Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षा र प्रविधिमा लगानी समाजको विकासको प्रमुख साधन : खानेपानी मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८१
शिक्षा र प्रविधिमा लगानी समाजको विकासको प्रमुख साधन : खानेपानी मन्त्री यादव

वीरगंज (पर्सा), २० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताएका छन् । बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर ३० को कार्यालयद्वारा आयोजित “एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीणर् विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटप वितरण” कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले युवाहरूको सशक्तीकरण र प्राविधिक शिक्षाको महत्त्वमाथि जोड दिए ।

छात्राहरूलाई कम्प्युटर हस्तान्तरण गर्दै मन्त्री यादवले भविष्यको कणर्धारलाई प्रविधिको पहुँच दिलाउन यस्ता कार्यक्रमहरूको महत्त्वपूणर् भूमिका रहेको वताए । “कम्प्युटर वितरणले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै उहाँहरूको क्षमता र दक्षता बढाउन सहयोग पुर्‍याउने छ । नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार हो,” मन्त्री यादवले भने । त्यस्तै उनले समाजको विकासका लागि शिक्षामा लगानी गर्नु सबैभन्दा महत्त्वपूणर् उल्लेख गर्दै वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुँचका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।

कार्यक्रममा विशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको महत्त्वलाई जोड दिँदै भने, “प्रविधिमा पहुँचले विद्यार्थीहरूको भविष्यलाई अझ उज्यालो बनाउन मद्दत गर्नेछ । वीरगंज महानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।” वडा नम्बर ३० का वडाध्यक्ष मनोज कुमार यादवले पनि वडाले शिक्षामा नयाँ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहित गर्दै आएको बताए । उनले भने, “यस प्रकारको प्रोत्साहनले विद्यार्थीहरूको आत्मविश्वास बढ्नेछ र उनीहरूलाई अगाडि बढ्न थप उत्प्रेरणा मिल्नेछ ।”

कार्यक्रममा गत वर्ष सम्पन्न एसइई परीक्षामा सहभागी भई उत्तीणर् गर्ने वडा नम्बर ३० का २६ जना छात्राहरूलाई कम्प्युटर वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिए । त्यस्तै शिक्षा सेवा आयोगको परीक्षामा उत्तीणर् भई पदस्थापन भएका वडाका दुई जनालाई ल्यापटप र वडाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वयम् सेविकाहरूलाई स्मार्ट फोन वितरण गरिएको यादवले बताए । कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समितिका सभापति नेक मोहम्मद मियाँ, मधेस प्रदेशका पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी, इश्वचन्द्र यादव, जसपाका पदाधिकारी र नेता, स्थानीय बुद्धिजीवी, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरू पनि सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि