Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज – १६ नगवामा साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २७, २०८०
वीरगंज – १६ नगवामा साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिँदै

वीरगंज (पर्सा), २७ जेठ । नेपाल खानेपानी संस्थानले वीरगञ्जमा निर्माण गर्न लागेको साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की (डीप बोरिङ) को आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले संयुक्त रुपमा शनिबार खानेपानी पानी ट्याङ्की (डीप बोरिङ) को शिलन्यास गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवामा निर्माण हुनलागेको पानी ट्याङ्कीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने बताइएको छ । खानेपानी टंकीको शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदीप यादव पानी ट्याङ्की निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनीको पानीको तह घट्दै जाँदा चापाकलमा समेत पानी आउन छोडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानी ट्याङ्की निर्माणको काम सुरु गरिएको उनले बताए ।

‘अहिलेको माग र भविष्यमा हुनसक्ने सम्भावित मागलाई समेत पूर्ति गर्ने दीर्घकालिन उद्देश्यका साथ पानी ट्याङ्की निर्माण गरिँदै छ,’ उनले भने । अहिले महत्व नबुझे एकदिन एकएक थोपा पानीका लागि छट्पटाउनु पर्ने अवस्था आउन सक्ने बताउँदै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले भने, ‘हामीले पानीको महत्व बुझिरहेका छैनौँ, जति मन लग्यो त्यती पानी खर्च गर्छौं । तर, पानी सिमित छ भन्ने कुरा बुझ्न जरुरी छ, हामीले अनावश्यक पानी बर्बाद गर्नुहुँदैन ।’ जलवायू परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले थपे, ‘रुख रोप्ने र घरघरमै वाटर रिचार्जको उपाय अपनाउन थाल्न हामीले ढिलाइ गर्नुहुँदैन ।’

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले तराई-मधेशका क्षेत्रहरुमा देखिएको पानीको समस्या गम्भीर भएको बताए । पानी उपयोगमा सचेत हुनुपर्ने सुझाव दिँदै उनले भने, ‘हामीलाई अनावश्यक ढङ्गले पानी खर्चिने बानी छ, यो गलत हो । पानीको महत्व हामीले नबुझे एकदिन हाकाहारको सामना गर्नुपर्छ ।’ आवश्यकता भन्दाबढी पानी खर्च गर्ने बनी त्याग्न उनले आग्रह गरे ।

मेयर सिंहले पानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा ४ हजार धारा निःशुल्क रुपमा जडान गर्न लागिएको जानकारी गराए । वीरगञ्जमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न थप रुख रोप्नुपर्ने आवश्यकता औल्याउँदै उनले थपे, ‘हामीले हरियालीको महत्व पनि बुझेका छैनौँ । जेमा पनि कंक्रीट मन पराउँछौँ । यो गलत हो, आफ्नो घर, आँगन, मूलद्वार अगाडि रुख रोपौँ । रुख रोप्दा पनि धेरै हदसम्म पानी आभावको समास्या समाधान हुन्छ ।’ वीरगञ्जलाई हराभारा बनाउन महानगरले हरेक सम्भव प्रयास गरिरहेको उनले बताए ।

एक फरक प्रसङ्गमा बोल्दै उनले सङ्घ र प्रदेश सरकारबाट वीरगञ्ज हेपिएको टिप्पणी गरे । देशकै प्रमुख व्यापारिक केन्द्र भएतापनि वीरगञ्जले सरकारबाट पर्याप्त बजेट नपाएको गुनासो गर्दै उनले आगामी बजेट र नीति तथा कार्यक्रम मार्फत विशेष बजेटको व्यवस्था गर्न माग गरे । सङ्घ सरकारको बजेटबाट नेपाल खाने पानी संस्थानले निर्माण गर्न लागेको वीरगञ्ज जलापूर्ति परियोजनाको कूल लागत ५३ करोड ३२ लाख २४ हजार २२० रुपैयाँ ५८ पैसा रहेको छ । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि