्लाह गर्ने जानकारी दिए । उनले भने, ‘पाइप क्षतिग्रस्त छ । म प्राविधिक त होइन, तर मन्त्रीको जिम्मेवारीले हेर्नु पर्ने विषय हो । म सहरी विकास मन्त्रीलाई आग्रह गर्दै छु कि ११ किमी बगेको पाइपको छानबिन समिति बनाउन ।’ स्थानीयवासीले बाढीले क्षति पुगेको खानेपानी व्यवस्थापनसँगै मुहान क्षेत्रमा पनि ठूलो क्षति भएको भन्दै मुहान नजिक रहेका बस्तीहरूको स्थानान्तरणका लागि आवश्यक सहयोगको आग्रह गरे ।

मन्त्री यादवले भने, ‘तपाईँहरूको समस्या मैले देखेको छु । पुनः विपद घटनाहरू दोहोरिन नदिन दीर्घकालीन रूपमा समस्याको समाधान खोजिनेछ ।’ उनले खानेपानीको प्रयोग गर्न मुहान क्षेत्रका स्थानीयहरूसँग आवश्यक समन्वय गर्ने पनि बताए । यस अनुगमनमा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादी, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्य, स्थानीय, राजनीतिक दलका नेता, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख रामकुमार श्रेष्ठ, र खानेपानी संस्थानका महाप्रबन्धक त्रिदेव श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि