Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०८२
एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

गौशाला (महोत्तरी), ८ चैत । चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ । उद्योगले राखेको लक्ष्यभन्दा दुई लाख ४७ हजार ८२२ क्विन्टल कम हो । उद्योगले यसयाममा ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको थियो ।

‘हामीले ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेका थियौँ, तर उखु पर्याप्त नपाइँदा यो लक्ष्य हासिल गर्न सकेनौँ’, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भने, ‘उखुको अभावले कैयौँ पटक क्रसिङ रोक्दै चलाउँदै गर्नुपर्‍यो । ’ उद्योगले गत पुस ७ गते थालेको क्रसिङ गत बिहीबारसम्म सञ्चालन गरेको थियो । उद्योगले पछिल्ला तीन/चार वर्षयता उखुको भुक्तानी प्रक्रिया सरल बनाए पनि उखुखेती बढ्न सकेको छैन । एक दशकअघि १५ हजार बिघामाथि रहेको उखुखेती चार वर्षअघि झरेर पाँच/छ हजार बिघामा खुम्चिएको छ । त्यसअघिका वर्षमा भुक्तानी झन्झटिलो हुँदा खेती गर्न छाड्दै गएका किसानले पछिल्ला तीन वर्षयता यो प्रक्रिया सरल बनाउँदै लगेपछि क्रमशः खेती बढाउँदै लगेका छन् ।

हाल करिब नौ हजार बिघामा उखुखेती हुने गरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए । ‘उद्योगले भुक्तानी प्रणाली सरल बनाएपछि खेती गर्ने किसानको सङ्ख्या केही बढेको छ, तर मूल्य निर्धारण र अनुदानमा भने किसान समस्यामा छन्‌’, उनले भने, ‘यही समस्या समाधान नहुँदा किसानमा उत्साह जाग्न सकेको छैन । ’ उखु किसानका प्रतिनिधि संस्थाले उद्योग, सरकार र आफूसहितको सहभागितामा प्रत्येक वर्ष कात्तिक मसान्तभित्र उखुको मूल्य निर्धारण भइसक्नुपर्ने र अनुदान बढाउन पर्ने माग गर्दै आएका छन् ।

सरकारले किसानका प्रतिनिधिलाई खोज्दै नखोजी एकपक्षीय रूपमा मूल्य निर्धारण गर्दै आएको कुशवाहाको गुनासो छ । यो मूल्य निर्धारण पनि बाली तयार भइसकेपछि किसानलाई कमजोर बनाएर हुँदै आएको उनले धारणा राखे । यो अवस्थाले खेती बढ्न नसक्दा किसान र उद्योग दुवैलाई मर्का परेको कुशवाहाले जानकारी दिए । ‘किसानले उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गरे पनि सरकारले उखुको मूल्य ६२० रुपैयाँ र अनुदान ७० रुपैयाँ गरी ६९० रुपैयाँ कायम गरेको छ । यो बढ्दो खेतीको लागत र आममूल्यवृद्धिको अनुपातमा कम हो’, उनले भने ।

चिनी उद्योगले उखुको भुक्तानी तौल भएको दुई साता ननाघ्दै दिँदै आएको जनाएको छ । पछिल्लो एक साता (फागुन २७ देखि चैत ५) सम्मको मात्र उखुको भुक्तानी बाँकी रहेको उद्योगका महाप्रबन्धक शुक्लाले बताए । केही दिनभित्रै भुक्तानी गरिसक्ने उद्योगले जनाएको छ । हालसम्म गत फागुन २६ गतेसम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको एक अर्ब ६२ करोड रुपैयाँ भुक्तानी किसानका बैंक खातामा गइसकेको उद्योगका महाप्रबन्धक शुक्लाले जानकारी दिए । उनका अनुसार यो भुक्तानी रकम एक हजार १७४ किसानले पाएका छन् । रासस

Tags: एभरेष्ट चिनी उद्योग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि