वीरगंज (पर्सा), ७ चैत । उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रितहरूका लागि एक महिनालाई पुग्ने दैनिक उपभोग्य सामाग्री प्रदान गरेको छ ।
आश्रममा १७ जना अपाङ्ग, सुस्त मनस्थिति भएका साथै वृद्धवृद्धा, असाहाय आमाबुवा तथा बालबालिकाहरू समेत रहेका छन् । उपकार सेवाले चामल ६० किलो, स्वाबिन ५ किलो, खानेतेल ४ लिटर, मसुर दाल १० किलो, नुन १० किलो, लुगाधुने साबुन तथा बेसार–मसला लगायतका सामग्री उपलब्ध गराएको हो ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य शेरबहादुर थिङलाई शनिवार वीरगंजमा उक्त सामाग्री हस्तानतरण गर्नु भएको सामाजिक अभियन्ता प्रकाश थारु जानकारी गराउनु भएको छ । उपकार सेवा नेपालले आश्रमका लागि आवश्यक सामग्री प्रत्येक महिना नियमित रूपमा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस् !