Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समस्या रहेको थाहा हुँदाहुँदै उडाइएको थियो विमान ! यतिको मनपरी कहिलेसम्म ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ६, २०७९
आन्तरिक उडानमा इतिहासकै भयानक विमान दुर्घटना, सवार ७२ जना मध्ये ६९ को शव फेला

काठमाडौं, ६ माघ / ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टरेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन् झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो ।’
कसले सोचेको थियो होला ? घर फर्कने खुसीमा, पोखरा घुम्ने उत्साहमा, ताल हेर्ने, प्याराग्लाइडिङ गर्ने पर्खाईमा उडेका शरिरहरुहरु गन्तब्यमै नपुगी जल्नेछन् भनेर । घरमा पर्खिरहेकी आमा, जाडो बिदा मनाउन घर फर्कदैगरेकी छोरीलाई अंगालोमा बाँध्न हतार गरिरहेकी छिन् भनेर खुसीले हातमा बोडिङ पास देखाउँदै प्लेनको यात्रा सुरु गरेको आजको दिन, मेरो लागि अन्तिम हुन्छ भनेर कसले सोच्छ र ? कसले कल्पना गरेको थियो होला र माघे संक्रान्तिमा खुसी बाँड्न निक्सिएको मेरो लागि आजको दिन अन्तिम हुन्छ भनेर ?
कसको कल्पना थियो होला र आकाशमा बादलसँगै टल्किएका हिम शृङखला हेर्दै उडेको आजको दिन मेरो लागि अन्तिम हुन्छ भनेर ? एयर होस्टेजले तपाईको फोन फ्लाइट मोडमा राखिदिनुहोला भनेपछी फ्लाइट मोडमा राखिदिएको फोन अब कहिल्यै खुल्दैन भनेर कसले सोचेको थियो होला ? तर, त्यस्तै भयो । आइतबार विहान काठमाडौंबाट पोखरा आउँदै गरेको विमान दुर्घटनामा पर्यो । कसैले सन्तान गुमाए, कसैले आफ्ना अभिभावक । विमान दुर्घटनासँगै फगत शरीर मरेन, संगै मरे थुप्रै सपनाहरु, थुप्रै चाहानाहरु, थुप्रै बाचाहरु, थुप्रै उत्साहहरु‘
पाँच महिना अघि नै इञ्जिन फेल
हुन त दुर्घटना चाहेर हुने होइन । तर यति नामको कम्पनीले नेपालमा थोत्रा जहाजहरु उडाएर नेपाली र नेपाल घुम्न आएकाहरुको ज्यान मारिरहेको छ । स्मरण रहोस् आज भन्दा पाँच महिना पहिला यहि जहाज थियो, जुन्जहाज पोखराबाट काठमाडौं उडान भर्दै गर्दा जस्को एउटा इन्जिन फेल भएर उडेको पाँच मिनेटमै ल्यान्ड भएको थियो । अर्थात कम्पनीलाई थाहा थियो, यो बीमानमा समस्या छ र यो विमान कुनैबेला पनि आकाशमै जल्न सक्छ भनेर । तर यतिलाई कसले रोक्ने, कसले छेक्ने । यतिले उडाईरह्यो समस्याग्रस्त जहाज र अन्ततः सो जहाज ७२ जनाको ज्यान खाएर आफू पनि जल्यो ।
१५ बर्ष पूरानो यो विमानको आयु बिदेशमा भएको भए सकिसकेको घोषणा हुन्थ्यो । तर, सेकेन्ड ह्यान्ड मात्र होइन थर्ड ह्याण्ड, थर्ड ह्याण्ड पनि होइन फोर्थ ह्यान्ड विमान चलाएर पैसामात्र कुम्ल्याउन पल्केको यतिले यहि समस्याग्रस्त विमानमा उडाईरह्यो यात्रु । आखिर आयु न हो, आयु नै पुगेपछि जति टल्काए पनि, जति रंगरोगन गरे पनि वा जति नै श्रृङगार गरे पनि त्यसले नयाँजस्तो काम कहाँ गर्छ र ?
यति एयरलाइन्सको २५ वर्षे इतिहासमा सबैभन्दा ठूलो र डरलाग्दो दुर्घटना
सन् २००१ म तिलिङटारमा यतिको डि एचसि ६/३०० जहाज दुर्घटना भएको थियो । सन् २००४ मा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना भयो र सो दुर्घटनामा ३ जनाले ज्यान गुमाएका थिए । त्यसपछि सन् २००६ मा जुम्लामा यति एयरलाइन्सकै जहाज दुर्घटनामा पर्यो, त्योबेला कुन ९ जनाको मृत्यु भएको थियो ।
सन् २००६ मै यति एयरलाइन्सको विमान लुक्लामा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाए । जुन दुर्घटना यसअघिको दुर्घटनामध्येकै सबैभन्दा ठूलो दुर्घटना मानिएको थियो । त्यसपछि पनि सन् २००६ मै यति एयरलाइन्सको डि एचसी ६/३०१ विमान बाजुरामा दुर्घटना भएको थियो । यति कम्पनीकै तारा एयर पनि थुप्रै पटक दुर्घटनामा परिसकेको छ । जति विमान दुर्घटना भएका छन्, त्यसको मुख्य कारण भनेकै विमानमा देखिने समस्या हो । तर बर्षौँदेखी यतिको बीमानमा समस्या देखिँदा पनि कसैले यतिमाथी औँला उडाउने हिम्मत गरेको छैन । जसको नतिजा आइतबारको विमान दुर्घटना हो ।

अहिले पनि नसोचे अब कहिले सोच्ने ?
दुर्घटना भवितव्य हो । तर, भवितव्य भनिरहेर नेपाली आकाशमा हवाई दुर्घटनाको दोष कहिलेसम्म समयलाई दिईरहने हो । सोच्ने बेला भएन र ? के हाम्रो जस्तै भूगोल र मौसम भएका देशमा यतिबिघ्न दुर्घटना हुन्छन् त ? हामी कहाँ चुकिरहेका छौं भन्ने तथ्य बुझ्न आवश्यक छैन र ? थोत्रा विमान चलौन दिईरहने हाम्रो नियामकीय कमजोरी हो कि विमान कम्पनीको सेवा प्रवाहमा त्रुटी दुर्घटनाको कारण हो, हामीले सोच्ने बेला भएन र ? अनि सोच्ने बेला भएन र हामीले किन विगतका दुर्घटनाबाट सिक्न सकेनौं ? विमान खसिरह्यो, मान्छे मरिरहे, एक दिन शोक मनायो, अर्को दिन फेरि थोत्रो विमान उडायो । आखिर यो नियती कहिलेसम्म ?
दुर्घटनाको अर्को कारण यो पनि हो कि ?
केही समय अघि विमान दुर्घटनामा श्रीमान गुमाएको पिडामा अन्जु खतिवडाले पाइलट पढिन् र आइतबार यिनै अन्जु खतिवडा पनि विमान दुर्घटनामा नै ज्यान गुमाउन पुगिन् । प्रशिक्षक पाइलटको रुपमा रहेका कमल केसीले आज अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। अर्थात, अर्थात आइतबारको सो उडान सफल भएको भए अन्जु पाइलट बन्ने थिइन् । काठमाडौंदेखि नै अन्जुलाई कमलले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अन्जुले सम्हालेकी थिइन्। पाइलट नै भैइ नसकेकी अन्जुलाई पाइलटले मूख्य भुमिका निभाउने कुर्सीमा राखेका थिए । तर, अन्जुले क्याप्टेन क्लियरेन्सको प्रमाण पत्र पाउने त्यही उडान दुर्घटनामा पर्यो। कतै यतिको विमान दुर्घटनाको अर्को थप कारण यो पनि त थिएन ? निष्पक्ष छानविन होस् ।

शोक बिदा होइन, बरु थोत्रा विमान चलाउन दिनेलाई बिदा गर्नुपर्छ
विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शोकमा आइतबार देशभर शोक विदा दिईभयो । यो शोक बिदा हो कि यतिको सम्मानमा दिइएको बिदा ? हामीलाई हाम्रा भाइ साथी, आफन्त मर्दा शोक विदा बरु नदिए हुन्छ, तर यस्ता थोत्रा विमान र थोत्रा विमान चलाउने कम्पनीलाई यो देशबाट बिदा गर्नुपर्छ । हामीलाई शोक बिदा चाहिन्न, बरु पटक पटक इन्जिन फेल भएर पनि विमान चलाउन अनुमती दिईरहने को हुन्, तीनलाई त्यो कुर्सीबाट बिदा दिनुपर्छ । हामीलाई शोक बिदा बरु नदिए हुन्छ तर पैसाका लागि यात्रुको जीवन नै दाउमा राख्नेहरुलाई नेपालको उड्ययन क्षेत्रबाट नै बिदा गर्नुपर्छ ।
सरकार ! झुक्नुपर्ने छिरिङ र सोनाम दाइ भन्दै कमिसन कुम्ल्याउने नेता र कर्मचारीको शिर थियो तर तिमीले त राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेछौ । हेक्का रहोस्, यस्तो निर्णयले हामी नेपालीको ठाडो भको छैन । फेरि यस्तो कहिल्यै नहोस् । यतिमाथि छानविन होस् । थोत्रा विमानहरु उडाउन बन्द गरियोस्, त्यस्ता विमान उडाउन दिनेहरुको धन्दा पनि बन्द होस् । नजिर यस्तो नबनोस् – ‘चढ्यो भने यति, जीवन हुन्छ क्षति’ । साभार : अर्थ सरोकार

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि