Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरस्वती पुजाको लागि मुर्ति बनाउनमा व्यस्त मुर्तिकार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०७९
सरस्वती पुजाको लागि मुर्ति बनाउनमा व्यस्त मुर्तिकार

वीरगन्ज (पर्सा), ११ माघ / यही माघ १२ गते परेको मार्ग शुक्लपञ्चमी अर्थात माता सरस्वतीको पुजाको लागि मुर्ति बनाउनमा मुर्तिकारहरु व्यस्त छन् । नेपाल देखि छिमेकी राष्ट्र भारतका कलाकारहरुले वीरगन्जमा आएर माता सरस्वतीको मुर्ती बनाई आफ्नो व्यापार व्यवसाय संचालन गर्दै आएका छन् । वीरगन्जको विभिन्न ठाउँ जस्तै लालबंगला, पावरहाउस चोक, मुर्ली चोक लगायतका स्थानहरुमा मुर्ती बनाउने कार्य धमाधम भइरहेको छ ।
प्रत्येक वर्ष सरस्वती पुजा, विश्वकर्मा पुजा तथा दशैंको बेला दुर्गा भवानीको माटोको मुर्ति बनाउने कार्य गरिन्छ । वडा दशैंको बेला ठूला ठूला मुर्ती बनाउनुपर्ने भएकोले खास गरेर बढि भारतीय मुर्ती कलाकारहरु नै बनाउने गर्दछन् । तर विस्तारै विस्तारै नेपाली कलाकारहरु पनि मुर्ति बनाउने कार्यमा देखिन थालेका छन् । अहिले वीरगन्जका मुर्ती कलाकारहरुमध्ये ८० प्रतिशत नेपालकै मुर्ती कलाकारहरुले आफ्नो व्यावसाय संचालन गर्दै आएका छन् ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं. ४ बखरी टोल निवासी मुर्तिकार सुरेन्द्र बैठा अहिले मुर्ति बनाउन व्यस्त छन् । विहानैदेखि बेलुकासम्म उनी माटोलाई मिची, पराललाई सुतरीले बाँधेर, प्लाष्टिकको बोरालाई टुक्रा टुक्रा पारी मुर्ति बनाउने कार्य गरि रहेका छन् । उनले थप ४ जना कामदारलाई ज्यालादारीमा राखेर मुर्ति बनाई रहेका छन् । दुई महिना लगाएर उनी १ सय भन्दा बढि मुर्ति बनाएका छन् । करिब डेढ लाखको लगानी लगाएर बनाइएको मुर्तिहरुबाट राम्रै आम्दानी हुने उनको अनुमान छ । अहिले मुर्तीको विक्री पनि बढेको छ, विगत तीन चार वर्ष मुर्तिको व्यापार घटेकोमा गतवर्षदेखि मुर्तिको विक्री बढेको उनको भनाई छ । गत वर्षसम्म ७० वटा मुर्ति विक्री गरेका बैठाले यस वर्ष एक सय भन्दा बढि मुर्ति विक्री गर्ने बताउँछन् ।
यता अर्का मुर्तिकार अजय बैठाले पनि यस वर्ष सन्तोषजनक मुर्ति विक्री भएको बताउँछन् । मुर्ती बनाउनमा लागत कम भएपनि मेहनत बढि लाग्ने गर्दछ । माटो, पराल, बाँस तथा काठका केही टुक्राबाट बनाइने मुर्तीमा सबैभन्दा बढि मेहनत लाग्ने गर्दछ । एउटा मुर्ती बनाउन ४ देखि ५ हजार रुपैया लाग्ने गरेको र ७ देखि ८ हजारमा विक्री गर्दा प्रतिमुर्ति २ देखि ३ हजार रुपैया बचत हुने गरेको छ । अहिले ५ हजारदेखि १२ हजारसम्ममा मुर्ती विक्री गर्ने गरिएको उनको भनाई छ ।
यसरी नै वीरगंज महानगरपालिका मुर्ली निवासी मुर्तिकार सुनिल शर्माको भनाई बेग्लै छ । उनी भारतीय मुर्तिकारहरुको कारण आफूहरुले बनाएको मुर्ति विक्रीमा बाधक बनेको बताउँछन् । भारतीय मुर्तिकारहरुले सानो सानो मुर्ति बनाई कम मूल्यमा विक्री गर्ने गरेको कारण आफूहरु पनि बाध्य भएर कम मूल्यमा विक्री गर्नुपरेको जसको कारण लागत पनि संकलन गर्न धौ धौ परेको उनको भनाई छ । गत विगत दुई तीन वर्ष कोरोना महामारीको कारण पूर्ण रुपमा मुर्ति विक्री बन्द रहेको अवस्थामा यस वर्ष केही मुर्ति विक्री भएको तर सन्तोषजनक रुपमा विक्री नभएको बताउँछन् ।
वीरगन्ज लगायत यस क्षेत्रका अधिकाँश विद्यार्थीहरु वीरगन्ज बजारबाटै मुर्ति किन्ने गरेका छन् जसले गर्दा यहाँ एक दर्जन भन्दा बढि स्थानमा कलाकारहरुले मुर्ति बनाउने गरेका छन् । मुर्ति बनाउनमा अहिले प्रतिस्पर्धा नै भइरहेको छ । नेपालका कलाकार तथा भारतीय कलाकारहरुको मुर्ति बनाउने र बढि भन्दा बढि बेच्नेमा प्रतिस्पर्धा नै हुने गर्दछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि