Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा छ : खेलकुदमन्त्री चौधरी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १७, २०८१
नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा छ : खेलकुदमन्त्री चौधरी

वीरगंज (पर्सा), १७ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालभित्र नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आइतबार वीरगंजस्थित मधेश प्रदेशको पुरानो र ठूलो नारायणी रङ्गशालाको स्थलगत अवलोकलन गर्दै मन्त्री चौधरीले दातृ निकायसँग समन्वय र आवश्यक बजेट व्यवस्थापन गरी रङ्गशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘यो रङ्गशाला बनाउनुपर्ने दुई कारण छन्’, उनले भने, ‘मधेश प्रदेशको सबैभन्दा पुरानो र ठूलो रङ्गशालाका हो । साथै ११ औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले आवश्यक पूर्वाधारका लागि पनि रङ्गशाला निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।’

मन्त्री चौधरीले ११ आँंै राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएकाले रङ्गशाला बनाउनुपर्ने अवस्था रहेको जिकिर गरे । ‘मेरो कार्यकालमा कुनै पनि सर्तमा नारायणी रङ्गशाला बन्नेछ । प्रतियोगिता हुनु अगावै खेल अभ्यासका लागि पनि पूर्वाधार आवश्यक पर्दछ’, उनले भने, ‘दातृनिकाय तथा सरोकार भएकासँग समन्वय र सहकार्य गरेर रङ्शाला निर्माण गर्नेछौँ ।’ मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा नारायणी रङ्गशालाका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेकाले दातृ निकायसँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । ‘दातृनिकायले नारायणी रङ्गशालाको विषयमा चासो देखाइरहनुभएको छ’, उनले भने, ‘रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) उपलब्ध गराउन भनिरहनुभएकाले उहाँहरुसँग समन्वय गरी काम गरिरहेको छु । यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउनेछौँ ।’

मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आवको बजेटमा रङ्गशाला निर्माण गर्न बजेट विनियोजन नगरेको स्पष्ट पारे । ‘खेलकुद मन्त्रीको शपथ खाएसँगै मधेश प्रदेशका रङ्गशाला निर्माण प्रक्रियाबारे युवा तथा खेलकुद सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलगायत सरोकार भएकासँग छलफल गरेका थियौँ’, उनले भने, ११ औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले रङ्गशाला निर्माणलाई कसरी प्रभावकारी रुपमा अघि बढ्न सकिन्छ भनेर सुझाव पनि लिएका छौँ ।’ युवा तथा खेलकुदमन्त्री चौधरीले मधेश प्रदेशका रङ्गशाला मर्मतसम्भारका लागि केहीदिअघि अर्थमन्त्री विष्णु पौडेलसँग पनि आवश्यक बजेट उपलब्ध गराइदिनका लागि आग्रह गरेको बताए । ‘अर्थमन्त्रीले पनि रङ्गशाला मर्मतसम्भार गर्न आवश्यक स्रोत जुटाउन सहजीकरण गर्ने बताउनुभएको छ’, उनले भने ।

रङ्गशालाको अवलोकलनका क्रममा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले नारायणी रङ्गशाला निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्थापनका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिए । ‘प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर रङ्गशाला निर्माण अघि बढाउने छौँ’, उनले भने । वीरगंजमा नारायणी रङ्गशाला विसं २०४२ मा निर्माण गरिएको थियो । नियमित मर्मतसम्भार र जीणर्ोद्धारको अभावमा रङ्गशाला जीणर् बन्दै गएको छ । रङ्गशाला परिसरमा पानी जमेर पशुचौपाया पौडी खेल्ने ठाउँका रुपमा परिणत भएको स्थानीय बताउँछन् । उक्त रङ्गशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

जेष्ठ ५, २०८३
चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि