Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बीच सडकमा गाडी रोकेर लुटपाट गर्न खोज्ने वडा सदस्यका छोरा सहित दुईजना युवक पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८१
बीच सडकमा गाडी रोकेर लुटपाट गर्न खोज्ने वडा सदस्यका छोरा सहित दुईजना युवक पक्राउ

कटहरिया (रौतहट), २० भदौ । सुनसान सडकमा सर्वसाधारणलाई रोकेर लुटपाट गर्न खोज्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बाराको कलैयादेखि रौतहटको रौतहटको गरुडा कटहरिया सडक खण्डमा पर्ने सडकमा एकान्त ठाउँमा सर्वधारणलाई रोकेर लुटपाट गर्न खोज्ने दुईजनालाई इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरीले टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं. ५ बस्ने वडा सदस्य रामचन्द्र सरभङको २८ वर्षीय छोरा प्रभु सरभङ र सोही ठाउँ बस्ने बिरेन्द्र महरा चमारको २० वर्षीय छोरा सुनिल महरा चमार रहेका छन् । निजहरुलाई इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले बुधबार राति साढे ११ बजे पक्राउ गरि आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको हो । रातिको समयमा अध्याधिक मदिरा सेवन गरि सडकमा हिँड्ने यात्रुहरुलाई रोकेर थर्काउने, सामानहरु लुटपाट गर्ने जस्ता कार्यहरु गर्ने दुबैजनालाई लालबकैया नदी पुलको छेउमा माछा मार्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कलैया कटहरिया सडक खण्डमा पर्ने लालबकैया नदी पुलको छेउछाउमा एकान्त ठाउँमा लुटपाटको प्रयास हुने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटलाई गुनासो गरेपछि प्रहरी उपरीक्षक दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक शिवशंकर शर्माको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । लुटेरा समूहको आतँकको कारण त्यस क्षेत्रबाट रातिको समयमा यात्रा गर्न सर्वसाधारणहरुलाई कठिनाई हुने गरेको केही दिनदेखि व्यापक गुनासो उठेको थियो । त्यस पश्चात इलाका प्रहरी कार्यालय कटहरियाले त्यस क्षेत्रमा गस्तीलाई कडाई गरेको थियो ।

पक्राउ परेका दुबैजना युवकमाथि अभद्र ब्यवहारको मुद्दा दर्ता गरि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको रौतहट प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पक्राउ परेका सरभङ र चमारसँगै अन्य पाँच छ जना युवाहरुको समूहले लालबकैया नदीको पुल छेउमा राती राती माछा मार्ने र त्यस बाटोबाट आवत जावत गर्ने यात्रुहरुको मोटरसाइकल लगायतका सवारी साधन रोकेर थर्काउने, लुटपाट गर्ने जस्ता कार्यहरु गर्दै आएको त्यस क्षेत्रका सर्वसाधारणहरुको भनाई छ ।

दुई दिन अघि मात्रै ति युवकहरुकै समूहले रौतहटका सञ्चारकर्मी ओमप्रकाश यादवको मोटरसाइकल लुटपाट गर्ने प्रयास गरेका थिए तर तत्कालै त्यहाँ चारपाँग्रे सवारीमा आएका केही व्यक्तिहरुले सञ्चारकर्मीलाई लुटेरा समूहबाट मुक्त गराएका थिए । मोटरसाइकल आइरहेको देखेपछि उनीहरुले १ सय मिटर अगाडीबाटै प्रहरीले प्रयोग गर्ने टर्च लाइट देखाई रोक्ने गरेको सञ्चारकर्मी यादवको भनाई छ । हातमा लठ्ठी लिएर टर्च लाइट बालेर यात्रुहरुलाई रोकी अनावश्यक किसिमका निहुँ बनाई विवाद गर्ने र यात्रुले प्रयोग गरेको सवारी सहित अन्य सामानहरु लुटपाट गर्ने गरेको भुक्तभोगी सञ्चारकर्मी यादवको भनाई छ ।

लुटपाट गर्ने युवकहरुको समूहले विगत १ महिनादेखि नै त्यस क्षेत्रमा लुटपाटको प्रयास गर्ने गरेको कटहरिया नगरपालिका वडा नं. ५ का स्थानीय रबिन्द्र प्रजापतिले जानकारी दिए । उनका अनुसार ति युवकहरुको लुटपाट गर्ने दैनिकी कार्य नै भएको बताए । रातिको समयमा अत्याधिक जाँड रक्सी सेवन गरेर यात्रुहरुलाई थर्काउने, गाली गर्ने, दुव्र्यवहार गर्ने र उनीको साथमा रहेको सामानहरु लुटपाट गर्ने गरेको प्रजापतिको भनाई छ । पक्राउ परेका दुबैजना युवक अहिले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको गिरोहमा रहेको अन्य युवकहरुको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका सरभङ कटहरिया नगरपालिका ५ का एक वडा सदस्यको छोरा रहेकाले उनीहरुलाई छुटाउन राजनीतिक दलका व्यक्तिदेखि स्थानीय तहका जनप्रतिनिधिहरु लागि परेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

जेष्ठ १५, २०८३
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि