Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी नायब निरीक्षक यादव ‘उत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरीको रुपमा पुरस्कृत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८१
प्रहरी नायब निरीक्षक यादव ‘उत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरीको रुपमा पुरस्कृत

वीरगंज (पर्सा), २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादव ‘उत्कृष्ट अनुसन्धानकर्ता’ प्रहरीको रुपमा पुरस्कृत भएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच प्रहरी नायब निरीक्षक यादवलाई ‘उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता’ प्रहरी पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

यादवलाई प्रदान गरिएको सम्मानपत्रमा ‘राष्ट्र र नागरिकको सेवामा समर्पित “सत्य सेवा सुरक्षणम्” को आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिला बालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुर्‍याउनु भएकोमा तपाईलाई ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा ‘उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता’ प्रहरी पुरस्कार प्रदान गरिएको छ’ भनेर उल्लेख गरिएको छ ।

प्रहरी नायब निरीक्षक यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत रहँदा भारतीय सुरक्षाकर्मीसँग समन्वय गरि १५ जना बालिका उद्दार गरि अभिभावकलाई जिम्मा लगाएको, घरेलु हिंसा शत प्रतिशत बालबालिका हराएको तथा ठाडो उजुरीको विषयमा लैंगिक सम्वेदनशील रही कार्य सम्झौताको लक्ष्य अनुसार कार्य सम्पादन गरेको, १२ वर्ष बालिकालाई यौन दुरुपयोग गर्ने मुद्दाका प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको, १५ वर्षकी बालिकाको जबरजस्ती करणीको प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको, अपहरण तथा शरिर बन्धकका प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको, श्रीमतीलाई हसिँयाले घाँटी रेटेको र छोरीलाई दबिया टाउकोमा हानेकालाई पक्राउ गरि दाखिला गरेको, पूर्व माननीय रामचन्द्र रायको हत्याको अनुसन्धानमा सूचना संकलन गरेको र प्रतिवादीलाई पक्राउ गरि दाखिला गरेको साथै हत्याको छानविन तथा अनुसन्धान समितिमा रही कार्य गरेको जस्ता कामहरु गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले यादव सहित २२ जना प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरेको छ । विभागीय नीति निर्देशनलाई आत्मसाथ गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, प्रहरी कार्य लगायत समग्र शान्ति सुरक्षा कायम गर्न अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ रही विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतमा कार्यरत २२ जना प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको हो ।

सम्मान हुने प्रहरी कर्मचारीहरुमा प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायब उपरीक्षक ईश्वर थापा, यम कुमार श्रेष्ठ, पुरुषोत्तम खड्का, प्रहरी निरीक्षक जितेश दाहाल, सत्रुधन कुमार महतो, प्रहरी बरिष्ठ नायब निरीक्षक सुमन थापा, राज कुमार श्रेष्ठ, ऋणिकेश सुवेदी, विजय महरा, सन्तोष लामा, प्रहरी नायब निरीक्षक महादेव भट्ट, जीवन कुमार कार्की, सुभाष यादव, प्रहरी सहायक निरीक्षक युवराज बस्नेत, रुपेश कुमार विष्ट, प्रहरी हवल्दार डोलराज ढकाल, दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान विमला चौधरी, दिपक भण्डारी, मिलन लामिछाने रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि