Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, पुनः भर्ना तथा समावेशी शिक्षाको प्रवद्र्धनमा भएका कामको समीक्षा गर्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । तर, अझै १७२ जना उमेर पुगेका बालबालिका विद्यालयको पहुँचबाहिर रहेकाले सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन थप प्रभावकारी पहल आवश्यक देखिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८३
पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

वीरगंज (पर्सा), २९ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । तर, अझै १७२ जना उमेर पुगेका बालबालिका विद्यालयको पहुँचबाहिर रहेकाले सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन थप प्रभावकारी पहल आवश्यक देखिएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, पुनः भर्ना तथा समावेशी शिक्षाको प्रवद्र्धनमा भएका कामको समीक्षा गर्दै यस्तो विषय उठाइएको हो ।

दिव्य विकास स्रोत केन्द्र, पर्साले आयोजना गरेको कार्यक्रममा परियोजनाका उपलब्धि, कार्यान्वयनका चुनौती र आगामी कार्यदिशाबारे सरोकारवालाबीच छलफल गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष ममता महतो विशिष्ट अतिथि थिए । केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाको तीनमहिने कार्यान्वयन अवधिमा हासिल उपलब्धि र सुधार गर्नुपर्ने पक्षको समीक्षा गरिएको थियो ।

परियोजनाले विद्यालयबाहिर रहेका ५८ बालबालिकालाई पुनः भर्ना गराउन सफल भए पनि गाउँपालिकामा अझै १७२ जना बालबालिका शिक्षाबाट वञ्चित रहनुले चुनौती कायम रहेको देखाएको छ । विद्यालय जानुपर्ने उमेरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन पहिचान, भर्ना र नियमित पठनपाठनलाई सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

समावेशी शिक्षाका लागि सञ्जाल र गुनासो सुनुवाइ संयन्त्र
परियोजनाअन्तर्गत गाउँपालिका तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरी परिचालन गरिएको छ । तीनवटा विद्यालयमा पनि यस्ता सञ्जाल गठन गरी सक्रिय बनाउने प्रक्रिया अघि बढाइएको छ । बालिकाको विद्यालयमा सहभागिता बढाउने, समावेशी शिक्षाको वातावरण निर्माण गर्ने तथा बालबालिकाका समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।

त्यसैगरी, विद्यालयमा गुनासो सुनुवाइ समितिको पुनर्गठन गरी सञ्चालनमा ल्याइएको छ । विद्यालयहरूलाई समावेशी विद्यालय सुधार योजना बनाउन सहजीकरण गर्नुका साथै स्थानीय तहमा सामुदायिक सिकाइ केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि र विधान निर्माणमा समेत परियोजनाले सहयोग गरेको छ ।

तर, केही विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घ गठन हुन नसकेको र बालिका तथा समावेशी शिक्षा सञ्जालको नियमित सञ्चालनका लागि गाउँपालिकाको बजेटमा छुट्टै रकम विनियोजन भएको नदेखिएको विषयले संस्थागत व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ ।

कार्यक्रममा नेसनल क्याम्पेन फर एजुकेसन नेपालका केन्द्रीय उपाध्यक्ष राम प्रवेशले सहजीकरण गर्दै समावेशी शिक्षाको महत्त्व, विद्यालय तथा स्थानीय तहको जिम्मेवारी र शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने उपायबारे प्रकाश पारेका थिए । उनले परियोजनाबाट प्राप्त उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न संस्थागत प्रयास आवश्यक रहेको विषयमा जोड दिएका थिए ।

विद्यालयलाई बालमैत्री र अपाङ्गतामैत्री बनाउनुपर्ने
छलफलमा विद्यालयमा बालमैत्री तथा अपाङ्गतामैत्री वातावरण निर्माण, संरचनागत र व्यवस्थापकीय अवरोध हटाउने तथा समावेशी शिक्षालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो । यसका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच समन्वय र सहकार्य बलियो बनाउनुपर्ने सहभागीहरूको निष्कर्ष थियो ।

कार्यक्रममा उठेका सवालप्रति प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष महतोले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घ गठन, विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको पहुँचमा ल्याउने तथा शिक्षा सञ्जाललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा ध्यान दिने बताएका थिए ।

परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन गाउँपालिका, विद्यालय, अभिभावक, समुदाय र दिव्य विकास स्रोत केन्द्रबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो । कार्यक्रममा गाउँपालिकाका चारवटै वडाका वडाध्यक्ष, शिक्षा तथा महिला–बालबालिका शाखाका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बालिका तथा समावेशी शिक्षा सञ्जालका प्रतिनिधिलगायत ४१ जनाको सहभागिता थियो ।

कार्यक्रमको समन्वय, सहजीकरण तथा व्यवस्थापनमा अकाउन्टेबिलिटी ल्याब नेपालका जिल्ला कार्यक्रम अधिकृत अमरेश प्रसाद यादव, प्रतिनिधि अकलेश कुमार साह तथा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले सहयोग गरेका थिए । पहुँच परियोजना युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, नेसनल क्याम्पेन फर एजुकेसन नेपाल र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालन हुँदै आएको छ ।

Tags: पटेर्वासुगौलीमा अझै १७२ जना बालबालिका शिक्षाको पहुँचबाहिर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

अशोज २९, २०८३
पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

अशोज २९, २०८३
मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि