Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिमरामा चौथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १५, २०८१
सिमरामा चौथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता हुने

वीरगंज (पर्सा), १५ भदौ । बाराको सिमरामा चौथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा असोज १ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा क्लबले सिमरा रंगशालामा हुन लागेको प्रतियोगिता असोज ५ गतेसम्म चल्ने बताएको छ । ‘खेलाडीहरुको हौसला एवं प्रोत्साहन, खेलकुद नै राष्ट्र र स्वास्थ्यको आयाम’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामाका सचिव हरि चौधरीले बिजेताले नगद ३ लाख र उप बिजेताले १ लाख ५० हजार रुपैया पाउने जानकारी दिए ।

प्रतियोगितामा युनिटि क्लब, बिरगञ्ज, हेटौडा भेट्रान क्लब, मकवानपुर, चितवन भेट्रान फुटबल क्लब, चितवन, रियल फ्रेन्ड भेट्रान, सिकिम, सरस्वती नगर भेट्रान क्लब, काठमाण्डौ, हाम्रो धरान फुटबल क्लब, धरान, कटारी टाईगर भेट्रान क्लब, कटारी, पोखरा भेट्रान पोखरा, लेजेन्ड भेट्रान्स, दार्जलिङ, भारत, क्लिभ हाउस भेट्रान फुटबल क्लब, कलकता, भारत र आयोजक सिमरा भेट्रान क्लब, सिमराको सहभगिता रहेने सचिव चौधरीले बताए ।

चौधरीका अनुसार एक टिमको टुंगो लाग्न बाकी छ । चौधरीले देशकै सर्वाधिक धन राशि भएको प्रतियोगिता सिमरामा आयोजना गर्न लागिएको भन्दै आन्तरीक तयारी तिब्र रुपमा भईरहेको बताए । खेल र खेलाडीलाई प्राेत्साहन गर्दै खेल क्षेत्रको विकाससंगै आन्तरीक पर्यटन प्रवर्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको हाे । कुल ३२ लाख ५३ हजार रुपैयाको लागतमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन क्लबका अध्यक्ष राजकपुर राउत बिजयको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी सदस्य लक्ष्मी खरेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य विशाल घिमिरे, क्लबका सल्लाहकार संयोजक बिनोद परियार, सदस्य राजु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार संयोजक बिनोद परियारले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चार क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक प्रदिप गौतमले गरेका थिए ।

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

जेष्ठ ५, २०८३
चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि