Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा वन्यजन्तु र मानव द्वन्द्वमा कमी आएन, वन्यजन्तु आक्रमणबाट हुने घटनामा वृद्धि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १६, २०८१
पर्सामा वन्यजन्तु र मानव द्वन्द्वमा कमी आएन, वन्यजन्तु आक्रमणबाट हुने घटनामा वृद्धि

वीरगंज (पर्सा), १६ भदौ । पर्साका जिराभवानी गाउँपालिका-५ का ६० वर्षीय तुलसी राउत थारूको गत भदौ ७ गते घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गयो । सो घटनाको भोलिपल्ट मात्र उनको बाघले आक्रमण गरेर क्षतविक्षत अवस्थामा रहेको शव भेटिएको थियो । थारूलाई आक्रमण गर्ने बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर टाढा रहेको बस्तीमा आइपुगेको थियो । वन्यजन्तु र मानवबीच द्वन्द्वको यो पहिलो घटना होइन । यसअघि पनि २०८१ वैशाख २९ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ औराहाका भीमबली महतो थारू आफ्नो मकैबारीमा पुगेका बेला बाघले आक्रमण गरेर गम्भीर घाइते भएका थिए ।

आक्रमण गर्नेबित्तिकै तत्कालै स्थानीयवासीको होहल्लाका कारण बाघले छाडेको थियो । सो बाघलाई स्थानीयवासीले घेराबन्दी गरेर बञ्चरो, भाला र लीले हानेर मारेका थिए । पर्सामा पछिल्लो समय वन्यजन्तु र मानवबीच भएका द्वन्द्वका केही प्रतिनिधिमूलक घटना हुन् यी । पछिल्लो समय जिल्लामा वन्यजन्तु र मानवबीचका द्वन्द्वका घटना बढोत्तरी हुँदै आइरहेका छन् । डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कणर्ले जिल्लामा वन्यजन्तु र मानवबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको बताए । “पानीका स्रोत सुकेसँगै तिर्खाएका वन्यजन्तु आफ्नो प्यास मेट्नका लागि बस्तीमा आउने गर्छन् । सो क्रममा वन्यजन्तु र मानवबीच द्वन्द्व सृजना हँुदै आइरहेको छ”, उनले भने, “उमेर ढल्केका बाघहरू सिकारको खोजीमा गाउँबस्तीमा आउँदा पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व भइरहेको छ ।” कार्यालयका अनुसार पछिल्ला वर्ष वन्यजन्तु मकै र उखुलगायत बाली खान बस्तीमा प्रवेश गर्ने गरेको भेटिएको जनाएको छ ।

प्रमुख कणर्ले निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुका लागि पानीका पोखरी निर्माण गर्न आवश्यक रहेको बताए । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा पर्सामा वन्यजन्तु र मानवबीच द्वन्द्व हुँदा तीनवटा बाघ मारिएको थियो । एउटा घाइते बाघको रेक्स्यू गरेर उपचार गरिएको थियो । विसं २०८० फागुन १६ गतेमा मनवा सबडिभिजनको जङ्गल क्षेत्रमा स्थानीयवासीलाई बाघले आक्रमण गरेपछि प्रतिकारमा सर्वसाधारणले बाघ मारिदिएका थिए । त्यस्तै २०८० को फागुन १९ गते रङ्गपुर सबडिभिजन वन कार्यालय मातहत क्षेत्रमा पर्ने जङ्गलमा पनि मानव र वन्यजन्तुबीच द्वन्द्व भएपछि सो घटनामा पनि एउटा बाघ मारिएको थियो । त्यस्तै २०८० चैत १ गते पर्साको रङ्गपुर क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि