Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आन्तरिक उडानमा इतिहासकै भयानक विमान दुर्घटना, सवार ७२ जना मध्ये ६९ को शव फेला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १, २०७९
आन्तरिक उडानमा इतिहासकै भयानक विमान दुर्घटना, सवार ७२ जना मध्ये ६९ को शव फेला

पोखरा (कास्की), १ माघ / काठमाडौंबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परि विमानमा सवार ४ चालक दल सहित ७२ जनामध्ये ६९ जनाको शव फेला परिसकेको छ भने ३ जनाको खोजी कार्य जारी छ । पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटनामा परेको उक्त विमानमा १५ जना विदेशी तथा ५३ जना नेपाली नागरिक सवार थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएका जानकारी अनुसार पाँच भारतीय, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १–१ जना गरि जम्मा १५ जना विदेशी नागरिक थिए ।
विमानमा सवार चालकदल एवं यात्रु सहित कोही पनि जिवित भेटिएको छैन । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्दार गरेका थिए । विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्दार कार्य निकै सकसपूर्ण बनेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।
स्थानीय वासिन्दा र सर्वसाधारणको ठूलो समूह विमान दुर्घटना भएको क्षेत्रमा हेर्न पुगेको थियो । भिडका कारण एम्बुलेन्स, वारुणयन्त्र आउजाउमै समस्या भएको थियो । अत्याधिक भिड हुँदा फोन नेटवर्कमा समेत समस्या आएको थियो । उद्दार तथा यात्रु खोजी गर्न समस्या उत्पन्न भएपछि क्रेनको प्रयोग गरिएको थियो । उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझसम्म ६९ जनाको शव फेला परेको छ भने बाँकी ३ जनाको खोजी कार्य जारी छ । उद्दार गरिएको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवमध्ये हालसम्म ११ जनाको मात्रै पहिचान हुन सकेको छ । पहिचान नभएका बाँकी शवको डिएनए परीक्षणका लागि सोमबार काठमाडौं लगिने कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।
अन्तिम समयमा ‘अवतरण गर्ने दिशा फेरेको थियो’
आइतवार पोखरामा दुर्घटनाग्रस्त भएको यती एअरलाइन्सको विमान धावनमार्गबाट १५ माइल (२४.५ किलोमिटर) नजिक पुगेपछि अवतरण गर्ने मोहडा परिवर्तन गरेको एक अधिकारीले बताएका छन् । प्रशिक्षक पनि रहेका क्याप्टेन कमल केसीले आइतवार बिहान पनि काठमाण्डूबाट पोखराका लागि एउटा उडान गरिसकेका थिए । दोस्रो उडानको नेतृत्व गरेका केसीले हालैबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान (डेमो फ्लाइट) पनि गरेको यति एअरलाइन्सले जनाएको छ । पोखराकै तेर्सापट्टीका स्थानीय केसी नेतृत्वको उडानले अवतरणका लागि अनुमति पाइसकेको र त्यस बेलासम्म कुनै समस्या नदेखिएको अधिकारीहरूले बताए ।

‘घर नै थर्काउनेगरी आएको जहाज खोँचमा गएर पड्कियो’
आइतवार मध्यान्ह पोखराको घारीपाटनबाट धुवाँको बाक्लो कालो मुस्लो उडिरहेको देखिन्थ्यो । तर केही डढेको नमिठो गन्ध अझै बाँकी छ । घारीपाटन स्थित एउटा घरको कम्पाउन्ड भित्रै विमानको झ्यालका टुक्रा, चिया खाने कप र डढेका केही सामानहरू उछिट्टिएर आइपुगे । त्यसपछि कमला गुरुङका छोराछोरी आत्तिएर घरभित्र पसे । ‘उनीहरू निकै डराएका छन् । मेरो पनि मन आत्तिएको छ । आँखैअगाडि प्लेन जलेको देखेँ,’ ४३ वर्षीया गुरुङले भनिन् । उनलाई समय ठ्याक्कै याद छैन, तर बिहान पौने ११ बजेसम्म सबैकुरा सामान्य थियो । सधैँजस्तो उनी घरको छतमा आफ्ना छोराछोरीसँग घाम तापेर बसेकी थिइन् ।
उनको घरबाट प्राय सधैँ विमानको आवाज चर्को सुनिन्छ तर आइतवार बिहान विमानको आवाज निकै अस्वाभाविक सुनिएको कारण आफूले आकाशतिर हेरेको उनले बताइन् । ‘के भएछ भनेर हेर्दा प्लेन त छतमै खस्छ जसरी आइरहेको थियो । मैले अरू बेला प्लेन त्यसरी कोल्टिएको कहिल्यै देखेकी थिइनँ,’ उनले भनिन् । आफूले हेर्दाहेर्दै विमान सेती नदीको खोँचतिर जोतिएको उनले बताइन् । ‘प्लेन तलतल गएपछि ठूलो आवाज आयो त्यसपछि केहीबेर धुवाँको कालो मुस्लो मात्र देखिएको थियो । एकैछिनमा आगो पनि बल्न थाल्यो ।’ ‘झ्यालका सिसा, चियाको मग र डढेको चोइटाहरू हाम्रो बारीसम्मै आइपुगेका छन्,’ उनले भनिन् । त्यसको केही बेरमै पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनामा परेको खबर सबैतिर फैलियो ।
विमानमा चालकदलका चार सदस्य सहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान बिहान १०ः५० बजे अन्तिम पटक सम्पर्कमा आएको थियो । उक्त विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै रहँदा दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले बताए । घारीपाटन वडा नं ७ का ८७ वर्षीय बबरजङ्ग गुरुङ उक्त विमान“आफ्नै घरमा ठोक्किएला जसरी आएको”बताउँछन् । तर आत्तिएर आँगनमा निस्किँदा उनले आफ्नोभन्दा “दुई घर अगाडिबाटै“ विमान फर्किएको देखे ।
विमान अवतरण हुने क्रममा दुर्घटना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार विमानले अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै बाँकी थियो । विमान काठमाण्डौबाट १० बजेर २५ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो । दुर्घटनापछि नयाँ बनेको अन्तर्राष्ट्रिय र पुरानो आन्तरिक दुवै विमानस्थल हाललाई बन्द गरिएको छ । कहिलेबाट सञ्चालनमा आउँछन् अहिले नै भन्न सकिने अवस्था छैन ती अधिकारीले भने । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती खोँचमा खसेको जहाजका तीनवटा मुख्य टुक्रासम्म पुगेर सुरक्षाकर्मीले उद्धार गरिरहेको बताएका छन् । उनले खोँचको तलसम्म पुगेर नै खोजी जारी राखिएको भए पनि जीवित व्यक्ति फेला पर्ने सम्भावना कम रहेको बताए ।

दुर्घटनाग्रस्त विमानको नालिबेली
नेपाली आकाशमा 9N–ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई ईञ्जिन रहेको उक्त विमान सन् २००७ को अगष्ट १ मा निर्मित विमान हो । lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा उपलव्ध गराए पछि VT–KAJ कोडका साथ २००७ को अगष्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो । कन्स्ट्रक्सन नम्वर ७५४ रहेको सो विमान २०१२ को अन्तमा किङफिसरले फिर्ता गरेको थियो । त्यसपछि अप्रिल २०१३ मा मर्मत गरि थाइल्यान्डको नोक एयरलाई पून लिजमा उपलव्ध गराएको थियो । सन २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर 9N–ANC कोडमा उडाउन थालेको थियो ।
सो विमानले आजै विहान देखि तीन उडान गरेको थियो । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७ः४५ मा पोखराबाट काठमाडौं फर्केर पून १०ः३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे तीन घण्टामा तीन उडान गर्दा बिचमा विमानको परिक्षण गर्यो या गरेन सोचनीय छ । अविश्वसनीय यस दुर्घटनाको विमान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि महत्त्वपूर्ण विमान पनि थियो । यहीँ विमानले पौष ७ गते नयाँ नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पौष १७ गते उद्घाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यहि थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको सो विमान के कति कारणले पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन । धेरैका धेरै तर्क वितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमान भित्र कुनै टेक्निकल खराबीका कारण दुर्घटना हुन सक्ने आकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।
दुर्घटना ग्रस्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुइ बालकहरु र तीन शिशु पनि रहेको जानकारी प्राप्त भएको छ । साथै ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीसंग सम्पर्क गर्दा वहाँले दुर्घटना ग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्दार नगरिएको जानकारी दिए । पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि