Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

औषधी व्यवसायी संघ पर्सामा फर्जी काम, निर्वाचन स्थगित गरि आसेपासेलाई राखेर समिति तयार !

स्थगित निर्वाचनलाई निरन्तरता दिन माग गर्दै औषधी व्यवसायीहरु आन्दोलनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ९, २०८१
औषधी व्यवसायी संघ पर्सामा फर्जी काम, निर्वाचन स्थगित गरि आसेपासेलाई राखेर समिति तयार !

वीरगंज (पर्सा), ९ भदौ । नेपाल औषधी व्यवसायी संघ पर्सामा राजनीतिकरणले पराकाष्ठा नाघेको छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो सम्वेदनशील व्यवसायलाई स्वच्छ एवं सम्मानजनक राख्नुपर्नेमा संघकै केही व्यक्तिहरुको निहीत स्वार्थको निम्ति फर्जी काम गरेपछि सम्पूणर् औषधी व्यवसायीहरुको सम्मानप्रति आँच आउने काम भएको पाइएको छ । बाचुन्जेल आफूले नै संघको नेतृत्व गर्ने गलत कुचेष्टाको कारण समग्र औषधी व्यवसायी संघ नै अहिले अन्यौलमा परेको छ ।

सम्मान पूर्वक निर्वाचन सम्पन्न गरि अन्य पदाधिकारीलाई जिम्मेवारी सुम्पिनुपर्नेमा पूर्व अध्यक्षले नै निर्वाचन भाँडभैलो गरि फर्जी कागज तयार गरि सहमितमा नयाँ कार्य समिति चयन गरेपछि अन्य औषधी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । शनिबार पर्साका औषधी व्यवसायीहरुले नेपाल औषधी व्यवसायी संघ पर्साको स्थगित निर्वाचन अबिलम्ब गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार मानव राजपालको नेतृत्वमा औषधी व्यवसायीहरु वीरगंजको घण्टाघरमा विभिन्न नारा अँकित प्लेकार्ड बोकी नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात नेपाल औषधी व्यवसायी संघ पर्साको कार्यालय पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार राजपालले अधिवेशनमा हार्ने निश्चित भएपछि विपक्षी उम्मेदवारले आफूमाथि विभिन्न बहाना बनाई अधिवेशन रोक्ने षडयन्त्र गरेको बताए । गत असार ८ गते नेपाल औषधी व्यवसायी संघ पर्साको दोश्रो अधिवेशन सम्पन्न हुँदै गर्दा विविध कारणबस स्थगित भएको थियो । निर्वाचनमा आफूलाई अयोग्यताको झुठो दाबी गर्ने षडयन्त्र भइरहेको थाहा पाएपछि तुरुन्तै केन्द्रिय समितिलाई जानकारी गराउँदा २०८१ असार ७ गते नै आफ्नो उम्मेदवारीको साथै अधिवेशन एवं निर्वाचन प्रक्रिया अगाडि बढाउने केन्द्रिय समितिको निणर्यलाई जिल्ला समितिले वेवास्ता गरि फर्जी कागज तयार गरि गुपचुप रुपमा कार्यसमिति बनाएको आरोप लगाए ।

जिल्ला समितिको कार्यबारे केन्द्रिय समितिलाई ध्यानाकर्षण गराउँदा पनि करिब २ महिनासम्म निर्वाचन अन्यौलमा राखिएको राजपालले बताए । उनका अनुसार विपक्षी उम्मेदवारले आफू हार्ने निश्चित भएको सुइको लागेपछि निर्वाचनलाई नै भाँडेर समितिलाई अन्यौलमा राखी आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले हालसम्म निर्वाचनलाई रोकेर राखेकोले त्यसलाई तत्काल निरन्तरता दिन माग गरे । निर्वाचनबारे जिल्ला, प्रदेश र केन्द्रिय समितिलाई पटक पटक ताकेता गर्दा पनि निर्वाचन हुन नसकेकोले तत्काल निर्वाचन गर्नुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

संघका पूर्व अध्यक्षले निर्वाचन नै नगर्ने उद्देश्यले केन्द्रिय समितिको निर्वाचन गराउने निणर्य विरुद्ध जिल्ला एवं प्रदेश समितिका आसेपासे पदाधिकारीहरुलाई मिलाएर सहमतिमा कार्यसमिति समेत बनाएकोले उक्त कार्य समिति बैधानिक नरहेको उनको भनाई छ । संघका पूर्व अध्यक्षको ग्राइन डिजाइनमा निर्वाचन नगरी सहमतिमा कार्य समिति बनाइएको आफूहरुले थाहा पाएपछि साउन २६ गते बैठकमा जाँदा साउन १९ गते शनिबारको पुरानो मिति हालेर पदाधिकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको पाएपछि संघमा आफ्नो ब्रचश्व कायम गर्न पूर्व अध्यक्ष सहितको पदाधिकारीहरुले फर्जी काम गरेको राजपालको आरोप छ ।

साउन १९ गतेको पुरानो मिति राखेर प्रमाणपत्र वितरण गरिएकोमा त्यही दिन पदाधिकारीहरुको राजिनामा सहितको पत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर समेत रहेकोले फर्जी काम भएको पुष्टि भएको उनको भनाई छ । संघ जस्तो सँस्थालाई आफ्नो निजी ब्रचश्व कायम गर्न पूर्व अध्यक्ष सहितका पदाधिकारीहरुले गरेको फर्जी काम केन्द्रिय समितिको निणर्यको बिरुद्ध मानहानी र लोकतान्त्रिक प्रद्दति प्रक्रियाको मानमर्दन भएको आफूहरुको ठहर रहेको बताए । संघको निर्वाचनलाई भाँडभैलो गरेर आफ्नो नेतृत्वमा समिति बनाएकाहरुको फर्जी काम गरेको कारण त्यस्ता व्यक्तिहरुलाई कारवाहीको माग गर्दै तत्काल स्वच्छ निर्वाचन गराई संघ एवं औषधी व्यवसायीहरुको प्रतिष्ठा एवं मानसम्मान जोगाउन आग्रह समेत गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि