Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

कर्मचारीका जायज माग सम्बोधन गर्ने ठेकेदार पक्षको प्रतिबद्धतासँगै आन्दोलन फिर्ता लिइएको छ भने कर्मचारीहरू आइतबार साँझदेखि पुनः नियमित सरसफाइ कार्यमा फर्किएका छन् । तलब वृद्धि तथा श्रमसम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सरसफाई कर्मचारीहरूले आइतबार बिहान वीरगंजको घण्टाघर चोक, महानगरपालिकाको मूल गेटलगायत विभिन्न स्थानमा सडकमै फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १४, २०८३
वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

वीरगंज (पर्सा), १४ असार । वीरगंज महानगरपालिकाको सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनी र आन्दोलनरत सरसफाइ कर्मचारीबीच भएको वार्तापछि विवाद समाधान भएको छ । कर्मचारीका जायज माग सम्बोधन गर्ने ठेकेदार पक्षको प्रतिबद्धतासँगै आन्दोलन फिर्ता लिइएको छ भने कर्मचारीहरू आइतबार साँझदेखि पुनः नियमित सरसफाइ कार्यमा फर्किएका छन् ।
तलब वृद्धि तथा श्रमसम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सरसफाई कर्मचारीहरूले आइतबार बिहान वीरगंजको घण्टाघर चोक, महानगरपालिकाको मूल गेटलगायत विभिन्न स्थानमा सडकमै फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए । महानगरपालिकाको कार्यालय अगाडि गरिएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

घटनापछि वीरगंज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले सरसफाई सेवा अवरुद्ध हुँदा नगरवासीलाई पर्न गएको असुविधाप्रति गम्भीर चासो व्यक्त गर्दै ठेकेदार कम्पनीलाई तत्काल आन्दोलनरत कर्मचारीसँग वार्ता गरी समस्या समाधान गर्न निर्देशन दिएका थिए । कार्यवाहक नगरप्रमुख आलमको पहलमा आइतबार अपराह्न ठेकेदार कम्पनीका प्रतिनिधि शिव गुप्ता र आन्दोलनरत सरसफाई कर्मचारीबीच भएको छलफल सकारात्मक बनेपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । छलफलमा कर्मचारीका जायज माग क्रमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि आन्दोलन फिर्ता भएको र कर्मचारीहरू सोही साँझदेखि सरसफाइ कार्यमा फर्किएको आलमले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाले नगरको नियमित सरसफाई सेवा प्रभावित हुन नदिन समन्वयात्मक भूमिका निर्वाह गरेको हो । संवाद र सहमतिमार्फत समस्या समाधान गर्नु नै महानगरको प्राथमिकता रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सरसफाइ सेवामा कुनै अवरोध आउन नदिने प्रतिबद्धता व्यक्त गरे । आन्दोलनरत सरसफाइ कर्मचारीहरूले दैनिक ज्याला कम्तीमा एक हजार रुपैयाँ कायम गर्नुपर्ने तथा मासिक ३० हजार रुपैयाँ पारिश्रमिक सुनिश्चित गरिनुपर्ने मुख्य माग अघि सारेका थिए । बढ्दो महँगीका कारण हालको पारिश्रमिकले परिवार धान्न कठिन भएको उनीहरूको गुनासो छ ।

त्यस्तै, प्रत्येक महिनाको १० गतेभित्र नियमित रूपमा तलब भुक्तानी, श्रम ऐनअनुसार हप्तामा एक दिन साप्ताहिक बिदा, तथा छठ र होलीजस्ता प्रमुख पर्वमा विशेष बिदाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । सरसफाइकर्मीहरूले मानवीय संवेदनासँग जोडिएका सुविधा पनि माग गरेका छन् । परिवारमा मृत्यु वा विवाहजस्ता विशेष अवस्थामा १० हजार रुपैयाँ अग्रिम रकम (एडभान्स) उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, सबै कर्मचारीलाई आधिकारिक पोसाक (ड्रेस) र परिचयपत्र प्रदान गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

यसैगरी, कर्मचारीलाई धम्क्याएर रकम असुल्ने तथा जागिरबाट हटाइदिने चेतावनी दिने भ्रष्ट नाइकेहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न पनि उनीहरूले महानगर नेतृत्वसँग माग गरेका छन् । महानगरपालिकाले सरसफाई कर्मचारी, ठेकेदार कम्पनी र सम्बन्धित पक्षबीच निरन्तर समन्वय गर्दै समस्या समाधानको प्रक्रिया अघि बढाइएको जनाएको छ । सहमतिसँगै वीरगञ्जको नियमित सरसफाइ सेवा पुनः सञ्चालनमा आएको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

तस्करी गर्न लागिएको २ किलो अफिमसहित दुईजना पक्राउ

असार १४, २०८३
वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

असार १४, २०८३
सर्वसाधारणलाई सास्ती, उद्योगीलाई मस्ती ? विद्युत प्राधिकरण वीरगंजको दोहोरो मापदण्डमाथि प्रश्न !

रातीको समयमा विद्युत ट्रिपिङको समस्याः वीरगंजका बासिन्दालाई सास्ती

असार १४, २०८३
गृहमन्त्रीको गोप्य भ्रमणः तस्करी सञ्जालमा हलचल ! प्रहरी प्रशासनको भूमिका छानबिनको घेरामा

गृहमन्त्रीको गोप्य भ्रमणः तस्करी सञ्जालमा हलचल ! प्रहरी प्रशासनको भूमिका छानबिनको घेरामा

असार १४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि