Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चीनको आक्रामक प्रवेश र प्रहरीको टाउको दुखाइ चिनिया अपराध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८०
चीनको आक्रामक प्रवेश र प्रहरीको टाउको दुखाइ चिनिया अपराध

• एस के द्धिवदी
भारत र चीनको द्विपक्षीय सम्बन्ध शत्रुता, मित्रता, प्रतिस्पर्धा र सहकार्यको ढाँचाबाट अघि बढेकोलाई अन्यथा ठान्नु हुँदैन । तर दक्षिण एशियामा बढेको चिनीया हस्तक्षेपले साना मुलुकहरुको राजनैतिक  समिकरणमा अप्रत्यासित परिवर्तन आउनु थालेको छ । चिनले छिमिकि मुलुकहरुमा राखेको षडयन्त्र मुलक र कुटनैतिक रुचिका कारण राष्ट्रिय स्वार्थहरु ओझेलमा पर्दै गएका छन । कुनै पनि मुलुक आर्थिक, समाजिक र सांस्कृतिक उन्नतीको दिशामा प्रयास गर्छ र यो उसको अधिकार पनि हो । त्यसको लागि ठुलाले साना मुलुकको सम्ंप्रभुतालाई ओझेलमा पार्ने कुनै पनि मुलुकका सचेत नागरिक र राजनेताका लागी असहय हुन्छ । अरु मुलुकमा आफ्नो सैनिक वा कुटनैतिक सम्प्रभुता जमाउन खोजनु कुनै पनि अर्थमा उचित होइन ।

केहि बर्ष यता चिनले नेपाल,पाकिस्तान,बंगलादेश,श्रीलंका लगायतका चलाउदै आएको आक्रामक हस्तक्षेत्रकारी गतिविधिलाई नांगो हस्तक्षेपको रुपमा लिन थालिएको छ ।  प्रतिउत्तरमा भारत र चीन सम्बन्धमा पश्चिमा शक्ति प्रवेश गर्दै गएको परिदृश्यलाई नकार्न सकिदैन । चीनले दक्षिणी छिमेकमा बढाको गुप्तचरी अभियानको उदयले छिमेकि साना मुलुक माझ ठुलो ‘त्रासदी’ उत्पन्न हुनु स्वभावीक पनि हो । चीनले बढाएका सक्रियताको बाछिटा  एसिया मोत्रै होइन विश्वका सबै लोकतान्त्रि शक्तिहरुलाई एक थलोमा आउन बाध्यात्मक परिस्थिती उत्पन्न गर्दै गएको छ ।

चाइना इंटेलिजेंस सर्विसेज (सीआईएस) ले चलाएको अभियान
चीनको  विश्वव्यापी उपस्थित, गएको एक  दशक यता नाटकीय उछालको रुपमा बढेको छ । युद्धकारी आयामबाट हेर्ने हो भन्ने चिनिया खÞुफीया संस्थाहरुले चलाएको एक  अभियानको रुपमा पनि हेर्न सकिन्छ । जसले  विश्व समुदाय माझ ठुलो चुनौती बढाउदै गएको छ ।अफगानिस्तानमा उग्रधार्मिकमा आधारित तालिवानीहरु राज्य संचालन गर्नु , पाकिस्तानमा सुरुभएको राजनैतिक विद्रोह,श्रीलंकाको आर्थिक संकट जस्ता अथल पुथलले आउने समयमा ठुलौ चुनौति थपिने चिश्चिन नै छ ।

चिनिया गुप्तचर संस्था सीआईएसले  मुख्य अनुशन्धानहरुमा सिविल र सैन्य दुबै एजेंसिहरुलाई  जोडेर काम गर्ने गरको हुन्छ । उसको सबै भन्दा महत्वपूर्ण नागरिक एजेंसी केंद्रीय सुरक्षा मंत्रालय (एमएसएस) हो , जसअन्तर्गत केंद्रीय मंत्रालय, प्रान्तीय डिवीजन र कतिपय प्रांन्तिय वा स्थानीय स्तरका एजेंसिहरुलाई समावेश गरिएका हुन्छन । एमएसएस मुख्य रूपमा देशको अन्तरिक सुरक्षाको लागी बाहरी र आन्तरिक खÞतरा पता लगाउने र भविष्यको लागी संभावित रणनैतिक प्रोफाइल तैयारी गर्नुका साथै विदेशीहरुकोे जासूसी गर्नमा केंद्रित रहेको  छ । सार्वजनिक सुरक्षा मंत्रालय एमपीएस (मिनिस्ट्री आंफ पब्लिक सिक्योरिटी) संग आंतरिक र बाह्य सहयोगी शाखाहरु हन्छन् । तर यो मुख्य रूपमा  घरेलू इंटेलिजेंसमा केन्द्रित रहेको छ  यूनाइटेड फ्रन्ंट वर्क डिपार्टमेंटले पनि कतिपय अनुशन्धानात्मक कामहरु प्नि बाहरी तथा आंतरिक दुबै जिम्मेवारी सम्हाल्ने गर्दछ । पीपुल्स लिबरेशन आर्मी (पीएलए) को सैनिक इंटेलिजेंस एजेंसिहरुमा  प्रमुख खुफिया इकाई पीएलए स्ट्रेटजिक सपोर्ट फोर्स हो, जुन खÞुफीÞया, प्राविधिक सर्भिलांस, इलेक्ट्रानिक युद्ध, साइबर अपराध र रक्षा तथा मनोवैज्ञानिकयुद्धका जिम्मेवारी हेर्दै आएको छ । जनरल स्टाफ डिपार्टमेंट एवम जनरल पोलिटिकल डिपार्टमेंट पनि यसैको मुख्य कार्यभारमा पर्दछ ।

सीआईएसको कार्यक्षेत्रमा विभिन्न  आवरण अर्थात बनाएर जासुसी समेस गरिएको हुन्छ ,जसले  खुफियाया जानकारी संकलन गर्ने गर्दछ । उसको अन्य संस्थाहरुमा शिन्हुआ, न्यू चाइना  जस्ता सरकारी मीडिया तथा व्यपारिक संस्थान समेत  सामिल रहेका छन् । जुन यस्ता सरकारी मिडिया सेन्टर तथा व्यापारि संस्थानहरु आफ्नो  चार्टरमा खुफिया गतिविधि सम्बन्धी जानकारीलाई लुकाएर मात्र प्रकाशित गरेका हुन्छन् । विदेशमा चाइनाले खोलेको विकास निर्माणका कार्यलय,एनजिओ,मैत्री संस्थान तथा  शिक्षा मंत्रालय अन्तर्गत जस्ता अन्य विभागका विदेशीलाई चीनीया नागरिकहरुसंग  संम्पर्क राखि  खुफिया गतिविधिहरुमा  जोडिएको हुन्छ । चीनकोे वैज्ञानिक र प्राविधिक सूचना संस्थानले ,आन्तरिक इंटेलिजेंस प्रसारलाई सुगम बनाउनुका लागी विदेशी प्रविधिक प्रकाशनहरुलाई संकल गर्ने एउटा औपचारिक प्रणाली स्तम्भको रुपमा स्थापित रहेको छ ।

सबै भन्दा महत्वपुर्ण कुरा यो छ कि, चाइना  सरकार आफ्ना छिमेकि तथा विदेशी मुलकहरुमा आर्थिक जासूसी गर्नको लागी स्वदेसी व्यापारी तथा कारोबारीहरुलाई प्रोत्साहन राशि दिने गरेको छ । नेपालमा आउने हरेक चाइनिज नागररिकलाई सरकारले ५ करोड रुपैया विना ब्याज व्यापार गर्न दिएर नेपाल पठाउने नियम राखेको छ । जसअन्तर्गत भारतीय सिमाको समानान्त चिनिया नागरिकहरु आफ्ना साना उधोगहरु बढाउदै लगेका छन । चाइनिज कंपनियहरु यो यो रणनीतिक गतिशीलता शुरूमा पहिला इंटेलिजेंस कामसंग जोडिएको थिएन । चिनले छिमेकमा चलाएको अभियानलाई सफल बनाउन, सन् २०१७ मा नेशनल इंटेलिजेंस कानुनद्वारा नै यस्तो  दबाम मुलुक कानुन बनाइयो , जसको अनुच्छेद ७ र १४ मा स्पष्ट रुपमा भनिएको छ, कि चाइनिज कम्पनी र नागरिकहरुले परेको बेला, देशको इंटेलिजेंस सेवालाई साथ दिनु पर्दछ । यो कनूनलाई व्यापकता दिन चाइनिज टेली कम्युनिकेशनको प्रसिद्ध कम्ंपनी हुआवेईको विरोध पछाडिको मुख्य कारण पनि यो नै  हो ।

सीआईएसले नेपाल लगायत दक्षिण एशियासी गरिब मुलुकहरुमा राजनैतिक दलका नेता लगायत, सुरक्षा अधिकारीहरु माझ आफ्नो व्यापक हितैसी बढाउने उदेश्यका साथ नै स्थिापित गरेको छ । जसले राज्यको सुरक्षा जानकारी लगायत चिनको बिस्तावादी सोच र कुनैतिक आवरणमा सैन्य अवधारणलाई कमिशनको बलमा लागु गर्ने षडयन्त्रमा मलजल थपने काम गरेका छन् । परमाणु हथियार, मिसाइल प्रणाली, आईटी क्षमता, अन्तरिक्ष र उपग्रह अनुसंधान कार्यक्रमका  विकास र तैनाती लगायत सबैखाले सुरक्षा प्रणालीमा आंखा गडाउनुका साथै अन्य रणनीतिकसम्म लगायतका विषयहरुमा उनीहरु निगरानी रहेको छ । सीआईएस स्वाभाविक रूपमा  न केवल अफ्नो क्षमता र रुचिको क्षेत्रमा निर्णय लिने   सूचना दिने गरेको छ ।

अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पुस ८ गते पक्राउ गरेको थियो ।

यो मायाजाललाई बुझदै, सुरक्षित रूपले मान्नसकिन्छ कि सीआईएसले वास्तवमा आफ्ना साना छिमेकि मुलुकहरुलाई हतियार बनाएर भारत माथी  ध्यान केंद्रित गरिरहेको छ , जहां वास्तवमा केहि उसको अपरेशनमा अवरोध भयो र विभिन्न संचार माध्यमहरुमा खुबै प्रचार भयो ,तर यो त फिल्मको  ट्रेलर मात्र हो । भारतीय समाचार रिपोर्टोहरुमा २०१३ र २०१८ मा समातिएका केहि   परंपरागत जासूसी गतिविधिहरुलाई दर्शाउने भारत भित्र सीआईएसको केन्द्रित पेशेवर प्रणालियहरुको उपस्थिती हो । नेपालका कतिपय बैकहरुको सरबरलाई हैक गरेर करोडौ रुपैया निकालने देखि लिएर सुन तस्करी तथा राजधानीको ठमेल एरियालाई अपराधीक अखडा बनाउने सिआईएसको मायाजाल नै हो । तिब्बतीय सरणार्थी  रहेका ठाउहरुमा आफनो एजेन्ट बनाउनु देखि लिएर मधेसका हरेको ब्यापारिक शहरहरुमा उधोगसंचालनको कभरमा गरिएको चिनीया गुप्तचरी आउने समयका लागी ठुलो  चुनौती नै हो ।

भन्निछ कि यसको दुरगामी  हस्तक्षेपले अधिक  अप्रत्यक्ष संबन्ंधको साथ नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुमा हुने सबै  साइबर हमलाहरुको  एक तिहाई चीनबाट उत्पन्न गरिन्छ । अर्को तर्फ चिनबाट उत्पादित सबै तोकप्रिय मोबाइलहरुको  एप्स सक्रिय रूपमा मुलुकका सुरक्षा संस्था तथा पदाधिकारीहरुको खÞुफÞिया जानकारी जुटाउने गरेको छ ।  २००९मा भारतीय विभिन्न मिडियाहरुले चिन्ता समेत व्यक्त गर्दै प्रकाशित गरेका थिए कि इंटेलिजेंस जुटाउनु र नेपालमा भारतीय नजदिकका २४ भन्दा बढी ठाउमा चाइना स्टडीसेन्टरको स्थापना एवम लगभग ३० भन्दा बढी व्यवसायी कम्पनीहरुको संचालन सम्भवत : नेपालमा  चीनको प्रभाव बढ़ाउनु नै हो ।

