Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

न्यूरो अस्पतालको सेवा थप प्रभाकारी बनाउन न्यूरो सर्जन डा. झा सहित विशेषज्ञ टिमद्वारा उपचार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८१
न्यूरो अस्पतालको सेवा थप प्रभाकारी बनाउन न्यूरो सर्जन डा. झा सहित विशेषज्ञ टिमद्वारा उपचार

वीरगंज (पर्सा), १३ साउन । ‘न्यूरो अस्पताल’ ! यो नाम मधेश प्रदेशका अधिकाँश जनताले सुनेकै नाम हो । स्वास्थ्यमा केही समस्या आए भट्ट न्यूरो हस्पिटलको नाम आउँछ । प्रभावकारी सेवाबाट आफ्नो छुट्टै पहिचान बनाएको ‘एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटल’ ले प्रदान गर्दै आएको सेवालाई थप विस्तार गरेको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित रहेको यस हस्पिटलले बरिष्ठ न्यूरो कन्स्लटेन्ट एवं सर्जनबाट थप सेवा विस्तार गरेको हो । टाउको सम्बन्धी विशेष उपचार गर्दै आएको यस अस्पतालले बरिष्ठ न्यूरो कन्स्लटेन्ट एवं सर्जन डा. सन्जिव झाबाट थप सेवा विस्तार गरेको हो ।

विगत ७ महिनादेखि यस अस्पतालमा सेवा दिईरहेका डा. झाले आगामी दिनमा सेवालाई अझै प्रभावकारी बनाउन लागि परेको बताए । डा. झा काठमाडौंको अन्नपूणर्ा होस्पिटल, नेपालगन्ज मेडिकल कलेज, पोखरा लगायतका प्रतिष्ठित अस्पतालहरुमा न्यूरो कन्स्लटेन्ट प्रमुख रही ५ वर्षभन्दा बढि सेवा दिई सकेका छन् । काठमाडौं लगायतका ठूलठूला सहरहरुमा रहेको प्रतिष्ठित अस्पतालमा सेवा प्रवाह गरिसकेका डा. झाले मधेश प्रदेशका जनताहरुलाई सेवा गर्ने उद्देश्यले न्यूरो अस्पतालमा ठाउँ पाएसँगै आफूले काठमाडौं, पोखरा, नेपालगन्जका सेवाहरु यहाँबाट प्रवाह गरि रहेको बताए । यहाँका अधिकाँश विरामीहरु काठमाडौं जाने मनसाय बनाएपछि काठमाडौंकै सेवा यहाँ पाउने भन्ने विश्वास दिलाएर यसै अस्प्तालबाट सफल उपचार भइरहेको दाबी गरे । एल.एस. न्यूरो अस्पताललाई आफ्नो प्रमुख कार्यथलो बनाएर यहाँका नागरिकहरुलाई न्यूरो सम्बन्धी विशेष सेवा दिई रहेको डा. झाको भनाई छ ।

डा. झा एल.एस. न्यूरो एण्ड जेनरल हअस्पतालमा सेवा दिई रहेको अवस्थामा अस्पतालको न्यूरोसर्जरी विभागको टिमको साथमा अझै प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा संचालनमा रहेको हार्डजोर्नी तथा नशारोग सर्जरी, नेपाल सरकारबाट गरिब, विपन्नको लागि प्रदान गरिने निःशुल्क हेमोडाईलोसिस तथा नेपाल सरकारले प्रदान गर्ने निःशुल्क आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिकहरुको लागि निःशुल्क हेमोडाइलोसिस सेवा लगायतका अन्य सेवाहरु पनि विशेषज्ञ चिकित्सकको टोलीद्वारा उत्कृष्ट सेवाहरु प्रदान भइरहेको डा. झाको भनाई छ । मधेस प्रदेशबाट न्यूरो सम्बन्धी बिरामीहरूलाई काठमाडौ अथवा भारतीय सहर धाउन नपर्ने भन्दै डा. झाले यही न्यूरो अस्पतालमै उच्चस्तरीय प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह भइरहेकोले न्यूरो सम्बन्धी कुनैपनि समस्या भए ढुक्क भएर अस्पतालमा आउन आग्रह गरे ।

डा. झाले अस्पतालमा २४ औं घण्टा सेवा प्रदान गरि रहेका छन् । न्यूरो अस्पताल संचालन भएसँगै बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायत भारतीय सहरबाट आउने विरामीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिसकेको छ । ‘न्यूरो’ भन्ने वित्तिकै टाउकोलाई सम्झिने गरिन्छ, र टाउको आफै सम्वेदनशील भाग हो । टाउको भन्दा तल केही समस्या भए बाच्ने सम्भावना हुन्छ तर टाउकोमा गम्भिर चोट पटक लागे बाच्ने सम्भवना कम हुन्छ तर एल.एस. न्यूरो हस्पिटलले विगतको दिनमा गम्भिर प्रवृत्तिका विरामीहरुलाई पूणर् रुपमा ठीक पारिसकेको छ । टाउकोमा गम्भिर चोट पटक लगायत अन्य समस्याहरुको सफल शल्यक्रियाबाट सफल उपचार गरिसकेको छ ।

‘भारतको विहारबाट यहाँ धेरै विरामीहरु आउने गरेका छन्, विहारको सितामढी, मोतिहारी, बेतिया लगायतका स्थानहरुबाट विरामीहरु आउने गरेका छन्, यो हाम्रो लागि गौरवको कुरा हो, उनीहरुलाई हामीमाथि विश्वास गरि रहेका छन्, तर यस विश्वासलाई थप प्रभावकारी बनाउँदै हामीसँग माइक्रोस्कोपिङ्ग शल्यक्रिया गरि रहेका छौं र भविष्यमा यसलाई अझै विस्तार गर्नेछौं’ डा. झाले भने । नेपालमा अब डोमेट्रिक सर्जरी शुरु भइसक्यो, त्यो सेवा हामी यहाँ पनि दिन्छौं, एक दुई वर्ष लाग्न सक्छ, त्यस्ता सेवाहरु पनि यस अस्पतालबाट दिईने प्रतिबद्धता जनाउँदै डा. झाले यहाँका नागरिकहरुले हामीमाथि विश्वास गरे जटिल भन्दा जटिल समस्याको पनि सफल उपचार गर्न सकिने बताए ।

डा. झाका अनुसार ‘न्यूरो अस्पताल’ मा टाउको सम्बन्धी मात्रै उपचार हुने यहाँका नागरिकमा नकारात्मक प्रचार भएकोमा त्यसलाई स्पष्ट पार्दै यहाँ न्यूरो लगायत अर्थोपेडिक, फिजिसियन, गाइनो लगायतको सम्पूणर् सेवाहरु प्रदान भइरहेको बताए । डा. झा सहित अर्थोपेडिक सर्जन विशेषज्ञ डा. सचिन यादव, डा. चन्द्रभूषण यादव, बरिष्ठ फिजिसियन डा. तेजप्रकाश साह, डा. अजय गुप्ता, ल्याप्रोस्कोपी सर्जन डा. मुकुन्द यादव, चर्मरोग तथा डर्माट्लोजिस्ट विशेषज्ञ डा. स्मिता झा, मेक्सियोफेसियल स्पेशलिष्ट डा. अर्पिता सिंह, गाइनोक्लोजिष्ट डा. ऐनी पाण्डे, डा. तरनुम अफरोज लगायतको विशेषज्ञ चिकित्सकहरुको टिमले न्यूरो अस्पतालमा सेवा प्रदान गरि रहेको बताइएको छ ।

न्यूरो हस्पिटलबाट मधेश प्रदेशका जनता लगायत भारतीय सीमावर्ती सहरका जनताहरु पनि सेवा लिईसकेका छन् । वीरगंजमा आफ्नो छुट्टै पहिचान बनाएको यस अस्पतालले अब आगामी दिनमा अझै सशक्त रुपमा प्रभावकारी ढँगबाट सेवा प्रवाह गर्ने प्रतिबद्धता सहित अगाडि बढि रहेको अस्पताल प्रशासन प्रमुख विनोट पटेलले जानकारी दिए । उनका अनुसार यस अस्पतालले आफ्नो सेवाबाट विगत लामो समयदेखि मधेश प्रदेश लगायत भारतीय सहरका नागरिकहरुको मन जित्न सफल रहेकोमा सेवालाई अझै प्रभावकारी बनाउन न्यूरो, अर्थो, गाइनो, डर्माटुलोष्टि, लेप्रोस्कोपी, हेमोडाइलोसिस लगायतका सेवा प्रदान गरि रहेको छ । साथै सामाजिक कोषमा आबद्ध रहेकाहरुका नागरिकहरको लागि निःशुल्क सेवा प्रदान गरिँदै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि