Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा बढ्दो गर्मीसँगै जनजीवन कष्टकर, बजारमा चहल पहल घट्यो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०८०
तराईमा बढ्दो गर्मीसँगै जनजीवन कष्टकर, बजारमा चहल पहल घट्यो

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ८ जेठ । तराईमा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तातो हावा तथा बढ्दो गर्मीका कारण पर्सा – बारा सहित तराईको जनजिवन प्रभावित बनेको हो । एका विहानैदेखि सूर्योदय हुनासाथ चर्को घामका कारण जिउ चिलाउने र सन स्ट्रक ‘लु’ लागेर मान्छे बेहोस हुने जस्ता समस्याहरु उत्पन्न भएको छ । केही दिनदेखि गर्मीसँगै तातो हावा चलेको कारण सर्वसाधारणहरु घरबाहिर निस्कन सकेका छैनन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको उपस्थिति घट्दो छ । वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरू समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् ।

खास गरि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू प्रभावित भएका छन् । रिक्सा, ठेला चालक, साइकलमा सामान बोकेर टोलटोल पुगी विक्री गर्ने तथा दैनिक ज्यालादारीले जिविकोपार्जन गर्नेहरु यसको चपेटामा नराम्ररी परेका छन् । चर्को गर्मीका कारण बजारमा दिउँसोको समय चहल पहलमा पनि कमि आएपछि मजदुरहरू काम पनि पाएका छैनन् भने सडक पेटीमा व्यापार गर्ने सानोतिनो व्यापारीहरु पनि आफ्नो व्यापार प्रभावित बनेको बताउँछन् । ग्रामीण क्षेत्रबाट किनमेल गर्न आउने ग्राहकहरू नआउँदा व्यापार पनि उत्तिकै प्रभावित बनेको छ । गर्मीको कारण बजार चहलपहल घट्नुको साथै सरकारी कार्यालयहरुमा पनि तुलनात्मक रूपमा सेवाग्राहीको संख्या पातलिएको छ ।

सर्वसाधारणहरु विहान र बेलुका मात्रै घर बाहिर निस्कन पाइरहेका छन् । घरबाहिर निस्कन नपाएपछि व्यापार देखि दैनिक काममा पनि कमि आएको स्थानीयहरुको भनाई छ । दैनिकी चलाउनका लागि काम गर्नुपर्ने बाध्यता छ तर चर्को घाममा काम गर्दा विभिन्न किसिमका रोग निम्त्याउने भएको कारण घामबाट बचेर दैनिकी कामकाज गर्नुपरेको मजदुरहरुको भनाई छ । यसैगरि रिक्सा, ठेला चालकहरुको आम्दनी पनि घटेको छ । विहान ५ बजे रिक्सा लिएर कमाउन निस्केका मजदुर ९ नबज्दै घर फर्किनुपर्ने अवस्था छ भने साँझ पुनः ३ बजेदेखि बजारमा काम खोज्न जानुपर्ने अवस्था रहेको रिक्सा चालकहरुको भनाई छ ।

रिक्सा चालकहरुका अनुसार दैनिक १५ सयदेखि २ हजारसम्म कमाई हुने गरेकोमा अहिले गर्मीले गर्दा दैनिक ५ देखि ७ सय रुपैयासम्म मात्रै कमाई हुने गरेको बताँछन् । विहान ५ बजेदेखि रातिको ९ बजेसम्म मजदुरी गर्न सक्ने ज्यालादारी मजदुरहरु अहिले अपरान्ह्को समयमा करिब ४ घण्टासम्म काम गर्न सकि रहेका छैनन् । काम गर्न चाहेर पनि सर्वसाधारणहरुको उपस्थिति पातलिएको कारण बजारमा यात्रुहरु नभेट्ने गरेको कारण अपरान्ह् ११ बजेदेखि २ बजेसम्म काम नै नपाउने गरेको बताउँछन् ।

यस्तो अवस्थामा परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ । गर्मीले गर्दा घामको समयमा रिक्सा, ठेला चलाए विभिन्न प्रकारको समस्या हुने गरेकोले विहान र बेलुका मात्रै मजदुरी गर्ने गरेको उनीहरु बताउँछन् । अहिले वीरगंजको तापक्रम पनि बढेको छ । केही दिनदेखि वीरगंजको तापक्रम न्यूनतम २३ डिग्री सेल्सियस तथा अधिक्तम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । आइतबार वीरगन्जको तापक्रम न्यून्तम २६ डिग्री सेल्सियस र अधिक्तम ३८ डिग्री सेल्सियससम्म मापन गरिएको छ भने सोमबार न्यून्तम २७ डिग्री सेल्सियस र अधिक्तम ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यसैगरि आउँदो शनिबारसम्म वीरगंजको तापक्रम न्यून्तम २३ डिग्री सेल्सियस र अधिक्तम ४० डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

यसरी तराईका जिल्लाहरुमा गर्मी बढेको कारण जनजीवन कष्टकरसँगै विरामीहरुको संख्यामा पनि उत्तिकै वृद्धि भएको छ । गर्मीयाम सुरु भएदेखि नारायणी अस्पतालमा विरामीको चापमा पनि वृद्धि भएको छ । अस्पतालहरुमा खास गरेर झाडापखाला, ज्वरो, सर्पदंशका विरामीहरुले खचाखच भरिएको छ । भाइरस संक्रमणबाट संक्रमित भाइरल ज्वरोका विरामी एवं ‘फड प्वाइजन’ युक्त खानाहरुबाट ग्रसित भई झाडापखालाका विरामीहरुको संख्या बढेको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख एवं सूचना अधिकारी फिजिसियन डा. उद्यनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार मौसम परिवर्तन हुने बेलामा यो भाइरस सक्रिय भएकै कारण भाइरल ज्वरो, झाडापखाला, टाइफाइड जस्ता समस्याहरु देखा पर्ने गरेको बताए । तुलनात्मक हिसाबले झाडापखाला, भाइरल ज्वरो, टाइफाइड ज्वरो तथा सर्पदंशका विरामीहरुको संख्या बढि नै रहेको छ । ज्यानै जाने खालका विरामीहरु त छैनन् तर प्रायः ओपिडिहरुमा सामान्य ज्वरो एवं आकस्मिकमा उच्च ज्वरो, सर्पदंशका विरामीहरु आउने गरेका छन् ।

यसबाट बच्न अनावश्यक रुपमा घाममा नहिँड्ने, हिड्नै परे मौसम अनुसारको लुगा लगाएर घामबाट बचेर हिँड्नुपर्ने, पोषिलो खाना खानुपर्ने, बासी भात एवं बाहिरको खाना नखाने, हातमुख राम्ररी धुने, सरसफाईमा ध्यान दिने, प्रसस्त मात्रामा पानी पिउने, सर्प पाउने ठाउँमा खाली खुट्टा नजाने, अन्ध्यारोमा बाहिर ननिस्कने जस्ता सतर्कता अपनाउनुपर्ने उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि