Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घरमा एकमुठ्ठी चामल छैन, कसरी तिर्नु ऋण !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १२, २०७९
घरमा एकमुठ्ठी चामल छैन, कसरी तिर्नु ऋण !

रौतहट, १२ फागुन / मध्यदिन भइसक्दा पनि इन्द्रदेवीले चुल्हो बाल्ने सुरसार गरेकी छैनन् । अघिल्लो दिन पाएको काउलीको झोल कराहीमा बाँकी छ । तर, त्यो झोलसँग खानका लागि भात छैन । २०५० सालमा बागमतीमा आएको बाढीले उठिबास लगाएपछि इन्द्रदेवी रामको परिवार ३० वर्ष अगाडि सरकारले बनाइदिएको दुईकोठे घरमा बस्छ । घर छाएको जस्तापाता चाल्नो जस्तो भइसकेको छ ।
लघुवित्त प्रभावितका कुरा सुन्न रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीस्थित इन्द्रदेवी रामको पुरानो घरमा पुग्दा उनले सबैभन्दा पहिला आफ्नो घरको जर्जर अवस्था देखाइन् । अनि भनिन्, ‘सर, भात छैन ।’ अघिल्लो दिनको बचेको तरकारी देखाउँदै उनले फेरि दोहो¥याइन्, ‘सर, चावल छैन ।’ अभाव कतिसम्म छ भने चामल पाएको दिन उनको परिवार बिहानको खाना अपराह्न खान्छ । ‘बिहानको खाना दिउँसो ढिला गरी खायो भने साँझ खाना खानुपर्दैन’ ८ जनाको परिवारका लागि दुई छाक टार्न तीन किलो चामल चाहिन्छ । तीन किलो चामल किन्ने पैसा जुटाउन उनलाई हम्मेहम्मे छ । गरिबी र अभावमा रहेकी इन्द्रदेवी आधा दर्जन लघुवित्तकी ऋणी हुन् । नेपाली मुश्किलले बोल्न सक्ने उनलाई आफू कुन–कुन लघुवित्तकी ऋणी छु भन्ने समेत थाहा छैन ।
लघुवित्तको नाम समेत उच्चारण गर्न नसक्ने इन्द्रदेवीलाई छिमेकीले लघुवित्तको नाम सम्झाए । ‘डिप्रोक्स, आशा, नेशनल र मेरो माइक्रो फाइनान्स’को नाम सुनेपछि उनले टाउको हल्लाएर ऋण लिएको संकेत गरिन् । लघुवित्तबाट ऋण लिएका कागजात पनि उनीसँग छैनन् । कुन संस्थामा कति ऋण छ भन्ने त उनलाई हेक्कासमेत छैन । उनलाई एउटै डर छ, ‘सरहरू आउँछन्, बूढो विदेश जान पाउँदैन भन्छन् । छोराछोरीको नागरिकता बन्दैन भन्छन् ।’ श्रीमान् नारायण महरालाई वैदेशिक रोजगारीमा पठाउनकै लागि उनले ४० हजार रुपैयाँ ऋण लिएकी थिइन् । विवाह, ब्रतबन्धमा नाचगानको काम गर्ने इन्द्रका श्रीमान्को पासपोर्ट त बन्यो तर, विदेश जाने चाहना पूरा भएन । विदेश जान साढे दुई लाख रुपैयाँ लाग्ने भएपछि उनले श्रीमान्लाई विदेश पठाउन सकिनन् । घरमा खाने मानो छैन । छोराछोरी भोक लाग्यो भन्दै उनको वरिपरि झुम्मिन्छन् । उनी एकछिन, एकछिन भन्दै छोराछोरीलाई फकाउँछिन् ।
दैलोमा बसेर उनी भगवान गुहार्छिन् र गाउँमा आउने हरेक मान्छेलाई भन्छिन्, ‘सर, भात छैन ।’ लघुवित्तका कर्मचारीले उनको दयनीय अवस्था देख्दैनन् । ६ छोराछोरीसहित बसिरहेको छाप्रोमा ताल्चा लगाउने धम्की दिन्छन् । छोराछोरीको भोक मेटाउन नसकिरहेकी उनलाई यो असह्य हुन्छ । ‘ऋण खाएको छ के गर्नु’ इन्द्रदेवी निरीह छिन् । दिन बिराएर आउने लघुवित्तका कर्मचारीको धाकधम्कीबाट जोगिन भनेर उनी गाउँका महिलासँगै जंगल लुक्न जान्छिन् । तर जंगलमा लुक्न गएको समयमा कर्मचारीले आफ्नो घरमा ताला लगाइदिन्छन् कि भन्ने डरले सताइरहन्छ, उनलाई । ‘बैंकको सर, कालोचिट्ठा (कालोसूची)मा राखिदिन्छु । श्रीमान् विदेश जान पाउँदैन । नागरिकता खोसिन्छन् भन्नुहुन्छ’ उनलाई फेरि पनि भोककै चिन्ता छ, ‘घरमा चावल छैन के गर्ने ?’ चामल राख्ने टिनको भाँडो घोप्ट्याएर देखाइन् उनले । बोरामा रहेको चार माना जति चामल देखाउँदै उनले भनिन्, ‘यसले एकछाक पनि पुग्दैन ।’ यति चामल पनि उनले उधारो मागेर ल्याएकी हुन् ।
अघिल्लो दिन काउली मागेर ल्याएर छाक टारेकी थिइन् । उनलाई थाहा छ उधारो र मागेरै धेरै दिन पेट भर्न सकिंदैन । ‘शादी (बिहे) हुँदा बुढाले अलिअलि पैसा कमाउँछ’ इन्द्रदेवीको परिवार पालिने एक मात्र स्रोत हो उनको श्रीमान्को नाचगान । अरू समयमा इँटाभट्टामा काम गर्छन् उनका श्रीमान् । श्रीमान्ले ल्याएको ‘दिहाडी’ले एक छाक भात खान पनि पुग्दैन । मरिमेटेर कमाएर ल्याएको दिहाडी पनि खोस्न आइपुग्छन् लघुवित्तका कर्मचारी । ‘भित्रै (घर) छिरेर जति पैसा छ दे भन्छन्’ इन्द्रदेवीको केही सीप चल्दैन । छोराछोरीको जीउमा भएको लुुगा देखाउँदै उनले भनिन्, ‘ठण्डी भएपछि गाउँबाट मागेर ल्याएँ ।’ लेखपढ गर्न नसक्ने र जर्जर आर्थिक अवस्था भएकी उनलाई लघुवित्तले के गर्न भनेर ऋण दिए त ? ‘बिजनेस’ कनिकुथी नेपाली बोल्ने इन्द्रदेवीले एकाएक अंग्रेजी शब्द बोलिन् ।
‘के बिजनेस ?’ हामीले सोध्यौं । ‘खेतीपाती’ उनले सीधा जवाफ फर्काइन् । आफ्नो नाममा एक हात जग्गा–जमिन नभएकी इन्द्रदेवी बसिरहेको घर–जग्गाको लालपुर्जा उनीसँग छैन । अलिकबेर कुरा गरेपछि उनले गुह्य कुरा खोलिन्, ‘बैंकको सरले ऋण लिने बेला बिजनेस भनेर माग भन्नुभयो ।’ छोराछोरीको भोक मेटाउनकै लागि उनले पनि ‘बिजनेस’ भनेर ऋण मागिन् । लघुवित्तका कर्मचारीले सिकाए अनुसार विवरण भरेकी उनले ऋण लिएको पैसाले श्रीमान्को पासपोर्ट बनाइन् । छोराछोरीलाई भात खुवाइन् । ऋण लिइसकेपछि व्यापार, व्यवसायमा लगानी गरे÷नगरेको बुझ्न लघुवित्तका कर्मचारी उनको घरमा एक दिन पनि आएनन् । ‘पहिला आउनुभएन, अहिले ब्याज, किस्ता माग्न आउँछन्’, इन्द्रदेवीले सुनाइन् । सुरुमा १/२ वटा लघुवित्त समूहमा रहेकी उनलाई गाउँमा आएका लघुवित्तले अरूको भन्दा धेरै पैसा दिने भन्दै फकाएपछि उनी खुसी भइन् । नयाँ लघुवित्तबाट ऋण लिएर पुराना लघुवित्तको ऋण तिरेकी उनले बचेको पैसा घरखर्च चलाइन् । तर, ऋण तिर्नका लागि उनीसँग नियमित आम्दानी थिएन ।
लघुवित्तबाट लिएको ऋण तिर्नकै लागि उनले फेरि अर्को लघुवित्तबाट ऋण लिनुपर्ने बाध्यता आइलाग्यो । लघुवित्तले सहजै ऋण दिंदासम्म उनको कारोबार चलेकै थियो । तर बढ्दै गएको लघुवित्तको ऋण तिर्न पैसा नभएपछि उनले गाउँबाट चोटी ब्याज (मिटरब्याज) मा पैसा लिएर पनि किस्ता तिरिन् । तर त्यसरी कारोबार गर्दा कति चल्थ्यो र ? कर्जा सूचना केन्द्रको व्यवस्था नहुँदासम्म लघुवित्तले अन्धाधुन्ध ऋण दिए । जसै लघुवित्तले कर्जा सूचना केन्द्रको प्रयोग सुरु गरे इन्द्रदेवीको कर्जा मात्र रोकिएन उनीमाथि ऋण तिर्नुपर्ने दबाव पनि बढ्यो । पछिल्लो करिब एक वर्षदेखि लघुवित्तका कर्मचारीबाट लुक्दै, भाग्दै हिंडिरहेकी उनलाई ब्याज समेत जोडेर आफ्नो ऋण कति पुग्यो थाहा छैन । हिउँदको शीत समेत छेक्न नसक्ने छानो भएको घरमा ६ बालबच्चा हुर्काइरहेकी उनलाई ऋणको भन्दा बढ्ता पीर भातको छ । उनलाई थाहा छ, ‘एक छाक भात खान पाएपछि दुई दिन बाँचिन्छ । बाँचेपछि ऋण तिर्न सकिन्छ ।’ लघुवित्त र साहुलाई ऋण तिर्नुभन्दा पहिले भोक मेटाउन खोजिरहेकी उनले हामी निस्कँदै गर्दा भनिन्, ‘सर, भात पकाबेला घरमे एकमुठी चावल न बा, कर्ज कहाँसे तिर ?’ साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि