Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोजगारी सुनिश्चितता र सेवासुविधा निरन्तरताको माग गर्दै आई.सि.पि.का कर्मचारीहरु आन्दोलनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७९
रोजगारी सुनिश्चितता र सेवासुविधा निरन्तरताको माग गर्दै आई.सि.पि.का कर्मचारीहरु आन्दोलनमा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १३ चैत / वीरगन्ज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आई.सि.पि.) का कर्मचारीहरु विभिन्न ३ बंदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । एकिकृत जाँच चौकी संचालनको जिम्मा कैलाश टर्मिनल्सले पाएपछि त्यहाँ कार्यरत कर्मचारीहरु बिचल्लीमा परेको भन्दै रोजगारीको सुनिश्चितताको माग गर्दै आइतबारदेखि कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
नेपाल इन्टरमोडेल यातायात विकास समितिले आई.सि.पि. संचालन गर्दै आएकोमा हाल आएर नेपाल सरकारले कैलाश टर्मिनल्सलाई आई.सि.पि. संचालनको जिम्मा दिएपछि कर्मचारी खाईपाई गर्दै आएको सेवा सुविधा सहित रोजगारीको सुनिश्चितताको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । उनीहरुका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समितिबाट पाउँदै आएको प्रति वर्षको १ महिना बराबरको सेवा सुविधा उपलब्ध गराइनुपर्ने, ठेक्का लिएको कैलाश टर्मिनल्ससँग खाइपाई आएको तलब सहित रोजगारीको सुनिश्चिता गर्नुपर्ने र पहिलो चरणमा नै करार सम्झौता १ वर्षको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।
समिति र टर्मिानल व्यवस्थापक कम्पनीबीच करार सम्झौता गर्दा अन्य शर्तहरु झै एकिकृत जाँच चौकी वीरगंजमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई रोजगारी सुरक्षाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । आफूहरुको माग पुरा नभएसम्म काममा नफिर्किने यसबाट हुने क्षतिको जिम्मेवार स्वयम नेपाल सरकार नै हुने उनीहरुको भनाई छ । उनीहरुका अनुसार आईसिपी संचालनदेखि नै काम गर्दै आएकोले अब रोजगारी गुमे अलपत्र हुने चिन्ताले सताएको बताए ।
वीरगंज पथलैया औद्योगिक कोरिडोरको कच्चा पदार्थ पनि यही नाका हुँदै जाने गरेको कारण आन्दोलनले उद्योगहरु प्रभावित भएको छ, यसमा सम्बन्धित निकाय नै दोषी छ, छिटो भन्दा छिटो हाम्रो माग पुरा गरे अहिलेदेखि नै काममा फर्किने उनीहरुको भनाई छ । आन्दोलन गर्नु हाम्रो बाध्यता हो, सरकार हामी कर्मचारीहरुको भविष्यसँग खेलवाड गर्न खोजेकोले बाध्य भई काम कार्यवाही बन्द गरिएको छ, चाँडो भन्दा चाँडो माग पुरा भए काममा फर्किने उनीहरुको भनाई छ । आईसिपि संचालनदेखि नै यसलाई लक्ष्य बनाई काम गर्दै आएको र लक्ष्य भन्दा पनि बढि आम्दनी भएको अवस्थामा यस सँस्थाले हाम्रो भविष्य सुनिश्चित गर्न नसकेको कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ । एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) संचालनका ५ कम्पनीले आशयपत्र दर्ता गराएका थिए । ति मध्ये कैलाश जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयामा आइसिपी सन्चालनको ठेक्का पाएको हो । जसमा ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत वित्तिय पक्ष रहेको छ ।
आइसिपीमा ३२ जना अस्थायी कर्मचारी, १० जना माली र १० स्वपरमा कार्यरत छन् । यसका साथै आइसिपीको आन्तरिक सुरक्षाको जिम्मेवारी गोर्खा सेक्युरिटीले हेर्दै आएको थियो । ‘लेबर’ को लागि दैनिक ज्यालादारीको रुपमा १ सय जनाको तिन वटा ठेक्केदारहरुको समूह काम गर्दै आएको छ । यहाँ कार्यरत अधिकांश कर्मचारीहरु स्थानीय रहेका छन । आइसिपीको जग्गा अधिग्रहणको समयमा आईसिपी सञ्चालनमा आएपछि स्थानीयलाई पहिलो प्राथमिकता दिने शर्तमा जग्गा अधिग्रहण गरिएको थियो ।
आइसिपी संचालनको जिम्मेवारी सरकारले ठेक्कामा दिएपछि त्यहाँ कार्यरत सबै कर्मचरीहरु बिच्चलीमा परेका हुन् । समितिको स्वामित्वमा वीरगन्ज र विराटनगरमा २ वटा आइसिपी, भैरहवा, काँकडभिट्टा, तातोपानी, चोभार र सिर्सियामा गरि ५ वटा सुक्खा बन्दरगाह रहेका छन् । आइसिपी वीरगन्ज र चोभार सुक्खा बन्दरगाह समितिले आफै संचालन गर्दै आएको थियो । तर अब आइसिपी ठेक्कामा लगेपछि चोभार सुक्खा बन्दरगाह मात्र समितिले संचालन गर्नेछ । चोभार सुक्खा बन्दरगाह पनि निकट भविष्यमै निजी क्षेत्रलाई संचालनको जिम्मा दिने गृहकार्य भइरहेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि