Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८१
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ असोज । दशरथ रंगशालापछि मुलुकको दोश्रो ठूलो रंगशाला हो, वीरगंजस्थित नारायणी रंगशाला । भौतिक पूर्वाधारले सम्पन्न यो रंगशाला संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै गएको छ भने अतिक्रमणको चपेटामा समेत परेको छ । २०४२ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको पहलमा २० विघा जग्गामा निर्माण गरिएको नाराायणी रंगशाला अहिले १८ विघामा खुम्चिन पुगेको छ ।

कुनैबेला राष्ट्रिय स्तरको खेल प्रतियोगिता भएको यस रंगशालामा करिब ढेड दशकदेखि कुनै ठूला खेलहरु हुन सकेको छैन । राज्यले आफ्नै सम्पतिको संरक्षण गर्न नसक्दा रंगशालाको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ । खेलाडीहरु प्रशिक्षण गर्ने उक्त रंगशाला अहिले गौँ चरण र सवारीसाधान सिक्ने थलो बनेको छ । यती ठूलो संरचनाको सदुपयोग गर्न नपाउँदा वीरगंजबासी निराश छन् । पछिल्लो समय नेपाली राष्ट्रिय खेलाडीहरुले खेलको माध्यमबाट देशलाई विश्वमाझ चिनाउन सफल भएका छन् ।

अझ विश्वमा चर्चा बटुलेका राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख वीरगंजकै हुन् । यती धेरै खेल क्षेत्रमा सम्भावना बोकेको वीरगंजलाई राज्यले उपेक्षा गर्दै आएको छ । सरकारले मूलपानी क्रिकेट मैदान, मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेर अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निणर्य गर्‍यो तर संरक्षणको गुहार गर्दै आएको नारायणी रंगशालालाई राज्यले नदेख्नु वीरगंजलाई उपेक्षामै पारिएको प्रमाण पनि हो ।

आर्थिक वर्ष २०७७/०७८ मा सरकारले रंगशाला पुननिर्माणका लागि ५ करोड र नयाँ कभर्डहल निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो । रंगशालाको ब्लक ‘सी’को पुरानो प्यारापिट भत्काएर नयाँ निर्माण सम्पन्न भएको छ  भने गत आर्थिक वर्षमा सोही प्यारापिटको रेलिङ, प्लाप्टरका कार्य पनि सम्पन्न भइसकेको छ । कभर्डहलका लागि सरकारले दुई पटक गरी हालसम्म २ करोड १३ लाख रुपैयाँ पठाएको छ । तर, चालू आर्थिक वर्षमा रंगशालाको पूर्न निर्माणका लागि बजेट विनियोजन नगर्दा अहिले पूर्न निर्माण कार्य ठप्प छ ।

डीपीआर अनुसार रंगशालाको पुनर्निर्माणमा २ अर्ब ६४ करोड रुपैयाँ खर्च हुने भनिएपनि हालसम्म सरकारले ७ करोड मात्रै पठाएको छ । राज्यले नारायणी रंगशालाको बजेट नपठाउनुको कारण विदेशी अनुदानको बाटो कुरि रहेको राष्ट्रिय खेलकुद परिषदका मधेश प्रदेशका बोर्ड सदस्य मानदेव हजरा बताउँछन् । केहीसमय अघि मात्रै नारायणी रंगशालका निरीक्षणमा आएका खेलकुद मन्त्री तेजुलाल चौधरीले पनि वीरगंजको नारायणी रंगशाला पुनः निर्माणका लागि कतार सरकारसँग छलफल भइरहेको र सम्झौता कार्य आन्तिम चरणमा पुगेको बताएका थिए ।

आगामी वर्ष मधेशमा ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गराउने योजना रहेको भएपनि रंगशालाको वर्तमान अवस्था र राज्यको वेवास्ताका कारण सो को सम्भावना न्यून रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि