Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जागिरको प्रलोभनमा अशिक्षित युवाहरुको नाममा दर्जनौं नक्कली कम्पनी दर्ता, अर्बौ राजस्व छलि

एकै गाउँका दुई दर्जन बढि युवाहरु राजस्व चुहावट मुद्दाको चपेटामा, गाउँ नै चिन्तित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २, २०८०
जागिरको प्रलोभनमा अशिक्षित युवाहरुको नाममा दर्जनौं नक्कली कम्पनी दर्ता, अर्बौ राजस्व छलि

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २ कात्तिक । बस्ने घर छैन, खाने ठेगान छैन, दिनमा काम गरिएन भने साँझ भोकै सुत्नुपर्छ, बालबच्चाहरुको जीउमा कपडा छैन, सुत्नको लागि खाँट छैन, एकदिन काम नगरे खाना पाउँछ कि पाउँदैन ग्यारेन्टी छैन तर यस्ता परिवारका सदस्यमाथि अर्बौै राजस्व छलिको आरोपमा मुद्दा चल्दैछ । उनको नाममा अर्बोको कारोबार भएको छ । अदालतले कागजमा कारोबार भएको देखेर फैसला सुनाई कसुरदार प्रमाणित गरेको छ, जरिवाना पनि ठोक्यो तर तिर्ने कसले ? जसको नाममा त्यत्रो कारोबार भएको छ, यसलाई त सुईको पनि छैन । गर्नेले अर्बो राजस्व छलेर गरिबको टाउकोमा थुपार्यो । कागजमा उ अब्बल छ, तर जागिरको प्रलोभनमा परेकोहरुको जीवन नै दाउमा छ ।

यो घटना वीरगंज महानगरपालिका वडा नं. ३१ का गरिब, अशिक्षित, असहाय, विपन्न परिवारका युवाहरुको व्यथा हो । वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवाका दुई दर्जन बढि गरिब, विपन्न परिवारका युवाहरु अहिले राजस्व चुहावट मुद्दाको चपेटामा परेका छन् । विगत ९ वर्ष अघि जागिरको प्रलोभनमा परि काठमाडौं स्थित कम्पनी रजिष्टार कार्यालय एवं राजस्व कार्यालयमा पुगी आफै सही छाप लगाएर फर्केका युवाहरु अहिले राजस्व चुहावट मुद्दाको चपेटामा परेका हुन् । उनीहरुले कुन कागजातमा सही छाप लगाए ? केही जानकारी छैन । सही छाप लगाएवापत ५ हजार रुपैया बुझेको मात्रै जानकारी छ । पर्साको साविक बेलवा गाविस वडा नं. ३ हाल वीरगंज महानगरपालिका वडा नं. ३१ का करिब २ दर्जनभन्दा बढि अशिक्षित, गरिब, विपन्न दलित, मुसहर समुदायका युवाहरु ५ हजार रुपैयाँको प्रलोभनमा परेर जथाभावी सही छाप लगाएरको परिणाम अहिले राजस्व चुहावटको मुद्दामा परेका हुन् ।

उच्च अदालत पाटनले ति युवाहरुलाई राजस्व चुहावट गरेको आरोपमा २० लाखदेखि डेढ करोडसम्म रुपैयासम्म जरिवानाको फैसला गरेको छ । २४ जना प्रतिवादीहरुलाई राजस्व छलिको कसुरमा करिब डेढ अर्ब जरिवानाको फैसला गरेको छ । काठमाडौं जिल्ला अदालतमा उठाइएको राजस्व चुहावटको मुद्दा त्यहाँ टुँगो नलागेपछि उच्च अदालत पाटनमा पुगेको राजस्व चुहावट सम्बन्धि मुद्दामा छुट्टाछुट्टै फैसला सुनाएको छ । जिल्ला अदालत काठमााडैंले २४ जनालाई प्रतिवादी बनाई राजस्व चुहावटको मुद्दा चलाएको छ, र त्यहाँबाट मुद्दाको टुँगो नलागेपछि उच्च अदालत पाटनले प्रत्येक युवाहरुको छुट्टाछुट्टै फैसला सुनाएको छ ।

राजस्व चुहावट मुद्दाको चपेटामा पर्नेहरुमा बेलवाका मुस्लिम समुदायका याकुब मियाँका छोरा अबुलेश अन्सारी, अजिज मियाँ अन्सारीका छोरा सद्दाम हुसेन, सरोज मियाँ अन्सारीको छोरा रिजवान अन्सारी, महम्दीन मियाँ अन्सारीको छोरा मनिर अन्सारी, मोहमद अलिलको छोरा रुस्तम अन्सारी, इद्रिस देवानको छोरा रुस्तम देवान, मोहमद मुखतार अन्सारीको छोरा शोयब अन्सारी, ओहाव मियाँ अन्सारी, अहमद मियाँ अन्सारीको छोरा नविकरिम अन्सारी, जविउल्लाह देवान, लालु अन्सारी, आजाद अन्सारी, समसुल अन्सारी, सद्दाम हुसेन अन्सारी, कलिम अन्सारी मुसहर समुदायका लक्षुमण माझीका छोरा चन्दन माझी, रामचन्द्र झाझी, अकलु माझीका छोरा भरत माझी, धनही माझीका छोरा रामअवतार माझी छन् ।

यसैगरि यही मुद्दामा बारा जिल्ला रामपुर टोल वडा नं. ६ निवासी मखन महतो नुनियाको छोरा नरेन्द्र कुमार महतो, वीरगंज महानगरपालिका वडा नं. १३ का जादोलाल साह कानुको छोरा चन्दन प्रसाद साह कानु, पर्सा जिल्ला सिर्सिया खलवा वडा नं. ७ निवासी अतिवल साह कानुको छोरा सुनिल साह तुरहा, बारा जिल्ला साविक उमजन गाविस वडा नं. ६ (हाल करैयामाई गाउँपालिका वडा नं. ७ निवासी बन्धु राउतको छोरा गोपाल प्रसाद यादव, सोही ठाउँ निवासी बच्चु राउतको छोरा सोनालाल यादव, वीरगंज महानगरपालिका – १७ निवासी सिताराम साहको छोरा हरिनारायण साह तुरहा पनि मुछिएका छन् ।

नाम उल्लेख गरिएका सबै युवाहरु रोगजारको खोजीमा भौतारिने, जहाँ ज्यालादारीमा काम पाए त्यही काम गर्ने, दिनभरि कमाउने साँझ परिवारको एकछाक टार्ने परिवारका सदस्यहरु छन् । यिनीहरुलाई बेलवाकै जलिल मियाँको छोरा तेजामुल अन्सारीले जागिर लगाईदिने प्रलोभनमा पारी काठमाडौंमा जयकिशोर साँहसँग चिनजान गराई यिनीहरुको नाममा कम्पनी दर्ता गराई अर्बोको राजस्व छलेको सुईको पनि छैन । जयकिशोर साह सिरहा जिल्ला राजपुर वडा नं. ५ स्थायी ठेगाना भई हाल महालक्ष्मी नगरपालिका वडा नं. १, इमाडोल ललितपुर बसोबास गरि निजी फर्महरुको लेखापरीक्षणको काम गर्ने व्यक्ति हुन् ।

जयकिशोर साहले ति युवाहरुलाई ५/१० हजार रुपैयाँ दिई कम्पनी रजिष्टारको कार्यालयमा लगि विभिन्न नामको कम्पनी दर्ता गराएर अर्बौको राजस्व छलेको जिल्ला अदालत एवं उच्च अदालतको मिसिलमा उल्लेख गरिएको छ । अदालतले फैसला सुनाएपछि स्थायी घर भएका जिल्ला अदालतबाट गाउँमा पत्र आएपछि मात्रै ति युवाहरुलाई आफ्नो नाममा कम्पनी दर्ता भई करोडौंको राजस्व छलि भएको पत्ता लाग्यो । अहिले आरोपित सबैंको परिवारमा बज्रपात भएको छ । ९ वर्ष अघि ५ हजार रुपैयाँको लागि कागजात नै नपढि सही छाप लगाएको नतिजा सुनेपछि रुखको हाँगाबाट खसेझै गाउँ नै चिन्तामा परेको छ ।

दैनिक ३ देखि ५ सय रुपैया कमाउने परिवारले लाखौं करोडौं राजस्व छलिको जरिवाना कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । बस्ने घर छैन, खाने ठेगान छैन, दिनमा काम गरिएन भने साँझ भोकै सुत्नुपर्छ, बालबच्चाहरुलाई लगाउनको लागि लुगा छैन, सुत्नको लागि खाँट छैन, घरको अगाडिबाट कुकुर प्रवेश गर्छ, पछाडिबाट निस्किन्छन्, यस्ता परिवारका सदस्यमाथि करोडौं राजस्व छलि आरोपमा मुद्दा चलेको छ । एकदिन काम नगरे खाना पाउँछ कि पाउँदैन ग्यारेन्टी छैन, तर त्यस्ता परिवारका छोराहरुको नाममा करोडौं राजस्व छलिको आरोप छ । उनको नाममा अर्बोको कारोबार भएको छ । करोडौं राजस्व छलि गरेको कागजात देखिएको छ । तर त्यो कसरी सम्भव भयो ? कसैले खोजविन गर्दैन । अदालतले कागजमा कारोबार भएको देखेर फैसला सुनाई कसुरदार सावित गर्यो, जरिवाना पनि ठोक्यो तर तिर्ने कसले ? जसको नाममा त्यत्रो कारोबार भएको छ, यसलाई त सुईको पनि छैन ।

गर्नेले करोडौं, अर्बो राजस्व छलेर अशिक्षित, गरिब, बेरोजगारको टाउकोमा थुपारि दिएको छ । कागजी प्रक्रियामा उ अब्बल छ, तर अशिक्षित बेरोजगार युवाहरु जागिरको प्रलोभनमा जीवन नै दाउमा लागेको छ । न्यायालय के हेर्दैछ ? नक्कली कागजमा यत्रो कारोबार भयो ? अर्बो राजस्व छलि भयो ? तर वास्तविक व्यक्तिलाई पक्राउ नगरि चिन्ताले शव जस्तै भइसकेका व्यक्तिहरुलाई खोज्दैछ । जो कुनै गल्ती नै गरेको छैन्, तिनीहरु भाग्नुपर्ने अवस्था छ । कहाँ छ न्यायालय ? कुन दिशामा जाँदैछ मुलुक ?

यस घटनाका पीडितहरुको एउटै भनाई छ, आफूलाई केही जानकारी छैन । भोकै बस्नुभन्दा दुई पैसा कमाएर परिवारलाई पाल्नु उनीहरुको सोचलाई पनि गलत भन्न सकिँदैन । तर त्यस्ता व्यक्तिलाई गुमराहमा पारि अपराध गर्ने ति अपराधीहरुलाई सम्बन्धित निकायले कठालो समातेर ल्याउन सक्नुपर्छ । खानमा धौ धौ परेका बखत परिवारलाई पालन पोषण गर्नका लागि जागिरको प्रलोभन देखाई काठमाडौं लगिएका बेलवा निवासी अबुलेश अन्सारी आफूले नगरेको गल्तीको सजाय भोगि रहेका छन् । उनीमाथि राजस्व चुहावटको मुद्दा चलि रहेको छ भने उच्च अदालत पाटनले राजस्व चुहावट गरेको अभियोगमा २० लाख ५९ हजार ७७८ रुपैया जरिवानाको फैसला गरेको छ ।

६ वर्ष अगाडि काठमाडौं गएको बखत गाउँकै तेजामुलसँग सापटी पैसा माग्दा तेजामुल र परमेश्वर आफ्नो नागरिकता लिएर केही कागजातमा सही छाप गराएको बताए । एकदिन कम्पनी रजिष्टारको कार्यालयमा, दोश्रो दिन आन्तरिक राजस्व कार्याल तथा तेश्रो दिन बैंकमा लगेर सही छाप गराएको बताए । शंका लागेपछि ३ महिना पश्चात बुझ्न जाँदा त्यहाँ आफ्नो नाममा कम्पनी दर्ता रहेको पाएपछि त्यही बेलादेखि यस घटनालाई उजागर गर्न चाहेको तर असफल रहेको उनको भनाई छ । यस घटनामा आफ्नो गाउँको २७ जना युवाहरु फसेको उनको भनाई छ ।

सोही ठाउँका भरत माझी पनि आफूले नगरेको गल्तीको सजाय भोगि रहेका छन् । उनीमाथि राजस्व चुहावटको आरोपमा उच्च अदालत पाटनले जरिवानाको फैसला सुनाएको छ । उनले पनि विगत ५ वर्ष अगाडि अपरिचित व्यक्तिको प्रलोभनमा परि काठमाडौंमा गई केही कागजातहरुमा सही छाप लगाएर ३ हजार रुपैया लिएर फर्केको दिन स्मरण गरे । यसरी फसिन्छ भन्ने आफूलाई अनुमान समेत नरहेको भन्दै माझीले आफ्नो गरिब, मजबुरी तथा बेरोजगारीको फाइदा लिई आफूले गर्दै नगरेको काममा फसाइएको बताए ।

रामचन्द्र माझीले पनि सोही कुरालाई दोहर्‍याए । ५ हजार रुपैयाको प्रलोभन देखाई काठमाडौं लगि केही कागजातहरु सही छाप गराएर पठाएको बताए । कारोना महामारीको बखत एक रुपैया कमाउन धौ धौ परि रहेको अवस्थामा २ दिनको लागि ५ हजार रुपैया दिने प्रलोभन देखाई नागरिकता लिएको र केही कागजातहरुमा सही छाप गराई पठाएको बताए । कुन कार्यालयमा र के कागजातमा सही छाप गराए आफूलाई केही जानकारी नभएको बताए ।

सोही ठाउँ निवासी चन्दन माझीले एकदुई दिनमा चिनजान भएको वीरगंजका एक व्यक्तिले काठमाडौं लगि २ दिन राखी घुमाउने बहानामा केही कागजातहरुमा सही छाप लगाएको बताए । आफूलाई थाहा नभएको कार्यालयमा लगि १८ पटक, अर्को कार्यालयमा २० पटक, अर्को कार्यालयमा ३२ पटक, पुनः अर्को ठाउँमा ३२ पटक सही छाप गराएर ५ हजार रुपैयाँ दिएर वेपत्ता भएको र त्यस पश्चात आफूले गाडी समातेर वीरगंज फर्केको स्मरण गराए । आफूलाई केही जानकारी नभएको र दुई छाक भोक टार्नको लागि कागजात नै नबुझी हस्ताक्षर गरेकोले यस्तो अवस्था सृजना भएको बताए ।

यो उदाहारण मात्रै हुन्, एकै गाउँका यस्ता तीन दर्जन भन्दा बढि युवाहरु राजस्व छलि मुद्दाको चपेटामा परेका छन् । यसरी बेरोजगार, अशिक्षित, गरिबी तथा असहाय युवाहरुलाई प्रयोग गरि दर्जनौं नक्कली फर्म दर्ता गरी अर्बौको राजस्व छलि गर्ने गरेको घटनाहरु बाहिरिन थालेको छ । यस्ता कामहरु विगत ९ वर्षअघि देखि नै शुरु भएपनि हाल आएर करोडौं राजस्व छलि भएपछि मुद्दा दर्ता, फैसला भएपछि मात्रै सार्वजनिक हुन थालेको छ ।

यही घटनामा दुईजना विचौलियाले मात्रै यि युवाहरुलाई दलदलमा फसाएका छैनन्, यिनीहरुको संञ्जाल नै छ । एउटा सञ्जाल बनाई केही युवाले ग्रामीण भेगका बेरोजगार, अशिक्षित, गरिब युवाहरुलाई खोज्ने, अर्कोले प्रलोभन देखाउने, अर्कोले सही छाप लगाउने जस्ता कार्यहरु गर्दै आएका छन् । यस घटनामा जिल्ला रौतहट गरुडा बैरिया-८ निवासी अच्छेलाल साहका छोरा परमेश्वर साह, जिल्ला सर्लाही डुमरिया-३ निवासी श्रीनारायण झाको छोरा मुकेश कुमार झा, सर्लाहीकै छोटौल गाविस-१ निवासी रामसेवक साहको छोरा प्रदिप साह, सर्लाहीकै डुमरिया-२ निवासी राजेन्द्र साह सोनारका छोरा सुबोध साह पनि संलग्न छन् । यसको मुख्य नाइके जयकिशोर साह छन् ।

यिनी सिरहा जिल्लाका स्थायी बासिन्दा भएपनि काठमाडौंमा बसेर गाउँगाउँबाट बेरोजगार युवाहरुलाई प्रलोभनमा पारी ल्याई विभिन्न कम्पनी एवं फर्म दर्ता गराई राजस्व छलि गरि फरार छन् । यिनले खडा गरेको सञ्जालको चपेटामा कति बेरोजगार, गरिब युवा परेका छन् ? त्यसको कुनै लेखाजोखा छैन । गाउँघरका गरिब, विपन्न परिवारका अशिक्षित बेरोजगार युवाहरुलाई रोजगारीको बहानामा ल्याई कम्पनी फर्म दर्ता गराई आयात निर्यातको काम गरि करोडौं अर्बौको राजस्व छल्ने । घटना बाहिरिएपछि संलग्न युवाहरु आआफ्नो ठाउँ छाडेर फरार छन् । गाउँघरका युवाहरुलाई प्रलोभनमा पारि लैजाने बेलवाका तेजामुल अन्सारी पनि फरार छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि