Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ : कानुन मन्त्री चाैरसिया

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०८१
यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ : कानुन मन्त्री चाैरसिया

वीरगंज (पर्सा), १ कात्तिक । संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारुढ दलहरूबिच छलफल चलिरहेको बताएका छन् । वीरगंजमा बिहीबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कानुनमन्त्री चौरसियाले कांग्रेस–एमालेबिच संविधान संशोधन लगायतका ७ बुँदे सहमति भएरै अहिलेको सत्ता समिकरण बनेको बताए । बाहिर प्रचारमा आएको जस्तो संविधान संशोधनको मुद्धाबाट सत्तारुढ दलहरु पछाडि नहटेको उनले प्रष्टीकरण दिए ।

उनले भने,‘कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने विषयमा सत्तामा रहेका दलहरुबिच अहिले आन्तरिक छलफल चलिरहेको छ । सत्तारुढ दलहरुबिचको छलफलपछि सत्ताबाहिर रहेका अन्य दलहरुसंग छलफल र संवाद हुन्छ । ’संविधान संशोधन हतारमा गर्ने विषय नभएको भन्दै सत्तामा रहेका र सत्ताबाहिरका सबै दलहरुबिच साझा सहमति गरेरमात्रै संविधान संशोधन गरिने उनले बताए । वर्तमान सरकारमा प्रमुख दुई घटक कांग्रेस र एमालेबिच कुनै मनमुटाव नभएको उनले बताए । उनले भने,‘यो सरकार दुई ठूला पार्टीको सहकार्यमा बनेको छ । त्यसका कारण यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ । त्योभन्दा पहिले अहिलेको सत्तासमिकरणमा कुनै फेरबदल हुदैन ।’

संविधान संशोधन, सुशासन,अर्थतन्त्रलाई पुन चलायमान बनाउने लगायतका एजेण्डामा अहिलेको सत्तासमिकरण बनेको भन्दै मन्त्री चौरसियाले भने,‘यीसब काम पुरा भएपछि मात्रै अर्को समिकरण बन्छ । त्योभन्दा पहिले कुनै फेरबदल हुदैन । ढुक्क भए हुन्छ ।’ वर्तमान सरकारको तीन महिनाको कार्यकाल सफल रहेको भन्दै उनले जनताका असन्तुष्टिहरु विस्तारै सरकारले सम्बोधन गर्दै अगाडि बढिरहेको दाबीपनि गरे । विगत डेढ दशकदेखि अड्किएको टीआरसी विधेयक आफु कानुमन्त्री भएपछि सबै दलको सहमतिमा संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनु कानुन मन्त्रालयको सबै भन्दा ठूलो उपलब्धी रहेको जिकिर उनले गरे ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतकोपनि सहभागीता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि