Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गिरफ्तार जवरजस्ती करणी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किसानलाई बीउ र जनशक्तिको पिरलो

Birgunj Times
Birgunj Times
साउन २९, २०८०
किसानलाई बीउ र जनशक्तिको पिरलो

महोत्तरी, २९ साउन । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् । “एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भेटिन्छन्”, भङ्गाहा(४ थारुटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारुले भन्नुभयो । यसपालिको खडेरी लामो समयसम्म हुँदा बीउ ब्याडमै सुकेर रोप्न नपाएपछि खरुअन (बीउ रोप गरेर गाँजिएको रोपो फेरि उखेलेर रोपिने बीउ, धानको कलम) को हाहाकार छ । साउन अन्तिम साता स्थानीय जातको धानको खरुअन पाइए अझै रोपाइँ गर्न सकिने भए पनि त्यो नभेटाउँदा किसान अहिले रनभुल्ल परेका छन् ।

महोत्तरीसहितका मधेसका जिल्लामा ढिलै भए पनि भदौ पहिलो सातासम्म स्थानीय जातका धानको खरुअन रोप्न पाए धेरथोर उत्पादन लिन सकिनेमा किसान आशावादी छन् । “लोकल (स्थानीय) जातको धानको खरुअन पानी प्रशस्त भए भदौ पहिलो सातासम्म पनि रोपेर फलाएका छौँ”, पुराना कुरा सम्झदै भङ्गाहा-४ कै पलार बस्तीका ८० वर्षीय किसान चांैठी बाँतर भन्नुहुन्छ, “यसपाली त न खरुअन छ, न काम गर्ने मानिस नै छन् , खेतको पानी त्यत्तिकै खेर जान्छ कि जस्तो लागेको छ ।” साउन चौथो सातामा धान रोपाइँ ढिलो हुने भए पनि अब खेतमा भरिएको पानीले अर्को बाली लगाउन नदिएपछि किसान खरुअनको खोजमा लागेका छन् । “नजिक हुँदो खरुअन पाइएको छैन, टाढाबाट खरुअन किनेर ल्याइँदा ओसार्न खर्च बढ्ने पीर छ”, बर्दिबास-७ मनहरिपुरका ३० वर्षीय युवा किसान नीरबहादुर खत्री भन्नुहुन्छ, “नजिकका खेतीपातीमा काम गर्ने मानिस धेरैजसो भारतको पञ्जाव तिर गएपछि मान्छे पाउनै मुस्किल परेको छ ।”

मधेसमा सामान्यतया मध्य जेठभित्र ब्याड तयार गरेर बीउ राख्ने, मध्यअसारभित्र बीउको रोप सक्ने र मध्य साउनभित्र खरुअन रोपिने चलन छ । समयमै धान रोप्न नपाएपछि अब सुख्खाबाली लगाउने तयारीका बेला मुसलधार पानी परेर खेत डम्म भरिएपछि किसान बिलखबन्द परेका हुन् । असारभरि खडेरीले बीउ रोप्न नपाएपछि अहिले खरुअनको अभाव भएको छ । गाउँघरमा खरुअन सामान्यतया दुई मनको का (खरुअन किनेबापत मङ्सिरमा प्रतिका दुई मन धान दिइने चलन) पुरानो चलन भए पनि अब त्यसरी पाउन मुस्किल छ । नजिक नपाइँदा खोज्न टाढाटाढा पुग्न परेको किसान बताउँछन् । खरुअन नगदानगदी लिनुपर्दा पैसाको जोहोमा पनि सकस परेको किसानको गुनासो छ । अहिले यहाँका किसान खरुअनको खोजीमा धनुषा, सर्लाहीसहितका जिल्लामा कुलो/नहर लाग्ने क्षेत्रमा रोपिएको धानको खरुअन खोज्न भौतारिएका छन् । लामो खडेरीले धान रोप्न नपाएपछि अब खनजोत गरेर अन्य बाली लगाउने तरखर गरेका बेला साउन अन्तिम साता खेतबारी जलाम्य भएपछि धानै रोप्न पर्ने किसानलाई बाध्यता छ । तर अब राखेको बीउले नहुने र खरुअन हतपत नभेटिएपछि छटपटी बढेको भङ्गाहा-५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारु बताउनुहुन्छ । ढिलो गरी भएको वर्षाले थुप्रै किसान अहिले रनभुल्लिएका छन् ।

बर्सेनिजसो दुई बिघा क्षेत्रफलमा धान लगाउँदै आउनु भएका भङ्गाहा-४ रामनगरका किसान हरिदेव साह यसपाली धानको गब (हिल्याइएको खेतमा रोपिने धानको बीउ) नै नलगाइएको बताउनुहुन्छ । लामो खडेरीले बीउ सुकेपछि अब तरकारी, तिल र अन्य सुख्खाबाली लगाउने सोचिएका बेला पछिल्लो वर्षाले त्यो पनि नदिएको साहको बेचैनी छ । “धान रोप्न पाइएन, अरु बाली लाउने आश पनि मर्‍यो”, पछिल्लो वर्षाले जलाम्य खेत देखाउँदै साहले भन्नुभयो, “अब पानी नथपिँदा पनि खेतबारी जोतखन गर्ने गरी रुखिन धेरै दिन पर्खनपर्छ ।” खेतीपाती सबै आकासे पानीको भरमा गर्नुपर्दा आफूहरुका खेती योजना सफलिभूत नभएका साह बताउनुहुन्छ । गत साताको आइतबार पर्न थालेको पानी त्यसयता दिनहुँजसो थपिँदै जाँदा जिल्लाका अधिकांश भेग जलाम्य छन् । जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिदै आइएको छ । तर आकासे पानीकै भरमा गरिनुपर्ने खेतीमा पानीको तुक (ठीक समय) नमिल्दा जिल्लामा विगत वर्षमा पनि ४५ हजार हेक्टरको सेरोफेरोमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क छ । कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा कुलो/नहर पुगेको छ । यी कुलो/ नहरका पानीका स्रोत नदी, खोल्साखोल्सीका मुहान पनि यसपाली लामो खडेरीले सुकेपछि राम्ररी पानी नचल्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् ।

“हेर्दा त बाँध, कुलो, नहर देखिन्छ नि, तर नदीको मूहान नै सुकेपछि असारमै पानी चल्न छाड्यो” , कुलो/नहरको सिञ्चित क्षेत्र मानिने भङ्गाहा(८ धर्मपुरका ६० वर्षीय किसान रामसागर राउत भन्नुहुन्छ, “कसैगरी दुःखजिलो रोपिएको धान पनि पछिको खडेरीले खायो ।” बीउको रोपो खडेरीले गाँजिन नपाएपछि अहिले खरुअनको अभाव भएको राउत बताउनुहुन्छ । अहिलेको वर्षा उही पहिलेको रोपो जोगाउन मात्र काम लागेको राउतसहितका धर्मपुरका किसान बताउँछन् । “बीउ रोप राम्ररी गाँजिएको भए अहिलेको पानीमा अलि ढिलै भए पनि खरुअन लगाइन्थ्यो, तर लामो खडेरीले रोपो नगाँजिएपछि अब थप रोपाइँ चल्ने आश रहेन” राउतकै छिमेकी उपेन्द्र चौधरी थारु भन्नुहुन्छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये धान रोपाइँ हुनै नसकेका पाँचमाथि छन् ।

त्यस्तै केहीमा १०/२० प्रतिशत र एक/दुई स्थानीय तहमा ४० प्रतिशतसम्म धान रोपाइँ भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरीको अभिलेखमा छ । पछिल्लो वर्षामा मरिहत्ते गरेर किसान धान रोपाइँमा लागे पनि पनि बीउ र जनशक्तिको अभावले अझै रोपाइँ ५० प्रतिशत नपुगेको कार्यालयका विज्ञको भनाइ छ । “सबैभन्दा दुःखको कर्म हामी किसानकै रहेछ”, बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो भन्नुहुन्छ, “न दुःख देख्ने कोही छन्, न भरथेग गर्ने !” समय प्रतिकूल भएर बालीनालीमा असर पर्ने भएपछि लालाबालाको गुजाराको चिन्ताले गलाउने गरेको महतो बताउनुहुन्छ । रासस

Birgunj Times

Birgunj Times

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

मंसिर १६, २०८०
पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

मंसिर १६, २०८०
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

मंसिर १६, २०८०
पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

मंसिर १५, २०८०

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9845479849
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली
कानुनी सल्लाहकार   : सुनिल कुमार यादव

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि