Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिम्रौनगढको वैभवशाली इतिहास: कोतवाली राजाको कचहरीदेखि ढुङ्गाको सन्दुकसम्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०७९
सिम्रौनगढको वैभवशाली इतिहास: कोतवाली राजाको कचहरीदेखि ढुङ्गाको सन्दुकसम्म

सिम्रौनगढ स्थित कंकालीमाईको मन्दिर ।

सिम्रौनगढ (बारा), ७ फागुन / नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको वन जंगल चारकोशे झाडीको नामले प्रख्यात छ । ठाउँ अनुसार विभिन्न जातका रुखको क्षेत्रीय प्रचुरताले ती ठाउँहरू प्रख्यात छन् । जसरी साल्य वन, खयर वन, कटहर वन, चितवन, मधुवन, सिमर वन आदि । सिमर वनको (सिमल रुख) अधिकांश स्थान (गढ) मानिने ठाउँ सिमरवनगढ अर्थात् सिम्रौनगढ (अपभ्रंश) प्राचीन तिरहुत राज्यको राजधानी हो ।
सिम्रौनगढको इतिहास धेरै पुरानो छ । कुनै बेला यो निकै बलियो र समृद्ध राज्य थियो । कालक्रमको परिवर्तनले आज सिम्रौनगढको संस्कृति र सभ्यता सबै माटोमा मिलिसकेको छ । तर, यहाँको माटोले भूमिभित्र उक्त पहिचान गाडेर राखेको छ । अनुसन्धानकर्ताले यसलाई आवश्यक अनुसार उत्खनन् गर्न सक्छन् ।
सानामा बुढापाकाबाट सुनिएको किंवदन्तीअनुसार आठौँ शताब्दीतिर सिम्रौनगढका शक्तिशाली शिव सिंह भन्ने राजा तान्त्रिक विद्यामा असाध्यै रुचि राख्थे । राजाका आफ्ना पुजारी तन्त्र विद्याले देवी आह्वान गरी मन लागेको ठाउँमा बोलाउन सक्ने थिए । एक दिन ति तान्त्रिकले कुशलाई गोरुको सहायताले दाउँदा त्यसबाट धान निस्कने गरेको थियो । एकदिन राति कुशलाई दाउँदै गर्दा राजाका सैनिकले देखेपछि राजालाई खबर गरेका थिए ।
त्यस पश्चात राजाले ति तान्त्रिकलाई बोलाएर तिमीले यसरी कसरी गर्न सक्छौं भनेर सोध्दा आपूmले कँकालीमाईको शक्तिले गर्दा कुशलाई गोरुको सहायताले दाउँदा कुशबाट धान झर्ने गरेको भनेपछि कँकाली माताको आफूपनि दर्शन गराउ भनेर जिद्ध गर्न थाले । तिनलाई कलकत्ताबाट कालीमाईको दर्शन गराउनुस् भनी अनुरोध गर्दा पुजारीले राजासँग काली दर्शन गर्न जिद्दी नगर्नुस् भने । तर, राजाले मानेनन् । अनि पुजारीले बाध्य भएर राजाको आज्ञा मानी देवीको आह्वान गर्दा देवी कलकत्ताबाट पाटनमा आइसकेकी थिइन् । पाटनमा आई पाटनदेवीको नामबाट प्रख्यात भइन् ।
त्यसपछि राजाले फेरि देवीलाई बेलाउन भने । पुजारीले फेरि मन्त्रमार्फत देवी आह्वान गर्न थाले । देवी आएर कंकाली तलाउको भित्र विराजमान भइन् । पुजारीले राजालाई भने, ‘जिद्दी नगर्नुस् । देवी यही तलाउमा आएर बसेकी छिन् । हजुरमा तिनको दर्शन गर्ने सामर्थ्य छैन, विध्वंस होला ।’ तर, राजाले मानेनन् । जसरी पनि देवीको दर्शन गराउन पुजारीलाई भने । पुजारी पुन: देवी बोलाउन लागिपरे ।
तलाउबाट देवीले पानीमाथि हत्केला उठाइन् । तलाउको पानी नै सात सूर्यको प्रचण्ड आगोको ज्वालाजस्तो दनदन बल्न थाल्यो । राजामा भने बलेको आगो हेर्न सक्ने सामर्थ्य भएन । र, राजाको निधन भयो । त्यसपछि पुजारीले मन्त्र पढेर देवीलाई आफ्नै स्थानमा पठाए । पछि त्यही तलाउको किनारामा कंकाली मन्दिरको स्थापना भयो । मन्दिर छेउछाउमा निकै प्राचीन मूर्ति तथा पत्थरहरू देख्न पाइन्छ ।
तलाउको दक्षिणपूर्वी किनाराको छेउछाउमा हाल खेती हुने जग्गा र घरहरूमा जलेका चामलहरू प्रत्यक्ष हेर्न पाइन्छ । त्यतिबेला राजाले सिम्रौनगढ राजधानी सुरक्षित राख्न चाँडै माटोको पर्खाल बनाएका थिए । निस्कने ठाउँमा इँटाको द्वार बनाएको अझै देख्न पाइन्छ ।
खजानी गाउँ राजाको खजाना (कोष) थियो । त्यहाँ अझै खेत खन्दा सुनचाँदी भेट्टाइन्छ । भाँडा वर्तन पनि भेटिन्छ । तामापित्तलका गाग्री, सुनका गहनाहरू अझै भेटिन्छन् । हरिहरपुरमा कोतवाली राजाको कोतवाल कचहरी कोर्ट थियो । त्यहीँनेर गज्जबका ढुंगाको सन्दुक (बाकस ) अझैसम्म छ ।
यस्ता पुराना कुरालाई खनेर निकाल्ने प्रयास पनि नभएको होइन । तर, जति खन्यो ती जमिनमुनि धसिँदै गएकाले उत्खनन्‌को काम बन्द भयो । स्थानीयका अनुसार त्यसभित्रबाट ठूला-ठूला भमराहरूसमेत निस्किएका थिए । त्यहाँ पिलरझैँ आकारमा रहेका पत्थरको खम्बामा देवताको मूर्ति कुँदिएको देख्न सकिन्छ । जगंबहादुर कुँवरका छोरा जितजंग राणाको समयमा बनाइएको रानीबास पनि नजिकै छ । त्यतिबेला खानेपानीका लागि बनाइएको इनार अझै हेर्न लायक देखिन्छ । दरबार पनि पुरानो अवस्थामा छ । रामचन्द्र मन्दिर पनि त्यहीँ अवस्थित छ । त्यसमा रहेका मूर्ति अलौकिक छन् ।
ठूला घण्टा र मूर्तिहरूले त्यहाँको इतिहास बोलिरहेका छन् । भग्नावशेष रहेका महलहरू अझै देख्न पाइन्छन् । सिम्रौनगढको पूर्वी दक्षिणमा रहेको कचोवा गाउँनिर बाउन्न बिघा भने २९ बिघामा रहेको झरोखर तलाउ बडेमानको अलौकिक छ । एकरातमै दानवहरूले खनेको उक्त तलाउ रमणीय छ ।
सिम्रौनगढदेखि पश्चिम करिब १५ किलोमिटरको दूरीमा रहेको गढीमाईमा लाखौँलाख बलि दिइन्छ । तर, कंकालीमाईमा बलि दिन पाइँदैन । कंकालीमाईको यो विशेष विशेषता हो । सिम्रौनगढको छुट्टै महत्त्व छ । तर, सुविधाको अभावमा पर्यटकहरू त्यति देखिँदैनन् । यसमा सरकारले ध्यान पुर्‍याउन सके यसको महत्त्व बढ्ने र ठूलो अर्थोपार्जनको स्रोत हुन सक्नेछ । साथै, नेपालको ऐतिहासिक महत्त्वमा यसले अर्को इँटा थप्ने निश्चित छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि