Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनताको अधिकार र समृद्धिको दिशामा जसपा प्रतिबद्ध छ : खानेपानी मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०८१
जनताको अधिकार र समृद्धिको दिशामा जसपा प्रतिबद्ध छ : खानेपानी मन्त्री यादव

वीरगंज (पर्सा), २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) काे पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठक र वीरगंज महानगरपालिका वडा नम्बर २१ को कार्यालयद्वारा आयोजित सम्मान कार्यक्रममा शनिबार सम्पन्न भएकाे छ । कार्यक्रममा सहभागिता जनाउँदै खानेपानी मन्त्री प्रदीप यादवले स्थानीय जनप्रतिनिधि, कार्यकर्ता र आम जनतासँग विकासको एजेन्डामा महत्त्वपूर्ण संवाद गरेका छन् ।

पर्सागढी नगरपालिकामा आयोजित जसपाको विस्तारित बैठकमा मन्त्री यादवले पार्टी सङ्गठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा सरकार र पार्टीले लिएका रणनीतिहरूमा गहन छलफल गरेका हुन् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, “समाजवादको मार्गदर्शनमा, हामीले जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पर्सागढीको विकास र समृद्धिका लागि हामीले ठोस योजनाहरू बनाएर तिनको कार्यान्वयनमा दृढतापूर्वक लाग्न आवश्यक छ ।”

जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले अगाडि थपे, “स्थानीय जनताका समस्याहरूलाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ । पर्सागढीको विकाससँगै, हामी जनताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष योजना लिएर आउने छौँ ।” त्यस्तै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीले सङ्गठनात्मक संरचना सुदृढ गर्दै जनताको समस्याको निराकरणमा ध्यान दिनु अहिलेको प्राथमिकता रहेको बताए ।

जसपाको केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहले, “पर्सागढी नगरपालिकालाई समृद्धि र विकासको नमुना बनाउने जसपाको योजनामा सबैको सहयोग अपरिहार्य रहेकाे वताए ।” उनले जनताको अधिकार संरक्षण र समाजवादी सिद्धान्तमा आधारित योजनाहरूलाई सफल बनाउन जनतासँगको संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

बैठकमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, पर्सागढी नगरपालिकाका मेयर पदका प्रत्याशी सुरज मानन्धर र विभिन्न वडाका अध्यक्ष, पूर्व अध्यक्ष तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस्तै मन्त्री यादव वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ मा आयोजित सम्मान कार्यक्रममा सहभागी हुँदै स्थानीय जनप्रतिनिधि र कार्यकर्तासँग सौहार्दपूर्ण छलफल गर्दै जनताका गुनासा, अपेक्षाहरू र भविष्यका विकासका एजेन्डाहरूबारे विचार विमर्श गरेका हुन् ।

उनले भने, “जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी आगामी दिनमा वीरगंजलाई समृद्ध र विकासको मोडेल सहर बनाउने योजना लिएर आएका छौँ । यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ ।” मन्त्री यादवले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ का जनप्रतिनिधिहरूलाई सशक्त बनाउन र जनताको सेवामा अझ नजिक हुन आग्रह गरे । उनले स्थानीय स्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए, “सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छ ।”

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढङ्गले अगाडि बढ्नेमा विश्वास व्यक्त गरे । मन्त्री यादवले पर्सा जिल्लामा गरेको यो दौडानले जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि