Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपालको व्यापार घाटा र घाटा घटाउने उपाय !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०७९
नेपालको व्यापार घाटा र घाटा घटाउने उपाय !

कुनै बर्षा अनुकूल मौसम नभएको र कुनै बर्ष बर्षात बढी भएको खण्डमा नेपालको व्यापार घाटा सोही बर्ष बढने संभावना दुेखिदै आएको छ । उदारणका रुपमा आ.ब. २०७३/७४ मा अनूकूल बर्षा,समयमा रोपाई तथा खेति, रासायनिक मलको सहज उपलब्धता कृषि प्रबिधिको बढदो प्रयोगलगायतका कारण कृषि फसल बढी हुन गई निकासी तथा उत्पादन बढन गएको दखिन्छ । तर हरेक आर्थिक बर्ष नेपालले वैदेशीक व्यापारको असन्तुलन भोगिरहेको अवस्थामा निकासी व्यापारको अवस्था कमजोर हुँदै गएको छ । आर्थिक बर्ष २०७७ । ७८ मा पानी कुबेला अर्थात अन्न बाली उठाउने बेलामा पानी परेको थियो । २०७८ । ७९ र २०७९ । ८० मा धान बाली उठाउने बेलामा मौषम अनुुकुल रहेकाले र प्राकृतिक प्रकोप नभएको कारण धान उत्पादन बढने देखिएको छ ।
नेपालको निकासी व्यापार स्थिर रहेको तथा पर्यटक आगमनसमेत बढन नसक्दा अर्थतन्त्रको मात्र आधार रेमीट्यान्समा सामान्य उतारचढावले पनि देशको सम्पूर्ण अर्थतन्त्र संकटमा पर्ने सक्ने अवस्था विगतमा रहेको थियो । नेपालले आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तु र सेवाहरु समेत उल्लेखनीय रुपमा आयात गर्दा पनि बैदेशीक व्यापारमा नेपालमा सँधै पछाडी धकेलिदै आएको छ । नेपालको कूल निर्याातको अवस्था सुधारोन्मुख हुनु पर्नेमा त्यसो हुन सकेको छैन् । विदेशबाट खर्बौको रुपैयाँको वस्तुहरु आयात हुँदा नेपालले एक आर्थिक बर्षमा एक खर्बका वस्तुहरु निकासी हुन सकेको छैन् । विगत चार बर्र्र्षा मध्ये २०७०(७१ मा सबभन्दा बढी रु. ९१ अर्ब रुपैयाँको निर्यात भएको देखिन्छ । नेपालले ६८ देशमा निर्यात तथा ७४ देशबाट सामान आयात गरेको देखिन्छ । आ.ब २०७७ । ७८ मा नेपालको निकासी रु. एक खर्ब १२ अर्ब बढी भएको छ । बैदेशीक व्यापार घाटालाई कम गर्नका लागि उत्पादन बृद्धिका बिकल्प नभए पनि नेपालले स्वदेशमै प्रचुर मात्रामा उत्पादनको सम्भाब्यता भएका वस्तुहरुको उत्पादन बृद्धिमा सुधार ल्याउन सकिएको छैन् । नेपालको कूल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन् । विदेशबाट खर्बाैकौ वस्तुहरु आयात हँुदा नेपालले एक आर्थिक बर्षमा एक खर्बका वस्तुहरु तथा उत्पादनहरु निर्यातसमेत गर्न सकेको अवस्था थियो । छैन् ।
विगत तिन बर्ष अर्थात २०७६ । ७७, २०७७ । ७८ र २०७८ । ७९ को अवस्था हेर्दा त्यस अघि आ.ब. २०७०(७१ मा मात्र कूल निर्यात ९१ अर्ब रुपैँयाँसम्म पुगेको देखिन्छ । राजनीतिक दलहरुका योजना र भनाईबाट मात्रै समृद्धि नहुने स्पष्ट देखिन्छ । नेपालको निर्याात पछिल्ला बर्षमा २०७०(७१ को भन्दा कमजोर देखिएको छ । नेपालको कूल निर्यातमा अर्ब रुपैंयाँमाथि निर्यात हुने वस्तुहरु १७ वटा जति मात्र रहेका छन् । ती वस्तुहरुमा अलैंचीं, चिया, औषधिजन्य जडीबुटीहरु, जुस, जुट ब्याग, उलन ब्याग, पश्मिना शल, टुथपेष्ट, जुता, फलाम तथा स्टिलजन्य वस्तुहरु, चाँदीका गहना सामान, टेक्सटाईल, कटन धागो, फेल्टलगायतका वस्तुहरु रहेका छनन् । २०७४ । ७५ पछि त नेपालको निकासीमा पाम आयल, भटमासको तेल, धागो, हाबी हुन पुग्यो । आ.ब २०७७ । ७८ मा रु. ८० अर्ब ७७ करोड ८८ लाख ६१ ह्जार रुपयिाँ बराबरको निर्यात भएको थियो भने नेपालबाट सबभन्दा बढी निकासी भएका २०७४ । ७५ पछि वस्तुमा भटमासको तेल, पाम आयल, सन फ्लावर तेल देखिएको छ । सोको कुचो निकासी भएको देखिन्छ । आ.ब. २०७९ । ८० को ६ महिनामा श्रावण देखि पौषसम्ममा आयात तथा निर्यात दुबै घटेको छ । बेलाबेलामा सम्बन्धित निकाय अनुसार २०७८ । ७९ को ६ महिना भन्दा २०७९ । ८० को ६ महिनामा २०.६८ प्रतिशतले कमी आई ७ खर्ब १२ अर्ब ७७ करोड ६२ लाख ८९ हजार रुपीयाँको आयात भएको छ । २०७८ । ७९ मा सो अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ऋाठ हजार रुपैयाँ आयात भएको थियो ।
महिनागत विवरण हेर्दा २०७९ पौषमा मात्र एक खर्ब २७अर्ब ९१ करोड ९८ लाख ३९ हजार रुपैयाँको सामान आयात भएको थियो । २०७९ मार्गसम्ममा एक खर्ब ३२ अर्ब ५५ करोड रुपीयाँको सामान आयात भएको थियो । मार्गको तुलनामा पौषमा आयात ५ अर्ब रुपैयाँले घटेको छ । २०७८ को श्रावणदेखि पौषसम्मको तुलनामा २०७९ । ८० को सोही अवधिमा निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ ह्जार रुपैयाँको सामान निर्यात भएकोे छ । २०७८ । ७९ सोही अवधिमा एक खर्ब २०७८ । ७९ को पहिलो ६ महिनामा व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताका वस्तुसंगै कृषिजन्य बस्तुहरुसमेत आायत बढदा व्यापार घाटा उच्च देखिएको, विदेशी मुद्रा सञिचती घटदै गएपछि सरकारले २०७५ बैशाख १३ देखि मदिरा , तास, महँगा मोबाईल, टीभी, मोटर साइकललगायतका १० वस्तुका आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितीमा झिनो सुधार आएपछि २०७९ मार्ग मसान्तदेखि भने आयात खुल्ला गरेको थियो । २०७९ । ८० को छ महिनामा आयात व्यापार २०.६८ , निर्यात व्यापार ३२ , व्यापार घाटा १९.५ प्रतिशतले घट्यो । आठ अर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्बको निर्यात भएको छ । आयात नभई नहुने वस्तु देखि स्वदृेशमा नै उत्पादन हुन सक्ने वस्तु समेत आयात बढदा आयात र निर्यात बिचको खाडल बढेको हो ।
निर्यात प्रबद्र्धनका लागि सरकारको चर्का नारा दिए पनि कमजोर उत्पादन कमी, बारकोड, बिश्वबजारमा फितलो प्रचारप्रसार, ब्रान्डीङ कारणले नेपाली उत्पादन बिदेशीन नसकेको दावि भएको बताईन्छ । नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेलाबखतमा प्रश्न उठने गरेको छ । बिश्व बजारमा प्रतीस्पर्धा गर्न गुणस्तर महत्वपूर्ण कुरा हो । नेपाली उत्पादनले पहिले देखिनै परिमाण भन्दा गुणस्तर सुधारमा ध्यान दिईर्दै आउनु पर्दथ्थ्यो । नेपालभारत खुला सिमानाले नेपालको निर्यात व्यापारमा असर गरेको छ । सरकारी नीति प्रतिबद्धता राम्रो भए पनि कार्यान्वयन फितलो हँुदै आएको छ । भूपरिवेष्ठित भएका कारणले उद्योगी(व्यापारीहरुले हैरानी बेहार्दै आएका छन् । निकासी विकासका अनेकौं आधार तथा सम्भावना हुन्छन् । राष्ट्रिय व्यापार रणनीति २०७३ ले राखेका १२ वटा तुलनात्मक लाभको वस्तुमा जडीबुटी पनि समावेश छ । ती मध्ये जडीबुटी एवम् अनुसन्धान,उत्पादन एवम् व्यवसायीकरण र संरक्षण एवम् सदुपयोग गर्न सके आर्थिक (सामाजीक विकासमा नै सहयोग पुग्दछ । वन नीति २०७१ ले वनस्पती एवम् जडीबुटीका नवीनतम प्रवृति र क्षेत्रहरुलाई समेटेको छ । वन, वनस्पती र जैवीक विविधता संरक्षण अभियान अगाडी बढाउन २०७१(२०८० लाई वन दशक घोषणा गरी एक घर एक रुख, एक वन र एक नगर अनेक उद्यान कार्यक्रहरु आर्यान्वयनमा आउँदै गरेका छन् ।
बाणिज्य नीति २०७२ ले १२ वटा वस्तु मध्ये सम्भावनायुतm वस्तुहरुका सूचीमा जडीबुटी तथा सारयुतm तेललाई पनि समावेश गरेको छ । यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरुको संकलन एवम् प्रशोधन गरी निर्यात अभिबृद्धि गर्न, प्रशोधन केन्द्रहरु स्थापना गर्न सहयोग पु¥याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरुको सुदृढिकरण तथा एक्रिडीटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउदेश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यवसायीक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने र विविधताको अवसरलााई उपयोग गरी निर्यातजन्य वस्तुहरुका उत्पादन ततथा प्रशोधन बाह्य माग बमोजिमको बनाउन संवेष्ठन, लेबलिङ, भन्डारण, प्रमाणिकरणमा सहयोग पु¥याउने, निर्यात प्रबद्र्धनको लागि असल कृषि अभ्यास र प्रागारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको देखिन्छ । नेपालको संबिधान २०७२ को दफा ५१ (च) मा वैज्ञानीक अध्ययन(अनुसन्धान एवम् विज्ञान र प्रबिधिको आविष्कार उत्थान र विकासमा लगानी अभिबृद्धि गर्ने तथा वैज्ञानीक(प्राबिधीज्ञ (बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने, धारा ५१ र्मै जनसाधारणमा वातावरण स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवम् भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिम नयूनीकरण गर्दै वन, वन्यजन्तु, पंक्षी , वनस्पति, तथा जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो विकास तथा उपयोग गर्ने जस्ता प्राबधानले नेपालको निकासी बढाउने छ । आर्थिक बर्ष २०७४(७५ का बजेटले माथि उल्लेखित प्राबधानहरु उपयोगका लागि कार्यक्रमहरु आएका देखिन्छन् । हालका बर्षमा नेपालबाट युरोपका विभिन्न देशमा २० भन्दा बढी प्रकारका औषधिजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात हुने गरेको छ । जडीबुटीजन्य उत्पादनका बाह्य माग उच्च रहे पनि प्रयोगशाला परीक्षण एवम् प्रमाणीकरणको सुश्निचतता हुन नसकेमा निर्यात बृद्धि हुने संभावना हुँदैन् ।
त्यसर्थ समग्रमा भन्नु पर्दा नेपालको आयात व्यापारलाई कम गराउन आन्तरिक उत्पादन बढाउनै पर्दछ । जुन वस्तु नेपालमा बृहत रुपमा उत्पादन गर्न सम्भव छ त्यस्ता वस्तुहरु अत्यधिक बढाउँदै लग्नु पर्दछ । नेपालका कच्चा पदार्थमा आधारीत औद्यागिक उत्पादनहरु बढाउँदै जानु पर्दछ । नेपालको विश्वका १८६ देशसंग बैदेशीक व्यापार हँुदै आएकोमा अधिकांशदेशसंग नेपालको व्यापार घाटा रहिआएको छ । नेपालमा दैनिक उपभोग्य सामाग्रीदेखि विलासिता र परिवार नियोजनका साधनसमेत अत्यधिक रुपमा आयात हँुदा व्यापार घाटा निरन्तर रुपमा बढदै गएको छ । त्यसर्थ अर्थतन्त्र उकास्न र निकासी बढाउन उत्पादनशील र निर्यातउन्मुख लगानी बढाउन अत्यन्त आवश्यक रहिआएको देखिन्छ । देशलाई आवश्यक परेको वस्तुहरुका आयात कल्पनै गर्न नसकेर ह्वात बढेको र अन्धाधुन्ध ती आयात गरिएका वस्तुहरु नेपालमा अन्तर्राष्ट्रिय मापदण्डमान्यता प्राप्त निकायको अभावमा त्यस्ता मानवहित विपरितका वस्तुहरु सहज रुपमा आयात गर्नु नै हो भनेर ठोकुवा गरेर भन्न सकिन्छ । अर्कोतर्फ जुन उदेश्यले नेपालमा बिदेशबाट सामान आयात गरिन्छ त्यही उदेश्यका लागि अर्थात उद्योगका कच्चा पदार्थका रुपमा उपयोग नभई त्यस्ता वस्तुहरुका दूरुपयोग हुनु आयात बढदै गएको हो । आयात गरिएका वस्तुहरुका उदेश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यतिmलाई कारवाही पनि भएको देखिदैन अनि त सहज रुपमा नेपालमा आयात दिन दुगुना रात चौगुना बढेर गएको छ । विगतमा बार्षिक रुपमा प्रत्येक नेपालीको भागमा २२ हजार १ सय ५९ रुपैंयाँ ऋृण थियो । तर २०७४(७५ मा यो बढेर २३ हजार ९ सय ६२ पुगेको छ । २०७७ । ७८ पुग्दा त यो ४० हजार प्रति व्यतिm हुन पुग्यो ।
नेपालबाट चिनतर्फ निर्यात हँुदै आएको प्रशोधित छाला, रुद्राक्ष,घरेलु उद्योगका सामानलगायतका वस्तुहरु भूइँचालो अगाडीका अवस्थामा जति पठाउन सकिएको थियो त्यति २०७९ । ८० आउँदा पनि बर्षहरुमा पठाउन सकिएको छैन् । तर चिनबाट नेपालमा आयात हुने सामानहरु जस्तै केहि तयारी पोशाक,जुताचप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको कोलकाता बन्दरगाह भएर आयात भएकाले आयात बढदै गएको छ । जसले गर्दा चिनसंग व्यापारघाटा बढेको बढे छ । उतर तिरको बैदशीक व्यापार नाका भूईचालो र कोरोनाका कारणले नेपाल र चीन व्यापार राम्रोसंग भएको छैन् । भारतबाट विशेष गरी पेट्रोलियम पदार्थको आयात उच्च छ । यसको अतिरिक्त यातायातका साधन र यस्का पार्टपूर्जा, सिमेन्ट, फलामे छड र औषधीका आयात पनि बढेको कारण भारतसंगको व्यापार घाटा पनि बढेको हो । तेश्रो देशहरुमा निकासी हुने दाल, चिया र हस्तकलाका सामानहरुको निर्यात पनि घटन गएको छ । यी देशहरुबाट सुनचाँदी, पार्टपूर्जा,दूरसंचारका उपकरण तथा तामाको तारलगायत वस्तुहरु नेपालमा आयात बढदो छ । भारत,चिन र अन्य देशहरुमा गरिदैं आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । हालका बर्षमा ३० अर्ब रुपैंयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धनमात्रै बर्षेनी खर्बाै खपत भईआएको छ । बर्षेनी रु. ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाईल सेटको आयात भइराखेको अवस्था छ ।
निर्यातजन्य वस्तुको पहिचान प्रबद्र्धन र बजारीकरणको अभावले बर्षेनी र बजारीकरण्को अभावले बर्षेनी व्यापार घाटा बढेको सरोकारहरुको भनाई छ । व्यापार घाटा ठितलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको छ । देशको एक आर्थिक बर्षको बजेट बराबरको प्रतिबर्ष व्यापार घाटा बेहोर्नु लाज मर्नु अवस्था हो । त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रबद्र्धन गर्न सख्त आवश्यकता रहेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रबद्र्धनमा सघाउ गराउन बाम अघि बढाउन आबश्यक देखिएको छ । नेपालको मुख्य आयातका वस्तुमा पेट्रोलियम पदार्थ ्, फलाम,स्टिल, धातुजन्य पदार्थ, सुन आदि लगायत वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका हर बर्षमा बार्षीक ४ खर्ब रुपैंयाँको खाद्याँन्न आयात गर्न परेको अवस्था छ । सन् १९८० अगाडी दाल, चामल, ऊन , जुट, अलैचीं ,काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ । नेपालको बैदेशीक व्यापारमा निर्यात(आयात अनुपात बर्षेनी बढेर गएको छ । विश्वबजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ । त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ । राजनीतिक दलहरुका ध्यान पनि व्यापार घाटा तर्फ गएको देखिदैन् किनभने देशमा सँधै व्यापार घाटा भईरहेछ । तर उनीहरु प्रभावकारी योजना बनाएर व्यापार घाटा घटाउन सफल भएका देखिएका छैनन् ।
नेपालमा करौडौ रुपैंयाँ मात्र होईन अर्बाै(खर्बौं रुपैँयाँमा व्यापार घाटा सदाबहार रहँदै आएको छ । प्रत्येक बर्ष नेपालले आफ्नो बार्षिक बजेटबराबर भन्दा बढीको रकमको व्यापार घाटा व्यहोर्दै आएको छ । नेपालको व्यापार घाटा बार्षिक रु. १७ खर्ब नाघिसकेको छ तर पछिल्ला बर्ष अझ व्यापार घाटा बढेर गएको छ । बताइन्छ की मानिसहरुले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको छ । यदी सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरीक उत्पादन बढाउनै पर्दछ । यसको लागि दीर्घकालिन सोंच,ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ । अनि मात्र देशको व्यापार घाटा घटन सक्दछ । निकासीमा विद्यावारिधी गरेका डा.रेग्मी व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव कार्यकारी निेर्देशक हुनु हुन्छ । सम्पर्क : ९८४९७७१८८४

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि