• अनिल तिवारी
वीरगंज (पर्सा), ५ साउन । वीरगन्ज–२६ सुगौली गाउंमा बुधबार रात्री माइकिगं गरेर बिहिबार बिहान चौकमा भेलाहुन अनुरोध गरियो,वडा अध्यक्ष शम्भु मिश्राले गरेको अनुरोध अनुसार बिहिबार बिहान सबै गाउले भेला भए । सबैको रायसुझाव अनुसार गाउंका सबै कुवा (इनार ) सफागर्ने अभियान सुर गरिएको बताउदै वडा अध्यक्ष मिश्राले भने, ‘नगर प्रमुखज्यूलाई गाउको वडामा कुनै ध्यान छैन, वहा शहरमै केके अभियानहरु चलाइ राख्नु भएको छ, वडाको बजेट र क्षमता अनुसार आफुहरु गाउलेको पानिको जोहोमा लागेको छु ।’ गाउमा रहेको आधा दर्जन इनारहरुलाई सफा गराएर पनिको व्यवस्पन गरिहरको उनेको भनाइ थियो ।
यस्तै वीरन्ज–१०का बडा अध्यक्ष सुशिल साह कानुलाई एक हप्ता देखि भ्याइ न भ्याइ छ । उनी सबै कार्र्य छाडेर खानेपानी व्यवस्थापनको जोहोमा लागेका छन ।आफ्नो वडामा रहको वीरगन्जको घडिहर्वा ,आदर्शनगर, अशोकावाटिका लगायतको स्थानियको लागी खानेपानि व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्ने अभियन नै कानुले चलाएका छन । एक हप्तामा आफुले आधा दर्जन भन्दा बढी डिप बोरिगं गराएर घर घरमा खानेपानी नल जडान गरेको उनेले बताउदै भने, ‘खानेपानि अभावको बारेमा महानगरपालिका के गरेको छ, छैन आफुलाई केहि थाहा छैन ? म अहिले सबै काम छाडेर खाने पानीकै व्यवस्थापनमा लागेको छु, सबै चापाकलहरु सुकेका छन्, मोटरले पानि तान्न छाडेको छ, त्यसले गर्दा आफु वडाका विभिन्न ठाउहरुमा डिप बोरिगं गरेर खानेपानि सप्लाई गरिरहेको छु ।’
लगभग एक महिना अघि देखि सुरु भएको कल सुक्ने समस्या क्रमश:वीरगन्जका सबै वडाहरुमा बढदै गएको छ । यतिमात्र होइन सिमावर्ती भारतीय गाउ, बजारहरुको अवस्था पनि उस्तै छ । सुरुमा वीरगन्जको छपकैया, आर्दशनगर, लक्षुमणवामा देखिएको पानिको समस्या वीरगन्ज शहर मात्रै नभइसंगै रहेका अलौ, सुगौली, बहुअरी लगायत अधिकांस वडा र गाउटोलमा बढदै गएको छ । दुइ सय भन्द तलरहेको अधिकांस चापाकलहरु सुकिसकेका छन । शहरवासीका लागी खानेपानि संस्थानले सप्लाई गरेको धाराहरु बिकल्प भएपनि गाउको अवस्था झन भ्यावह बन्दै गएको छ । तर स्थानिय सरकार देखि प्रदेश र केन्द्रिय सरकारसंग अहिलेसम्म कुनै खास योजना छैन ।
खाने पानि तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर ४का प्रमुख किशोर प्रसाद यादवले अवस्था गम्भिर भएको बताउदै आफ्नै घरका कलसुकेको कारणले गर्दा आजको सबै दैनिक काम बिग्रेको बताए ।उनले भने,बिहान देखि बाल्टिनमा पानि ओसार्दैमा हैरान छु ।’ग्लोबल वार्मिगको कारण एक बर्ष देखि पानि नपरेको कारण यो सम्या उत्पन्न भएको बताउदै उनेले भने, पानि परिरहेको छैन, बनबिनास पनि उस्तै छ,त्यसमा पनि शहरको घना बस्ती,बांचेको जग्गामा पनि ढलान गर्ने चलनले गर्दा धर्ती रिचार्ज हनु सकेको छैन ,मुख्य समस्या यी नै हुन । ’सुरुमा १सय ५० फिटमा पाइने पानिको लेयर अहिले २ सय ३०/४० मा झरिसकेको बताउदै रहन सहन परिवर्तन गर्नुपने आवश्यकता रहको उनको भनाइ थियो ।
श्रावण महिनाको पहिलो हप्तासम्म तराईमा खासै पानि परेको छैन ।यसबर्ष देखिएको खडेरीले गर्दा खानेपानिको लागी सिमावर्ती क्षेत्रको अवस्था भ्यावह छ ।वीरगन्ज लगायत महानरको अधिकांस वडाका चापा कलहरु सुकेका छन् । तिनै तहको सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टिका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले कारोना पछि यो प्राकृतिक विपदाकै रुपमा खाने पानीको समस्या शृजना भएको बताउदै भने, ‘यसमा सरकारी स्तरबाटै पहल गरिनु पर्दछ, स्थानिय, प्रदेश र केन्द्रि सरकारले तत्काल समन्वय गरेर पानिको वैकल्पिक व्यवस्थापन गर्न आवश्यकता छ ।’
वीरगन्जको गहवा, श्रीपुर, रानीघाट, अशोक वाटिका, प्रगतिनगर, छप्कैया, भेडीयाही, नगवालगायत सबै ठाउँमा पानीको चरम संकट भएको स्थानीय बताउँछन् ।समाजिक संजालमा अहिले सबै भन्दा बढी पानिकै गुनासाहरु महानगरपालिकासंग व्यक्त गरिदै छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्राध्यपक. सुष्मा तिवारीले स्टेटस लेखिन्, “हिजो छपकैयाको एउटा ठाउँमा सानो बच्चादेखि बुजुर्ग महिलाको हातमा बाल्टी, बोतल तथा भाडाहरू लिएर, पिउन र खाना बनाउनका लागि पानी कसको घरमा आको छ, सोध्दै हिँडेको दृश्य देख्दा, आज जीवनको लागि नभई नहुने चिजको यो स्थिति हामी तराईवासीलाई खेप्नु परेको छ।”
वीरगन्जका आधाभन्दा धेरै घरधुरीले पानीको समस्या भोगिरहेको उनको अनुमान छ । वीरगन्ज महानगरपालिकाको खानेपानी संस्थान शाखाका प्रमुख भोगेन्द्र चापागाईंका अनुसार जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा छन् । पानी परे पछि मात्र यसको समाधान हुने चापागाईंले बताए । “जमिनमुनि हुने पानीको लेबल बढीमा २८/२९ फिट हुनुपर्छ । सतहमुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ । यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ,” उनी भन्छन् ।
यसअघि, हरेक घरमा कल राखेर पानीको आवश्यक्ता पूर्ति गर्ने चलन बढ्दा खानेपानी संस्थानमार्फत आपूर्ति हुने पानीका ग्राहक कम थिए । पहिले सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इञ्जिनियर निरन महर्जन बताउँछन् । धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने उनको भनाइ छ । तराई लगायत सिमावर्ती क्षेत्रमा देखिएको पानिको अभाव मानव श्रृजित समस्या भएको बुझाइ बरिष्ट पत्रकार चन्दकिशोरको छ ।आवश्यकता भन्दा पानिको दोहन प्रमुख कारण हुनुका साथै चुरे बिनास,गाउघरमा बढदै गएको सडक तथा घर आसपासका चौतारा समेतको ढलानको क्रम बढनु ,रुखहरु मासिदै जानु लगायतको कारणले पनि पानिको समस्या उत्पन्न भएको उनको धारणा रहेको छ ।
पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद यादव
जनता समाजवादी पार्टिका सचेतक एवम पुर्वमन्त्री प्रदिप यादवले वीरगञ्जमा देखिएको पानीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका छन । बिहिबार नेता यादवले प्रधानमन्त्रीसंग बिशेषरुपमा भेटेर वीरगञ्जको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका हुन ।वीरगन्ज र आसपासमा केहीदिन देखि चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद)समेत रहेका नेता यादवले सरकारको ध्यानाकर्षण गराएका हुन ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावहता बारे ध्यानाकर्षण गराएको उनले बताए । वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि सरकार स्तरबाट तत्कालै पहल थाल्न आफुले प्रधानमन्त्रीलाई आग्रह गरेको, उनेले भने । प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमै बोलाएर वीरगञ्जमा देखिएको खाने पानीको समस्या समाधानका लागि अबिलम्ब कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिए ।
प्रधानमन्त्रीको निर्देशनअनुसार खानेपानी मन्त्री यादवले पनि वीरगञ्जमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका गरिने प्रतिबद्धता जनाएका छन ।मन्त्री यादवले मन्त्रालय मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए ।
प्रतिक्रिया दिनुहोस् !