Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बर्दिबास (महोत्तरी), १६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका–४ माईस्थानमा अवस्थित पञ्चधुरा भगवतीको मन्दिरमा पूजाआर्चना गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । रमणीय र शान्त वातावरणमा पूजाआर्चना गर्नका लागि आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु यहाँ आउने क्रममा वृद्धिभएसँगै पछिल्लो समय यो पर्यटन आकर्षणको केन्द्र बन्दै गएको हो । पञ्चधुरामाईलाई शक्तिपीठको रूपमा पूजा गरिन्छ, जहाँ मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरू आउने गर्छन् ।

विशेषगरी मङ्गलबार र विशेष पर्वहरूमा पूजा गर्न आउने श्रद्धालुहरूको ठूलो भीड यहाँ लाग्ने गर्दछ । बर्दिबासको आसपासका क्षेत्रमा धार्मिक र पर्यटकीय स्थलहरूको विकास हुँदै जाँदा पञ्चधुरा मन्दिरले स्थानीय पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको पञ्चधुरा माई मन्दिर संरक्षण समितिका अध्यक्ष अक्कलबहादुर तामाङले बताए ।

धार्मिक एवं पुरातात्विक महत्वको यो मन्दिर इतिहासको कालखण्डमा यस क्षेत्रभित्र रहेको घना जङ्गलभित्र फेलापरेको थियो । स्थानीय वृद्धवृद्धा तथा बूढापाकाहरूका अनुसार त्यस बेला यस मन्दिरमा विशालकाय भएको पिपलको वृक्ष थियो । त्यस अद्भूत पिपलको विशालकाय वृक्षको फेदीमा पाँचवटा टोडका थियो र त्यस टोडकाबाट अविरल रूपमा जलधारा (पानी) बगिरहने हुँदा यस मन्दिरको नाम पनि पञ्चधारा राखिएको किंवदन्ती छ । पछि यही ‘पञ्चधारा’ अपभ्रंश हुँदै पञ्चधुरा भएको स्थानीयवासी बताउँछन् ।

पञ्चधुरा भगवतीको मन्दिर जति प्राचीन एवं पौराणिक छ, त्यत्तिकै यसको ऐतिहासिक महत्व पनि छ । श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाले १९३३ सालमा सिकार खेल्नका लागि मधेसको बहादुरगन्ज क्षेत्रको बर्दिबास–माईस्थान जङ्गलमा गएका थिए । त्यस क्रममा उनले ‘सेतो बाघ’ देखेका थिए । उनले बन्दुकको निशाना सेतो बाघतिर लगाउँदा बाघ पञ्चधुरा मन्दिरमा विलय भएको किंवदन्ती छ ।

उपन्यासकार डायमण्डशम्शेर राणाले लेखेको चर्चित उपन्यास ‘सेतो बाघ’मा पनि यो सन्दर्भ उल्लेख गरेको पाइन्छ । स्थानीय वृद्धवृद्धा तथा बूढापाकाहरूका अनुसार श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाले पञ्चधुरा भगवतीमाथि कुदृष्टि लगाए र उनलाई माताको श्राप लाग्यो । सोही कारण उनको सर्लाही जिल्लाको पत्थरकोटमा १९३३ साल फागुन १३ गते मृत्यु भएको थियो । जुन घटना १४८ वर्षअघिको हो ।

श्री ३ जङ्गबहादुर राणाले सिकार खेल्ने क्रममा यसै मन्दिरको परिसरमा सेतो बाघ देखेपछि उनी बिरामी परेका थिए र पछि त्यही सेतो बाघ उनको मृत्युको कारण बनेको स्थानीय वृद्धवृद्धा तथा बूढापाकाहरूको भनाइ छ । यस भगवती मन्दिरमा अपार तान्त्रिक शक्ति पनि भएको जनविश्वास छ । त्यही कारण यहाँ भाकल गर्ने र बलि दिनेको पनि भीड लाग्ने गर्दछ । यहाँ चिताएको मनोकामना पूरा हुने र मनमा ठानेका कार्य सिद्ध हुने विश्वासका कारण पछिल्ला केही वर्षदेखि यस मन्दिरमा बिहे, व्रतबन्ध, पूजाआजा, होमजापजस्ता धार्मिक एवं सामाजिक कार्यक्रम गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

यस मन्दिरमा बिहे गरेमा दाम्पत्य जीवन सुखमय हुने र चाँडै सन्तति सुख मिल्ने जनविश्वासका साथ विवाह गर्ने जोडीले यस मन्दिर परिसरमा आउने गर्छन् । यसैगरी, पछिल्लो दिनमा यस मन्दिरमा पिकनिक खाने, मनोरञ्जन गर्ने तथा घुमफिर गर्नेहरूले पनि मन्दिर भरिभराउ देखिन्छ । धार्मिक, ऐतिहासिक एवं प्राचीन महत्व बोकेको यस पञ्चधुरा भगवती मन्दिर हिन्दू धर्मावलम्बीहरूको ठूलो आस्थाको केन्द्र बनेको छ ।

नेपालको पूर्वपश्चिम राजमार्गसँगै टाँसिएर रहेका कारण यस मन्दिरमा आउन तथा यहाँ पूजाआजा र दर्शन गर्न निकै सहज र सुगम हुने गरेको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले यो प्राचीन धरोहरलाई उचित प्रवद्र्धन गरी नगरको धार्मिक पर्यटनमा आशातित योगदान पुर्याउने उद्देश्यले बर्दिबास नगरपालिकाले मन्दिर परिसरमा रहेको तलाऊ सौन्दर्यकरणमा बजेट विनियोजन गरेको बताए ।

स्थानीय सुदीप कार्कीले पञ्चधुरा माई मन्दिरलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न जरुरी रहेको बताउँदै मन्दिरको सौन्दर्यकरण गरेर यसको पुरातात्विक र ऐतिहासिक पक्षलाई उजागर गर्न आवश्यक रहेको जिकिर गरे । त्यस्तै होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले यस भगवती मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने काम थालिसकिएको बताउँदै मन्दिरलाई व्यवस्थित गर्न पुरानो पोखरीको सौन्दर्यीकरण भइरहेको र पोखरीमा पानीको व्यवस्थापन पनि गरिने उल्लेख गरे । उनले धार्मिक इतिहास बोकेको यस मन्दिरलाई बृहत् रूपमा संरक्षण र व्यवस्थापन गर्न आवश्यक रहेको आवश्यकता पनि औँल्याए ।

त्यसैगरी, पञ्चधुरा माई मन्दिर संरक्षण समितिका अध्यक्ष अक्कलबहादुर तामाङले यस मन्दिरमा निरन्तर रूपमा विकासका काम भइरहेको उल्लेख गर्दै यसको व्यवस्थित विकासका लागि डिपिआर बनाउने काम पनि भइरहेको जानकारी दिए । इतिहासको साक्षीका रुपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् । पछिल्ला समयमा यसको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा दिइरहेको अध्यक्ष तामाङको भनाइ छ । रासस

Tags: पञ्चधुरा मन्दिर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि