Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मत्स्य पालनसँगै सिपीमा मोती खेती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८०
मत्स्य पालनसँगै सिपीमा मोती खेती

• अनिल तिवारी
वीरगंज (पर्सा), २१ असोज । सिपिमा मोती फलाउने कुरा नेपालको लागि देश विदेशको कुरा रहेन । कृषि क्षेत्रमा नेपाली बैज्ञानिकहरुले पाएको सफलताले आम्दानीको नयाँ आशा पलाएको छ । सात बर्षपछि पोखरामा पाएको सफलतालाई कृषि बैज्ञानिकहरु नेपालको सबै अनुसन्धान केन्द्रहरुमा सिपिमा मोती खेतीको अनुशन्धान सुरु गरेका छन् ।

किसानलाई माछा पालनसंगै मोती खेतीबाट पनि आम्दानी बढाउने उद्देश्यसाथ क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशमा सिपीमा मोतीपालनको परीक्षण सुरुवात गरिएको छ । अनुसन्धान कार्यालय परवानीपुरका मत्स्य अनुसन्धान प्राविधिकसँगै केही विद्यार्थी र किसानलाई राखेर सिपीमा मोती खेतीबारे एकदिने प्रशिक्षण दिइएको हो । ७ बर्ष अघि सुरु गरिएको पोखराको परीक्षण सफल भएपछि तराई लगायत विभिन्न अनुसन्धान कार्यालयमा यो खेतीको परीक्षण सुरु गरिएको हो ।

‘मेन्टल कैमिटी इनप्लाटेन्सन’ विधिबाट सिपीको शरिरमा किसाले चाहे जस्तो गोलो वा मुर्ति आकारको सिडस प्रत्यारोपण गरेपछि सिपीले १२ देखि १८ महिनामा दुईवटा मोती बनाउने गरेको छ । सिपीले आफ्नो शरिरमा प्रवेश गराइएको मूर्ती आकारको बस्तुमा क्यालसियम कार्बोनेट तत्व थुपारेर मोति तयार गर्छ । सिपीको शरिरमा प्रत्यारोपण गरिने मूर्ती आकारका बस्तु पनि सिपीकै खोलको धुलोबाट बनाउने गरिएको छ । किसानले चाहे अनुसार विभिन्न आकार दिन चाहिने सामग्री सहजै बजारमा उपलब्ध हुने पोखरा कृषि अनुसन्धान केन्द्रका बरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकबाल हुसैनले बताए ।

सिपिले फाइटोप्लाङ्कटन तत्व पानीबाट छानीछानी खाने गर्छ । यो तत्व कमहुने जलाशयमा युरिया, डिएपि र कम्पोष्ट मल हालेर पनि हरियाली उब्जाए पछि सिपिको आहारा बढाउन सकिन्छ । मोती पालन प्रयोजनले एउटा सिपीबाट अधिक्तम २ वटासम्म मोती उत्पादन गर्न सकिने हुसैन बताउँछन् । सरदर १ हेक्टर जलाशयमा २० हजार वटा सिपी पालन गर्न सकिने उनले बताए । सिपीको शरिरमा आफूले इच्छाएको मुर्ति आकारको बस्तु प्रत्यारोपण गरिसकेपछि उक्त सिपीलाई पारदर्शी थैलीमा हालेर जलाशयको पानीमा झुण्डाएर राख्नुपर्छ । जलाशयमा डोरी बाँधेर त्यो डोरीमा एकैसाथ थुप्रै सिपी राखिएको थैली झुण्ड्याउन सकिन्छ ।

पहडी क्षेत्रमा मात्र नभई तराई मधेशमा पनि सिपी पालन र त्यसबाट मोती उत्पादन सम्भव भएकाले यो कार्यक्रमलाई क्रमशः देशका सबै भागमा बिस्तार गरी किसानलाई माछा पालनसँगै मोती पालनको पनि सीप सिकाएर उनीहरुको आम्दानी वृद्धि गर्ने योजना रहेको कार्याक्रममा जानकारी गराइएको थियो । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख डा. बिशेश्वर प्रसाद यादवले मोती पालनबाट मत्स्य किसानले दोहोरो लाभ लिन सक्ने बताए ।

लेमिलिडेन्स मार्जेनेलिस जातको सिपीमा मोती पालन बढी सफल हुने र यो जातको सिपी नेपालमा सहजै उपलब्ध कृषि बैज्ञानिकहरुको भनाइ छ । कृषि क्षेत्रमा भएको यो सफल परीक्षणले अवश्यनै कृषकहरुलाई हिलोमा मोती फलाउन अवसर प्रदान गर्ने आश जगाएको छ । तर सरकारी लगानी र बैज्ञानिकहरुको प्रयासलाई अझ प्रभावकारी बनाउन सरोकारवालाको ध्यान जान जरुरी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि