Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुवर्णपुरमा मुलुककै सबैभन्दा ठूलो गाई फार्म, मासिक २५ हजार लिटर दुध उत्पादन

फार्ममा दुघ उत्पादनदेखि जैबिक मल, गोबर ग्यास र बिजुली समेत उत्पादन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०७९
सुवर्णपुरमा मुलुककै सबैभन्दा ठूलो गाई फार्म, मासिक २५ हजार लिटर दुध उत्पादन

वीरगंज (पर्सा), ८ चैत / पर्साको सुवर्णपुरमा मुलुककै सबै भन्दा ठूलो गाई फार्म खुलेको छ । स्वचालित प्राविधिबाट सुरु गरिएको गाई पालनबाट २५ हजार लिटर दुध उत्पादन गर्ने फर्मको लक्ष्य रहेको छ । यो गाई फार्ममा दुघ उत्पादन देखि जैबिक मल, गोबर ग्यास र बिजुली समेत उत्पादन भइरहेको छ । पर्साको दुर्गम गाउपालिकाको रुपमा रहेको ठोरीको सुर्वणपुरमा मुलुककै सबै भन्दा ठूलो गाई फार्मको निर्माण गरिएको छ ।
लगभग तिन बर्ष अघी १ सय ५३ करोडको लागतमा निमार्ण गर्न थालिएको कलश कैटल फार्मिगं प्राइभेट लिमिटेड कारोनाका कारण बढेको आर्थिक मारले दाना उत्पादन उधोगलाई स्थगीत गर्दै गाइपालन फर्मलाई संचालन सुरु गरेको छ । इजरायली प्रविधिबाट पुर्ण स्वचालित मशिनहरुबाट भइरहेको गाई पालन उधोगमा १ हजार गाइ पालनको व्यस्था गरिएको छ । कलश क्याटल फार्म प्रालिमा पालिएका होलेस्टेन जातका १ सय ५० गाईहरु अहिले दैनिक १ हजार लिटर दुध दिई रहेका छन् । इजरायली प्रविधिबाट पूर्ण स्वचालित एवम कम्प्युटराइज मेशिनको सहयोगमा गाई पालन देखि दुध संकलन सम्मको प्रविधि अपनाइएको यो मुलककै पहिलो फार्म भएको संचालक यादवको दाबी पनि छ । मेशिनबाट एउटा गाई दुहुन ५ मिनेट लाग्ने र एक पटकमा ४० वटा गाई मेशिनले दुहुन सक्छ उनी बताउछन् ।
गोबर सोहोर्न पनि स्वचालित मेशिनकै प्रयोग गरिएको छ । गाईलाई गर्मी नहोस् भनि ठूला ठूला पंखा र पानीको फोहोरा (स्प्रिकल) समेतको व्यवस्था अत्याधुनिक गोठमै गरिएको छ । गाई र तिनका बाच्छा बाच्छीको स्याहार गर्न दैनिक २ चिकित्सकको टोली फार्ममा खटिने गरेका छन । फार्ममा गाई पालनबाट दुध उत्पादन मात्र गरिएको छैन । गोबरबाट बायो ग्यास र बायोग्यासबाट जेनेरेटरको माध्यमबाट बिजुली उत्पादन देखि जैविक मल समेत उत्पादन भइरहेको छ । फर्म पुर्ण रुपमा संचालनमा आएपछि गोबरग्यास प्लान्टबाट बिजुली उत्पादनसंगै १सय बटा सिएनजी ग्यास भरेर उधोगहरुमा सप्लाई गर्ने लक्ष्य राखिएको छ ।
अहिले १ सय ५० वटा गाइपालनबाट दैनिक १ टन सिएनजी ग्यास र १ टन जैविक मल उत्पादन गरिनुका साथै फार्मलाई चाहिने विद्युत दैनिक ५ घण्टा सम्म उत्पादन र प्रयोग भइरहेको छ । सफ्टवेयर इन्जिनियरको पेशा त्यागेर दुग्धजन्य बस्तुको उत्पादन र त्यससंगै दूध उत्पादनको पूर्णकालिन पेशामा समर्पित भएका यादवले १३ बिघा क्षेत्रफलमा क्याटल फार्मिङ सन्चालन गरेका छन् ।
एक बर्षमै गाईको संख्या बढाएर १ हजार बनाउने र दैनिक २५ हजार लिटर सम्म दूध उत्पादन गर्ने फर्मको लक्ष्य रहेको छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।उद्योगबाट उत्पादित दुग्धजन्य बस्तुहरु बिक्री बितरण गर्ने डेरी हब नामक ५ वटा आउटलेटहरु हाल सन्चालनमा छन् । ७७ करोड रुपैया लागतको यो फार्ममा हाल सम्म ५० करोड रुपैया लगानी भई सकेको संचालन यादवको भनाइ छ । पूर्वाधार निर्माणमा ठूलो धनराशी खर्च भई सकेकाले अब थप ८ सय ५० गाई खरिदमा करीब २७ करोड रुपैया लगानी गर्ने योजना यादवले सुनाए ।
१ बर्ष भित्र पूर्ण क्षमतामा सन्चालनमा आई सकेपछि थप २३ जना गरी कूल ४० जनालाई फार्मले प्रत्यक्ष रोजगारी दिने यादव बताउछन् । मुलुकमा कम्तिमा पनि २५लाख लिटर दुधको आवश्यकता भएपनि ५देखि ६लाख लिटरसम्म उत्पादन हुने गरेको छ । सरकारबाट दिने गरिको अनुदान पनि कमिशन र पहुचको भरमा बितरण हुने गरेको छ । प्रत्येक व्यक्तिको लागी औषधी जति आवश्यकता रहेको दुधपनि हो तर पावडर र बाह्य निर्भरतामा चलिरहेको दुधको परिपुर्तिको लागी राज्यको खासै ध्यान पुग्न सकेको छैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि