Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छब्बिस वर्षदेखि अलपत्र तरेगना खानेपानी आयोजना आइतबारदेखि सञ्चालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०८२
छब्बिस वर्षदेखि अलपत्र तरेगना खानेपानी आयोजना आइतबारदेखि सञ्चालनमा

लहान (सिरहा, ८ चैत । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगारपालिका–१६ स्थित तरेगना खानेपानी आयोजना आइतबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना विश्व पानी दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

विसं २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिए पनि बोरिङमा पानी नआउँदा आयोजना अलपत्र परेको थियो । गतवर्ष डिभिजन कार्यालयले नेपाल खानेपानी संस्थान लहान शाखालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो ।

‘वाटर एड’ नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहान र खानेपानी संस्थानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ले करिब रु ६० लाखको लागतमा एक वर्षभित्र जीर्ण संरचनाको मर्मत र नयाँ बोरिङ जडान गरी आयोजना सम्पन्न गरेको हो । नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार विगतमा गरिएका दुईवटा बोरिङ असफल भएपछि यसपटक दुई किलोमिटर टाढाबाट पानी ल्याइएको छ ।

उनले भने, ‘पहिले ट्याङ्की छेउमा गािडएका डिप बोरिङबाट पानी नआएपछि आयोजना ठप्प भएको थियो । हामीले जिम्मेवारी पाएपछि विकन परियोजनाको सहयोगमा दुई किलोमिटर टाढा नयाँ बोरिङ जडान गरी ट्याङ्कीमा पानी चढाउन सफल भयौँ । अहिले २१ घरधुरीबाट वितरण सुरु गरिएको छ भने छिट्टै लहान–१६ र १७ का पाँच सय परिवारमा पाइपलाइन विस्तार गर्ने लक्ष्य छ । ’ आयोजना सुरु गर्न २६ वर्षअघिदेखि पहल गर्दै आएका लहान–१६ का ७२ वर्षीय वडाध्यक्ष गडुलबहादुर जर्घा मगरले आयोजना सञ्चालन भएपछि यहाँका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘२०५६ सालमा यहाँका नागरिकलाई स्वच्छ पानी खुवाउने सपना बोकेर सङ्घर्षसहित आयोजना ल्याएको थिएँ । प्राविधिक समस्याले गर्दा झण्डै तीन दशक कुर्नुपर्‍यो । आज आफ्नै कार्यकालमा तरेगनाबासीको घरघरमा पानी पुगेको देख्न पाउँदा गौरव महसुस भएको छ । ’ दलित जनकल्याण युवा क्लबका विकन परियोजना प्रबन्धक राजेशकुमार लोहनीले चुरे क्षेत्रसँग जोडिएको यस भेगमा भूमिगत पानीको स्रोत सुक्दै गएकाले यो आयोजनाले दिगो समाधान दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले लहान नगरपालिका र खानेपानी संस्थानसँगको संयुक्त साझेदारीमा सन् २०१८ देखि यहाँको खानेपानी समस्या समाधानका लागि काम गरिरहेका थियौँ । यो आयोजना सम्पन्न हुनु यहाँका दलित र विपन्न समुदायका लागि ठूलो उपलब्धि हो । ’ चुरे फेदीमा रहेको यो क्षेत्रमा पानीको सतह घट्दै जाँदा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका थिए । अब आयोजना पूर्ण क्षमतामा सञ्चालन भएसँगै लहानका दुई वटा वडाका बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच सहज हुने भएको छ । रासस

Tags: तरेगना खानेपानी आयोजना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि