• अनिल तिवारी
वीरगंज (पर्सा), १० कात्तिक । हिन्दु बाहुल्यता भएकोले पनि देशै भरी पुजा–पाठ र पर्वहरुको महत्व त्यतिकै रहने गरेको छ । बिहे–ब्रतबन्ध होस वा श्राद्ध कर्मकान्ड सवै पुजा पाठ सम्पन्न गर्न पुरोहितहरुको आवश्यकता हुने गरेको छ । जन्मकुन्डली ,बनाउने देखि ग्रहदोसलाई निवारण गरी जिवनशैलीलाई उत्कृष्ट बनाउन ज्यातिषविज्ञान प्रति त्यतिकै अकार्ष बढदै गएको छ । ज्यातिषाचार्य पन्डित अथावा पुजापाठ गराउने पुरोहिती पेशाको मांग दिनप्रदिन बढर्दै गएको छ ।तर सस्ंकृति भाषाको अध्यन–अध्यापनको कमिले तराईका शरहहरुमा भारतीय पुरोहितहरुबाट पुजापाठ गराउने बाध्यता बढदै गएको छ ।
अहिले तराईका शहर, बजारमा पुरोहिती गराउने बाजेहरुलाई भ्याई न भ्याई छ । दशैको आगमनसंगै घटस्थापना तराईमा हुने दुर्गा पुजाले बाजेहरुको व्यस्तता बढाएको हो ।दुर्गा मन्दिरमा पुजा पाठ गराउने देखि टिको टालो गर्ने शहरका सबै बजेहरु कमाउन धाउन्न लागेका छन ।घर घर देखि जमरासहितको कलश स्थापना र शहर बजारका चौक चौकमा हुने दुर्गा पुजा गराउने पुरोहितहरुको मांग बढदै गएको छ । काठमाडौँ उपत्यका र अधिकांश पहाडी जिल्लामा दशैँको रौनक हुँदा तराई/मधेशतिर ‘दशहरा’ले उल्लास थप्छ । धार्मिक र सामाजिक मान्यतामा आधारित तराई/मधेशको संस्कृति यसैको अंग हो । दशहराको पहिलोदेखि नवौँ दिनसम्म उपासना गर्दै मनाइने व्रतलाई भने नवरात्रि भनिन्छ । हरेक दिन हुने पुजामा दुर्गा मन्त्रको पाठ हुन्छ । दशहराको सातौँ दिनसम्म मधेशमा मांसाहार वर्जित हुन्छ ।
श्रावण महिनाको रुद्रिपुजाहोस वा त्यसलगतै पितृश्राद्ध जजमानलाई पुरोहितको आवश्यकता हुने गरेको छ । दशै लगतै हुने दीपावलीको धनतेरसमा पनि व्यापारी व्यावसायीले लक्ष्मी पुजा गराउन पन्डित पुरोहित नै चाहिन्छ । ‘भैया दुज’सम्म चल्ने पाँचदिने तिहार अर्थात सोहरैया पर्व सकिएको ६ दिन पछि छठ पर्छमा सुर्यलाई अर्घअर्पण पन्डिकै मन्त्रबाट गराउन तराईको चलन रहेको छ ।
धार्मिक मान्यता अनुसार सबै पुजा पाठ संस्कृत भाषाबाट गराउने चलन रहेको छ ।संस्कृतको अर्थ नै संस्कार गरिएको, संशोधित, अलंकृत भन्ने हुन्छ । त्यसैले परिष्कृत गरिएकोले देवभाषालाई संस्कृत भनिएको हो । यस भाषामा वेद, वेदाङ्ग, स्मृति, पुराण, आयुर्वेद, इतिहास, नीतिशास्त्र, दर्शन, ज्योतिष, योग, तन्त्र, प्रशासन, कृषि, पशुपालन, वाणिज्य, यन्त्र, स्थापत्य, मूर्तिकला, चित्रकला, सङ्गीत इत्यादिको विशाल भण्डार उपलब्ध छ ।
यसको व्यवहार उपयोगीताले गर्दा संस्कृतमा कर्मकान्ड वा ज्यातिषाचार्य गरेको विद्धवानहरुको बढदै गएको छ ।पुरोहितको आवश्यकता बढदै गएपनि मुलुकमा संस्कृत भाषाको अध्यन अध्यापनका लागी खासै व्यवस्थापन देखिएको छैन ।जसले गर्दा तराइकाशहरहरुमा सिमावर्ती भारतीय शहरहरुबाट पन्डित बोलाएर पुजागराउने चलन तराईमा बढदै गएको छ । कपडा ,भाडा ,वर्तन र दक्षिणा सहितको दानपुनले गर्दा पुरोहिती पेशामा उच्च आमदानी हुने गरेको नेपाल ज्योतिष परिषदका केन्द्रिय उपाध्यक्ष डाक्टर मदन चौबे बताउनु हुन्छ ।
नेपालमा लिच्छिविकालसम्म आइपुग्दा पनि संस्कृतभाषाको अत्यधिक प्रचलन रहेको पाइन्छ । लिच्छविकालका सबै अभिलेखहरू संस्कृतमै लेखिएका छन् । राणाशासनकालसम्म आइपुग्दा संस्कृत निकै कमजोर बन्न पुग्यो । यद्यपि राणाहरूले ठाउँ–ठाउँमा संस्कृत विद्यालयहरू खोलेका थिए । तर, यसले कर्मकाण्ड बाहेक खासै उपलब्धि दिलाउन सकेन । २८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि सरकारका तर्फबाट संस्कृत शिक्षाका लागि कुनै महत्व दिइएन जसले गर्दा कुनै–कुनै विद्यालयमा ऐच्छिक विषयको रूपमा र गुरूकुलहरूमा मात्र यो सिमित भयो र झन–झन् ओझेलमा पर्यो । २०४३ सालमा संस्कृत विश्वविद्यालयको स्थापना त भयो । तर, यसले पनि संस्कृतको ज्ञानपक्षलाई उजागर गर्न सकेन ।
माओवादी जनयुद्ध शुरू भएयता त झन् संस्कृत विद्यालयहरूमा नियोजित आक्रमण गरी त्यसलाई ध्वस्त बनाउने काम नै शुरू भयो एक तर्फ ,सामुदायिक बिद्यालयहरुमा संस्कृत भाषाको निषेध र निजि विद्यालयमा अंग्रजीको अनिवार्यताले सनातनधर्म धर्म संस्कृतिलाई समाप्त पारेको हिन्दुवादी नेता सन्तोषानन्द महराजको भनाइ छ । कम्युनिष्टहरुको गलत नितिको कारण हिन्दु धर्म संस्कृति माथी ठुलो षडयन्त्र भएको नेपालको लागी नेपाली पार्टीका अध्यक्ष समेत रहेका सन्तोषानन्द महराजको बताउनु हुन्छ ।
जर्मनीका १४ वटा विश्वविद्यालय तथा धेरै विद्यालय लगाय अमेरिकामा पनि समेत संस्कृत अध्ययन अध्यापनको कार्य हुने गरेको छ । पश्चिमाहरूले हाम्रा ग्रन्थको अध्ययनबाट खगोल, गणित, वैज्ञानिक शोध तथा अनुसन्धान जस्ता विषयहरूको ज्ञान हाँसिल गरी त्यसलाई सूचना, प्रविधि र अनुसन्धानमा प्रयोग गरेर एकपछि अर्को अभुतपूर्व सफलता प्राप्त गरिरहेका छन् । हामी यति भाग्यमानी भएर पनि,हामी रित्तो भएका छौं । हामीले संस्कृतको विराटता र वैज्ञानिकतालाई बुझ्नै सकेनौं ।
प्रतिक्रिया दिनुहोस् !