कुनै बर्षा अनुकूल मौसम नभएको र कुनै बर्ष बर्षात बढी भएको खण्डमा नेपालको व्यापार घाटा सोही बर्ष बढने संभावना दुेखिदै आएको छ । उदारणका रुपमा आ.ब. २०७३/७४ मा अनूकूल बर्षा,समयमा रोपाई तथा खेति, रासायनिक मलको सहज उपलब्धता कृषि प्रबिधिको बढदो प्रयोगलगायतका कारण कृषि फसल बढी हुन गई निकासी तथा उत्पादन बढन गएको दखिन्छ । तर हरेक आर्थिक बर्ष नेपालले वैदेशीक व्यापारको असन्तुलन भोगिरहेको अवस्थामा निकासी व्यापारको अवस्था कमजोर हुँदै गएको छ । आर्थिक बर्ष २०७७ । ७८ मा पानी कुबेला अर्थात अन्न बाली उठाउने बेलामा पानी परेको थियो । २०७८ । ७९ र २०७९ । ८० मा धान बाली उठाउने बेलामा मौषम अनुुकुल रहेकाले र प्राकृतिक प्रकोप नभएको कारण धान उत्पादन बढने देखिएको छ ।
नेपालको निकासी व्यापार स्थिर रहेको तथा पर्यटक आगमनसमेत बढन नसक्दा अर्थतन्त्रको मात्र आधार रेमीट्यान्समा सामान्य उतारचढावले पनि देशको सम्पूर्ण अर्थतन्त्र संकटमा पर्ने सक्ने अवस्था विगतमा रहेको थियो । नेपालले आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तु र सेवाहरु समेत उल्लेखनीय रुपमा आयात गर्दा पनि बैदेशीक व्यापारमा नेपालमा सँधै पछाडी धकेलिदै आएको छ । नेपालको कूल निर्याातको अवस्था सुधारोन्मुख हुनु पर्नेमा त्यसो हुन सकेको छैन् । विदेशबाट खर्बौको रुपैयाँको वस्तुहरु आयात हुँदा नेपालले एक आर्थिक बर्षमा एक खर्बका वस्तुहरु निकासी हुन सकेको छैन् । विगत चार बर्र्र्षा मध्ये २०७०(७१ मा सबभन्दा बढी रु. ९१ अर्ब रुपैयाँको निर्यात भएको देखिन्छ । नेपालले ६८ देशमा निर्यात तथा ७४ देशबाट सामान आयात गरेको देखिन्छ । आ.ब २०७७ । ७८ मा नेपालको निकासी रु. एक खर्ब १२ अर्ब बढी भएको छ । बैदेशीक व्यापार घाटालाई कम गर्नका लागि उत्पादन बृद्धिका बिकल्प नभए पनि नेपालले स्वदेशमै प्रचुर मात्रामा उत्पादनको सम्भाब्यता भएका वस्तुहरुको उत्पादन बृद्धिमा सुधार ल्याउन सकिएको छैन् । नेपालको कूल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन् । विदेशबाट खर्बाैकौ वस्तुहरु आयात हँुदा नेपालले एक आर्थिक बर्षमा एक खर्बका वस्तुहरु तथा उत्पादनहरु निर्यातसमेत गर्न सकेको अवस्था थियो । छैन् ।
विगत तिन बर्ष अर्थात २०७६ । ७७, २०७७ । ७८ र २०७८ । ७९ को अवस्था हेर्दा त्यस अघि आ.ब. २०७०(७१ मा मात्र कूल निर्यात ९१ अर्ब रुपैँयाँसम्म पुगेको देखिन्छ । राजनीतिक दलहरुका योजना र भनाईबाट मात्रै समृद्धि नहुने स्पष्ट देखिन्छ । नेपालको निर्याात पछिल्ला बर्षमा २०७०(७१ को भन्दा कमजोर देखिएको छ । नेपालको कूल निर्यातमा अर्ब रुपैंयाँमाथि निर्यात हुने वस्तुहरु १७ वटा जति मात्र रहेका छन् । ती वस्तुहरुमा अलैंचीं, चिया, औषधिजन्य जडीबुटीहरु, जुस, जुट ब्याग, उलन ब्याग, पश्मिना शल, टुथपेष्ट, जुता, फलाम तथा स्टिलजन्य वस्तुहरु, चाँदीका गहना सामान, टेक्सटाईल, कटन धागो, फेल्टलगायतका वस्तुहरु रहेका छनन् । २०७४ । ७५ पछि त नेपालको निकासीमा पाम आयल, भटमासको तेल, धागो, हाबी हुन पुग्यो । आ.ब २०७७ । ७८ मा रु. ८० अर्ब ७७ करोड ८८ लाख ६१ ह्जार रुपयिाँ बराबरको निर्यात भएको थियो भने नेपालबाट सबभन्दा बढी निकासी भएका २०७४ । ७५ पछि वस्तुमा भटमासको तेल, पाम आयल, सन फ्लावर तेल देखिएको छ । सोको कुचो निकासी भएको देखिन्छ । आ.ब. २०७९ । ८० को ६ महिनामा श्रावण देखि पौषसम्ममा आयात तथा निर्यात दुबै घटेको छ । बेलाबेलामा सम्बन्धित निकाय अनुसार २०७८ । ७९ को ६ महिना भन्दा २०७९ । ८० को ६ महिनामा २०.६८ प्रतिशतले कमी आई ७ खर्ब १२ अर्ब ७७ करोड ६२ लाख ८९ हजार रुपीयाँको आयात भएको छ । २०७८ । ७९ मा सो अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख ऋाठ हजार रुपैयाँ आयात भएको थियो ।
महिनागत विवरण हेर्दा २०७९ पौषमा मात्र एक खर्ब २७अर्ब ९१ करोड ९८ लाख ३९ हजार रुपैयाँको सामान आयात भएको थियो । २०७९ मार्गसम्ममा एक खर्ब ३२ अर्ब ५५ करोड रुपीयाँको सामान आयात भएको थियो । मार्गको तुलनामा पौषमा आयात ५ अर्ब रुपैयाँले घटेको छ । २०७८ को श्रावणदेखि पौषसम्मको तुलनामा २०७९ । ८० को सोही अवधिमा निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ ह्जार रुपैयाँको सामान निर्यात भएकोे छ । २०७८ । ७९ सोही अवधिमा एक खर्ब २०७८ । ७९ को पहिलो ६ महिनामा व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताका वस्तुसंगै कृषिजन्य बस्तुहरुसमेत आायत बढदा व्यापार घाटा उच्च देखिएको, विदेशी मुद्रा सञिचती घटदै गएपछि सरकारले २०७५ बैशाख १३ देखि मदिरा , तास, महँगा मोबाईल, टीभी, मोटर साइकललगायतका १० वस्तुका आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितीमा झिनो सुधार आएपछि २०७९ मार्ग मसान्तदेखि भने आयात खुल्ला गरेको थियो । २०७९ । ८० को छ महिनामा आयात व्यापार २०.६८ , निर्यात व्यापार ३२ , व्यापार घाटा १९.५ प्रतिशतले घट्यो । आठ अर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्बको निर्यात भएको छ । आयात नभई नहुने वस्तु देखि स्वदृेशमा नै उत्पादन हुन सक्ने वस्तु समेत आयात बढदा आयात र निर्यात बिचको खाडल बढेको हो ।
निर्यात प्रबद्र्धनका लागि सरकारको चर्का नारा दिए पनि कमजोर उत्पादन कमी, बारकोड, बिश्वबजारमा फितलो प्रचारप्रसार, ब्रान्डीङ कारणले नेपाली उत्पादन बिदेशीन नसकेको दावि भएको बताईन्छ । नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेलाबखतमा प्रश्न उठने गरेको छ । बिश्व बजारमा प्रतीस्पर्धा गर्न गुणस्तर महत्वपूर्ण कुरा हो । नेपाली उत्पादनले पहिले देखिनै परिमाण भन्दा गुणस्तर सुधारमा ध्यान दिईर्दै आउनु पर्दथ्थ्यो । नेपालभारत खुला सिमानाले नेपालको निर्यात व्यापारमा असर गरेको छ । सरकारी नीति प्रतिबद्धता राम्रो भए पनि कार्यान्वयन फितलो हँुदै आएको छ । भूपरिवेष्ठित भएका कारणले उद्योगी(व्यापारीहरुले हैरानी बेहार्दै आएका छन् । निकासी विकासका अनेकौं आधार तथा सम्भावना हुन्छन् । राष्ट्रिय व्यापार रणनीति २०७३ ले राखेका १२ वटा तुलनात्मक लाभको वस्तुमा जडीबुटी पनि समावेश छ । ती मध्ये जडीबुटी एवम् अनुसन्धान,उत्पादन एवम् व्यवसायीकरण र संरक्षण एवम् सदुपयोग गर्न सके आर्थिक (सामाजीक विकासमा नै सहयोग पुग्दछ । वन नीति २०७१ ले वनस्पती एवम् जडीबुटीका नवीनतम प्रवृति र क्षेत्रहरुलाई समेटेको छ । वन, वनस्पती र जैवीक विविधता संरक्षण अभियान अगाडी बढाउन २०७१(२०८० लाई वन दशक घोषणा गरी एक घर एक रुख, एक वन र एक नगर अनेक उद्यान कार्यक्रहरु आर्यान्वयनमा आउँदै गरेका छन् ।
बाणिज्य नीति २०७२ ले १२ वटा वस्तु मध्ये सम्भावनायुतm वस्तुहरुका सूचीमा जडीबुटी तथा सारयुतm तेललाई पनि समावेश गरेको छ । यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरुको संकलन एवम् प्रशोधन गरी निर्यात अभिबृद्धि गर्न, प्रशोधन केन्द्रहरु स्थापना गर्न सहयोग पु¥याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरुको सुदृढिकरण तथा एक्रिडीटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउदेश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यवसायीक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने र विविधताको अवसरलााई उपयोग गरी निर्यातजन्य वस्तुहरुका उत्पादन ततथा प्रशोधन बाह्य माग बमोजिमको बनाउन संवेष्ठन, लेबलिङ, भन्डारण, प्रमाणिकरणमा सहयोग पु¥याउने, निर्यात प्रबद्र्धनको लागि असल कृषि अभ्यास र प्रागारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको देखिन्छ । नेपालको संबिधान २०७२ को दफा ५१ (च) मा वैज्ञानीक अध्ययन(अनुसन्धान एवम् विज्ञान र प्रबिधिको आविष्कार उत्थान र विकासमा लगानी अभिबृद्धि गर्ने तथा वैज्ञानीक(प्राबिधीज्ञ (बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने, धारा ५१ र्मै जनसाधारणमा वातावरण स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवम् भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिम नयूनीकरण गर्दै वन, वन्यजन्तु, पंक्षी , वनस्पति, तथा जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो विकास तथा उपयोग गर्ने जस्ता प्राबधानले नेपालको निकासी बढाउने छ । आर्थिक बर्ष २०७४(७५ का बजेटले माथि उल्लेखित प्राबधानहरु उपयोगका लागि कार्यक्रमहरु आएका देखिन्छन् । हालका बर्षमा नेपालबाट युरोपका विभिन्न देशमा २० भन्दा बढी प्रकारका औषधिजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात हुने गरेको छ । जडीबुटीजन्य उत्पादनका बाह्य माग उच्च रहे पनि प्रयोगशाला परीक्षण एवम् प्रमाणीकरणको सुश्निचतता हुन नसकेमा निर्यात बृद्धि हुने संभावना हुँदैन् ।
त्यसर्थ समग्रमा भन्नु पर्दा नेपालको आयात व्यापारलाई कम गराउन आन्तरिक उत्पादन बढाउनै पर्दछ । जुन वस्तु नेपालमा बृहत रुपमा उत्पादन गर्न सम्भव छ त्यस्ता वस्तुहरु अत्यधिक बढाउँदै लग्नु पर्दछ । नेपालका कच्चा पदार्थमा आधारीत औद्यागिक उत्पादनहरु बढाउँदै जानु पर्दछ । नेपालको विश्वका १८६ देशसंग बैदेशीक व्यापार हँुदै आएकोमा अधिकांशदेशसंग नेपालको व्यापार घाटा रहिआएको छ । नेपालमा दैनिक उपभोग्य सामाग्रीदेखि विलासिता र परिवार नियोजनका साधनसमेत अत्यधिक रुपमा आयात हँुदा व्यापार घाटा निरन्तर रुपमा बढदै गएको छ । त्यसर्थ अर्थतन्त्र उकास्न र निकासी बढाउन उत्पादनशील र निर्यातउन्मुख लगानी बढाउन अत्यन्त आवश्यक रहिआएको देखिन्छ । देशलाई आवश्यक परेको वस्तुहरुका आयात कल्पनै गर्न नसकेर ह्वात बढेको र अन्धाधुन्ध ती आयात गरिएका वस्तुहरु नेपालमा अन्तर्राष्ट्रिय मापदण्डमान्यता प्राप्त निकायको अभावमा त्यस्ता मानवहित विपरितका वस्तुहरु सहज रुपमा आयात गर्नु नै हो भनेर ठोकुवा गरेर भन्न सकिन्छ । अर्कोतर्फ जुन उदेश्यले नेपालमा बिदेशबाट सामान आयात गरिन्छ त्यही उदेश्यका लागि अर्थात उद्योगका कच्चा पदार्थका रुपमा उपयोग नभई त्यस्ता वस्तुहरुका दूरुपयोग हुनु आयात बढदै गएको हो । आयात गरिएका वस्तुहरुका उदेश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यतिmलाई कारवाही पनि भएको देखिदैन अनि त सहज रुपमा नेपालमा आयात दिन दुगुना रात चौगुना बढेर गएको छ । विगतमा बार्षिक रुपमा प्रत्येक नेपालीको भागमा २२ हजार १ सय ५९ रुपैंयाँ ऋृण थियो । तर २०७४(७५ मा यो बढेर २३ हजार ९ सय ६२ पुगेको छ । २०७७ । ७८ पुग्दा त यो ४० हजार प्रति व्यतिm हुन पुग्यो ।
नेपालबाट चिनतर्फ निर्यात हँुदै आएको प्रशोधित छाला, रुद्राक्ष,घरेलु उद्योगका सामानलगायतका वस्तुहरु भूइँचालो अगाडीका अवस्थामा जति पठाउन सकिएको थियो त्यति २०७९ । ८० आउँदा पनि बर्षहरुमा पठाउन सकिएको छैन् । तर चिनबाट नेपालमा आयात हुने सामानहरु जस्तै केहि तयारी पोशाक,जुताचप्पल, यातायातका पार्टपूर्जा र रासायनिक मललगायतको आयात भारतको कोलकाता बन्दरगाह भएर आयात भएकाले आयात बढदै गएको छ । जसले गर्दा चिनसंग व्यापारघाटा बढेको बढे छ । उतर तिरको बैदशीक व्यापार नाका भूईचालो र कोरोनाका कारणले नेपाल र चीन व्यापार राम्रोसंग भएको छैन् । भारतबाट विशेष गरी पेट्रोलियम पदार्थको आयात उच्च छ । यसको अतिरिक्त यातायातका साधन र यस्का पार्टपूर्जा, सिमेन्ट, फलामे छड र औषधीका आयात पनि बढेको कारण भारतसंगको व्यापार घाटा पनि बढेको हो । तेश्रो देशहरुमा निकासी हुने दाल, चिया र हस्तकलाका सामानहरुको निर्यात पनि घटन गएको छ । यी देशहरुबाट सुनचाँदी, पार्टपूर्जा,दूरसंचारका उपकरण तथा तामाको तारलगायत वस्तुहरु नेपालमा आयात बढदो छ । भारत,चिन र अन्य देशहरुमा गरिदैं आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । हालका बर्षमा ३० अर्ब रुपैंयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धनमात्रै बर्षेनी खर्बाै खपत भईआएको छ । बर्षेनी रु. ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाईल सेटको आयात भइराखेको अवस्था छ ।
निर्यातजन्य वस्तुको पहिचान प्रबद्र्धन र बजारीकरणको अभावले बर्षेनी र बजारीकरण्को अभावले बर्षेनी व्यापार घाटा बढेको सरोकारहरुको भनाई छ । व्यापार घाटा ठितलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको छ । देशको एक आर्थिक बर्षको बजेट बराबरको प्रतिबर्ष व्यापार घाटा बेहोर्नु लाज मर्नु अवस्था हो । त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रबद्र्धन गर्न सख्त आवश्यकता रहेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रबद्र्धनमा सघाउ गराउन बाम अघि बढाउन आबश्यक देखिएको छ । नेपालको मुख्य आयातका वस्तुमा पेट्रोलियम पदार्थ ्, फलाम,स्टिल, धातुजन्य पदार्थ, सुन आदि लगायत वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका हर बर्षमा बार्षीक ४ खर्ब रुपैंयाँको खाद्याँन्न आयात गर्न परेको अवस्था छ । सन् १९८० अगाडी दाल, चामल, ऊन , जुट, अलैचीं ,काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ । नेपालको बैदेशीक व्यापारमा निर्यात(आयात अनुपात बर्षेनी बढेर गएको छ । विश्वबजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ । त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ । राजनीतिक दलहरुका ध्यान पनि व्यापार घाटा तर्फ गएको देखिदैन् किनभने देशमा सँधै व्यापार घाटा भईरहेछ । तर उनीहरु प्रभावकारी योजना बनाएर व्यापार घाटा घटाउन सफल भएका देखिएका छैनन् ।
नेपालमा करौडौ रुपैंयाँ मात्र होईन अर्बाै(खर्बौं रुपैँयाँमा व्यापार घाटा सदाबहार रहँदै आएको छ । प्रत्येक बर्ष नेपालले आफ्नो बार्षिक बजेटबराबर भन्दा बढीको रकमको व्यापार घाटा व्यहोर्दै आएको छ । नेपालको व्यापार घाटा बार्षिक रु. १७ खर्ब नाघिसकेको छ तर पछिल्ला बर्ष अझ व्यापार घाटा बढेर गएको छ । बताइन्छ की मानिसहरुले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको छ । यदी सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरीक उत्पादन बढाउनै पर्दछ । यसको लागि दीर्घकालिन सोंच,ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ । अनि मात्र देशको व्यापार घाटा घटन सक्दछ । निकासीमा विद्यावारिधी गरेका डा.रेग्मी व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव कार्यकारी निेर्देशक हुनु हुन्छ । सम्पर्क : ९८४९७७१८८४
प्रतिक्रिया दिनुहोस् !