Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

असुरक्षित रूपमा हुने गर्भपतनलाई न्यूनीकरण गर्नु पर्ने सुझाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १४, २०८०
असुरक्षित रूपमा हुने गर्भपतनलाई न्यूनीकरण गर्नु पर्ने सुझाव

वीरगंज (पर्सा), १४ असोज । असुरक्षित रूपमा हुने गर्भपतनलाई न्यूनीकरण गर्नुपर्ने वीरगंजमा शनिवार भएको एक छलफलले निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसका अवसरमा ‘युवा’ नामक एक संस्थाले वीरगंजमा आयोजना गरेको प्यानल छलफलका वक्ताहरूले सुरक्षित रूपमा गर्भपतन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

वीरगंज ओम हस्पिटलका निर्देशक स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जगतदीप पटेलले वीरगंजका ४ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनका लागि कानुनी मान्यता प्राप्त गरेको बताए । यद्यपि करिब ६५ वटा ठाउँबाट असुरक्षित गर्भपतन भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । वीरगंज महानगरपालिकाकी नर्सिङ अधिकृत इन्दिरा लोहनीले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउने क्षेत्रमा महानगरले पनि काम गरिरहेको जानकारी गराइन् । सचेतना जगाउनेदेखि महानगर मातहतका स्वास्थ्य चौकीमा आउनेहरूलाई अनुमति प्राप्त ठाउँमा जान सल्लाह दिने गरेको उनले बताइन् ।

मेरी स्टोप्स वीरगंजका इन्चार्ज सुरेश ठाकुरले असुरक्षित रूपमा गर्भपतन भइरहेको स्वीकार गर्दै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि बढ्दै गएकोप्रति खुसी व्यक्त गरे । पछिल्लो समय मेरी स्टोप्स सेन्टरमा आउने सेवाग्राहीको चाप बढ्नुले बिस्तारै नागरिक सचेत हुँदै गएको स्पष्ट हुने उनको भनाई छ । गर्भपतन अझै पनि खुलेर चर्चा गर्ने विषयको रूपमा तराई मधेसमा स्वीकार भई नसक्नु चुनौती देखिएको सामाजिक अभियन्ता पल्लवी हरलालकाको बुझाई छ । उनका अनुसार सामाजिक सचेतना अझै पनि अपर्याप्त छ । त्यसका लागि नागरिक समाज, समाजसेवी एवम् गर्भपतनका क्षेत्रमा काम गर्ने सङ्घसंस्था सबैको संयुक्त प्रयास आवश्यकता उनले औँल्याइन् ।

असुरक्षित गर्भपतनलाई सामान्य रूपमा लिएर बेवास्ता गरिए पनि यसले गर्दा विकराल समस्या निम्तिन सक्ने युवा अभियन्ता सुवास ठाकुरले सङ्केत गरे । सुरक्षित गर्भपतनको दायराभित्र सबैलाई ल्याउनुपर्नेमा जोड दिँदै ‘युवा’ का सदस्यसमेत रहेका ठाकुरले युवाहरू अग्रसर भएर समाजलाई जागरूक बनाउनुपर्ने धारणा राखे । सुरक्षित गर्भपतनको वर्तमान अवस्थासँगै यसका चुनौतीसँगै यसमा युवाको संलग्नता र आवश्यकता बारे पनि छलफलमा चर्चा चलेको थियो । सो अवसरमा सहभागीहरूले पनि वक्ताहरूलाई सुरक्षित गर्भपतनका विविध आयामका बारेमा जिज्ञासा राखेका थिए ।

सुरक्षित गर्भपतनको सेवा र जानकारीलाई प्रवर्धन गर्दै सर्वसाधारणका निम्ति उक्त सेवालाई थप पहुँच योग्य बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको ’युवा’ संस्थाकी ’यूथ च्याम्पियन’ भूमिका साहले बताइन् । छलफलमा सुप्रिया साहले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् । युवाले यसअघि आयोजना गरेको अन्तर स्कुल निबन्ध प्रतियोगिताका विजेताहरूलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । सुरक्षित गर्भपतनको विषयमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम भएका ममता विद्या मन्दिर स्कुलका अनिल यादव, दुतिय भएकी मिनिल्यान्ड स्कुलकी एलिजा कुमारी र तृतीय भएकी ममता विद्या मन्दिर स्कुलकी दक्षता चौधरीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कञ्चनजङ्घा स्कुलका विद्यार्थीले असुरक्षित गर्भपतन गर्दा हुनसक्ने खतरा र त्यसले ल्याउन सक्ने कानुनी जटिलताको विषयलाई समेटेर तयार पारिएको नाटक पनि प्रस्तुत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि