Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अध्यादेशमार्फत कर्मचारी युनियन खारेजः सरकार-संगठन टकराव चर्किँदै ! आन्दोलनको चेतावनी

संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा यसअघि कर्मचारी युनियन गठन गर्न पाउने प्रावधान रहेको थियो । सो दफाअनुसार मर्यादापालक बाहेक सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सोभन्दा तल्लो तहका कर्मचारीहरूले आफ्नो पेशागत हितका लागि युनियन बनाउन सक्ने व्यवस्था थियो । अब भने उक्त प्रावधान अध्यादेशमार्फत हटाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८३
अध्यादेशमार्फत कर्मचारी युनियन खारेजः सरकार-संगठन टकराव चर्किँदै ! आन्दोलनको चेतावनी

काठमाडौँ, २२ वैशाख । सरकारले संघीय संसद् सचिवालयभित्र क्रियाशील कर्मचारी युनियनलाई खारेज गरेको छ । केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत यस्तो व्यवस्था हटाइएको हो । संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा यसअघि कर्मचारी युनियन गठन गर्न पाउने प्रावधान रहेको थियो । सो दफाअनुसार मर्यादापालक बाहेक सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सोभन्दा तल्लो तहका कर्मचारीहरूले आफ्नो पेशागत हितका लागि युनियन बनाउन सक्ने व्यवस्था थियो । अब भने उक्त प्रावधान अध्यादेशमार्फत हटाइएको छ ।

युनियनको व्यवस्था खारेज गरिएसँगै कर्मचारीका गुनासो सम्बोधनका लागि नयाँ संयन्त्र राखिएको छ । यसअनुसार सेवा, सुविधा, कार्यसर्त वा अन्य सरोकारका विषयमा आफूलाई मर्का परेको महसुस गरे कर्मचारीले कार्यालय प्रमुख वा तोकिएको अधिकृतसमक्ष मौखिक वा लिखित रूपमा गुनासो पेश गर्न सक्नेछन् । प्राप्त गुनासो बढीमा ३० दिनभित्र समाधान गर्नुपर्ने प्रावधान राखिएको छ । यदि सो अवधिमा समस्या समाधान हुन नसकेमा सम्बन्धित अधिकृतले १५ दिनभित्र कारणसहित लिखित निर्णय जानकारी गराउनुपर्नेछ ।

त्यस्तो निर्णयमा चित्त नबुझेमा सम्बन्धित कर्मचारीले एक तह माथिल्लो अधिकारीसमक्ष पुनरावलोकनका लागि निवेदन दिन पाउनेछन् । पुनरावलोकनबाट पनि समाधान नभए प्रचलित कानुनअनुसार अगाडि बढ्ने व्यवस्था गरिएको छ । अध्यादेशले कर्मचारीलाई राजनीतिक तथा संगठित गतिविधिमा संलग्न हुन नपाउने स्पष्ट व्यवस्था समेत गरेको छ ।

यता सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेपछि पनि कर्मचारी संगठनहरूले आफ्ना गतिविधि रोक्ने संकेत देखाएका छैनन् । यसप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर ध्यान दिएको जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी ‘केही नेपाल ऐन संशोधन अध्यादेश’ लागू भएसँगै गत आइतबारदेखि कर्मचारी ट्रेड युनियनको व्यवस्था समाप्त भएको हो । यद्यपि, उक्त प्रावधान लागू भइसकेपछि पनि दलीय आबद्ध कर्मचारी संगठनहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका थिए, जसले मन्त्रालयको चासो बढाएको छ ।

मन्त्रालय स्रोतका अनुसार निजामती ऐन, २०४९ मा अब कुनै पनि प्रकारका कर्मचारी संगठन रहने व्यवस्था छैन । उनले कर्मचारीहरूलाई सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्दै दलीय गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन् । यदि यस्ता गतिविधि निरन्तर दोहोरिए आवश्यक कदम चालिने पनि उनले संकेत गरेका छन् । अध्यादेशले सबैखाले कर्मचारी संगठन खारेज गरिसकेको अवस्थामा पुनः संगठनका नाममा गतिविधि गरिए स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही हुन सक्ने बताइएको छ ।

यसबीच, विभिन्न ६ कर्मचारी संगठनका नेतृत्वले संयुक्त रूपमा ट्रेड युनियन अधिकार पुनर्स्थापना गर्न माग गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका पदाधिकारीहरूले आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

प्रधानमन्त्रीले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै ट्रेड युनियन खारेज कुनै दलविरुद्धको कदम नभई प्रणाली सुधारको प्रयास भएको बताएका छन् । उनले कर्मचारीतन्त्र र शिक्षालयलाई दलगत प्रभावबाट मुक्त गरी संस्थागत मार्गमा लैजाने उद्देश्य रहेको उल्लेख गरेका छन् । सोमबार बसेको बैठकपछि कर्मचारी संगठनहरूले आफ्नो माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सरकार र कर्मचारी संगठनबीचको यो टकरावले आगामी दिनमा थप तनाव बढ्ने संकेत देखिएको छ ।

Tags: युनियन विहीन कर्मचारी संरचना: सुधारको प्रयास कि नयाँ संकट ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

बैशाख २२, २०८३
जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

बैशाख २२, २०८३
ठूलो मात्रामा घरेलु मदिरा बरामद गर्दै भट्टी ध्वस्त

ठूलो मात्रामा घरेलु मदिरा बरामद गर्दै भट्टी ध्वस्त

बैशाख २२, २०८३
योजनाबद्ध रूपमा वीरगंज चिनी कारखानाको हत्या गरियो : सभापति अन्सारी

योजनाबद्ध रूपमा वीरगंज चिनी कारखानाको हत्या गरियो : सभापति अन्सारी

बैशाख २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि