वीरगंज (पर्सा), २६ असोज । मधेश आन्दोलनदेखि पर्सामा उदाएका नेता हुन् सशिकपुर मियाँ । नेपाल सद्भावना पार्टीबाट राजनीतिमा प्रवेश गरेका मियाँ पार्टीमा अवसर नपाएपछि पार्टी छाड्ने उनको परम्परा नै बनि सकेको छ । मधेश जनआन्दोलनको बखत पर्साबाट राजनीति दलमा उदाएका मियाँलाई पार्टीमा स्वार्थ पुरा नभएपछि हालसम्म आधा दर्जन भन्दा बढि पार्टी परिवर्तन गरिकसको छन् ।
राजनीति करियर नेपाल सद्भावना पार्टीबाट शुरुवात गरेपछि उनी भर्खरै एकदिन अगाडि मात्रै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन् । उनको पार्टी प्रवेश यो पहिलो, दोश्रो वा तेश्रो होइन, आठौं पटकको पार्टी प्रवेश हो । सद्भावना पार्टीबाट राजनीतिमा प्रवेश गरेका मियाँ त्यहाँ स्वार्थ पुरा नभएपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गरे ।
त्यहाँ पनि उनको स्वार्थ पुरा नभएपछि विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी प्रवेश गरे । केही दिन पश्चात त्यस पार्टीमा पनि उनको स्वार्थ पुरा नभएपछि अन्य दल चाहार्दै राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीमा प्रवेश गरे । त्यस पार्टीमा पनि उनले आफ्नो स्वार्थ पुरा गर्न हरसम्भव प्रयास गरे, तर त्यहाँ पनि स्वार्थ पुरा नभएपछि महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) मा प्रवेश गरे ।
महन्थ ठाकुर नेतृत्वको पार्टीमा केही दिनसम्म बसे, तर त्यहाँ पनि उनको स्वार्थ पुरा हुन नसकेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरे । लोसपाबाट पनि उनले दोश्रो निर्वाचनको बखत आफू नजित्ने पक्का भएपछि त्यो पार्टी पनि छाडेर स्वतन्त्र रुपमा प्रदेशसभा सदस्यमा निर्वाचन लडे । २०७९ सालको निर्वाचनमा मियाँ जीप छापबाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचन लडेका थिए तर पराजित भए ।
निर्वाचनमा पराजित भएपछि केही दिन पश्चात दल चाहार्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरे र त्यहाँ पनि आफ्नो स्वार्थ पुरा गर्न खोजे तर त्यो पुरा हुन नसकेपछि अहिले उपेन्द्र यादव नेतृत्वकै जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । मियाँ पर्सा जिल्लामा मधेशी दलका स्थापित नेता भनेर चिनिन्छन् तर उनले पटक पटक पार्टी परिवर्तन गर्ने कार्यले गर्दा कुनैपनि मधेशवादी दलको विश्वास जित्न सकेका छैनन् । सायद त्यही कारणले उनी जुन पार्टीमा गएपनि सफल हुन सकेका छैनन् ।
उपेन्द्र यादव नेतृत्वको पार्टी आफै पर्सा जिल्ला मात्र नभई मधेश प्रदेशबाटै समाप्त भइरहेको बखतमा त्यही पार्टीमा प्रवेश गरेर आफ्नो वाहवाही गरि रहेका छन् तर उनी जहाँ गएपनि पार्टीको हितमा नभई आफ्नो निजी हितको लागि राजनीति गर्ने गरेको वीरगंजमा चर्चा छ । पार्टी चाहार्दा चाहार्दै पुनः जसपामा पुगेका मियाँले आप्mनो घरवापसी भनेर प्रचारवाजी गरेपनि उनको पार्टी परिवर्तन रवैयाले उनी पुनः जसपा नेपालमै आफ्नो राजनीति भविष्य खोजी रहेका छन् कि भन्ने प्रश्न उब्जिएको छ ।
मियाँसँग नेतृ करिमा बेगम सहित एकदुई दर्जन कार्यकर्ताहरु छन् । उनीहरुको आडमा मियाँले पार्टीबाट स्वार्थ पुरा गर्ने प्रयास गर्दै आएका छन् । तर उनीसँगै रहेकी नेतृ करिमा बेगम पनि त्यही क्याटगेरीका नेतृ हुन् । कुनैबेला मधेशी दलबाट संघीय राज्यमन्त्री समेत बनेकी बेगम अहिले कुनै राजनीति दलमा ठाउँ नपाएपछि पार्टी परिवर्तन गर्दै आएकी छिन् ।








प्रतिक्रिया दिनुहोस् !