प्रहरीको टाउको दुखाउने अपराध
नेपालमा चिनीया नागरिकको आपराधिक गतिविधि यो नयाँ र नौलो हैन। विगतका केही वर्षका अपराध शृंखला हेर्ने हो भने कैयौँ चिनियाँ नागरिकहरू नेपालमा दर्जन आपराधिक घटनामा मुछिएका छन् । चिनियाँ नागरिकले नेपालबाट साइबर क्राइम मार्फत चिनियाँ नागरिकलाई नै ठगी गर्ने देखि लिएर अनेको अपराधिक गतिविधिमा संगठित अपराध चलाउदै आएका छन ।पर्यटक भिसामा नेपाल आउने र सबै खाले गैर कानुनी कार्यहरु गरेको कारण काडमान्डौ प्रहरीको ठुलो टाउको दुखाइ बन्दै गएको छ । अनलाइनबाट अवैध कारोबार, कल बाइपास देखि जुवातास, सट्टेबाजी धन्दा समेत चिनिया नागरिकहरु काठमान्डौमा चलाउदै आएका छन ।

चिनियाँको धन्दा डलर देखी मानव तस्करीसम्म
प्रहरीको अनुसन्धान रिर्पोट हेर्दा धेरै चिनियाँ सिमा क्षेत्रका नागरिकले पाउने सुविधा दुरुपयोग गरेर काठमाडौसम्म आईपुगेका छन ्। धेरै अपराधमा जोडिएका चिनियाँ पर्यटक भिसा अथवा व्यापारीक प्रयोजनका लागि नेपाल आएको र भिसा अवधी सकिएर पनि लुकीछिपी नेपालमा अपराध गतिविधिमा जोडिएको देखिन्छ । त्यसैको अर्को शृङ्खला थियो २०७४ असोज ४ गतेको घटना। यस दिनरसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गर्‍यो, उनि व्यापार प्रयोजनका लागि भन्दै नेपाल पसेका थिए। यसअघि २०७३ माघ ७ गते पनि रसुवाको टिमुरेमा, चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए।

२०७४ असोज १३ गते चिनियाँ महिला यान कुन दुवान ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा पक्राउ परिन्। २०७२ जेठ ३२ गते चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परिन् । २०७३ माघ १ गते २ लाख ६० हजार अमेरिकन डलर, एक लख १८ हजार यूरो र केही अष्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन जना चिनियाँ नागढुंगामा पक्राउ परे। २०७२ भदौ १० गते काठमाडौँ विमानस्थलमा ७४ हजार अमेरिकी डलर, ७६ हजार यूरो, ४८ हजार स्वीस फ्रयाकसहित चिनियाँ नागरिक यी वाङ पक्राउ परे ।

यसरी विभिन्न अपराध श्रृंखलामा जोडिएका र पक्राउ परेका चिनियाँहरूको तथ्यांक हेर्दा उनिहरू, सुरुमा सुन तथा रक्तचन्दन तस्करी हुँदै अहिले अवैध डलरको कारोबारमा संलग्न भएका छन् । यसरी चिनियाँले डलर तस्करी गर्ने गरेको तथ्य भने प्रहरीले  २०६७ असोज १८ गते पहिलो पटक पत्ता लगाएको थियो । त्यसदिन प्रहरीको विशेष टोलीले चिनियाँ नागरिक कोविन लि ४० हजार डलरसहित भक्तपुरमा पक्राउ गरेको थियो । त्यसपछि चिनियाँहरू निरन्तर, नेपाल प्रहरीको निगरानीमा छन् । नभन्दै सोही महिना प्रहरीले तीन लाख अमेरिकन डलरसहित काठमाडौँको स्वयम्भुबाट तीन चिनियाँलाई पक्राउ गरेको थियो । त्यसपछि २०६८ को पुसमा भक्तपुरको जगातीमा ९७ हजार दुई सय २३ डलरसहित तातोपानी नाकातर्फ डलर तस्करी गर्ने अर्का चिनियाँ पक्राउ परे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि