Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रचण्ड परीक्षणको घडीमा, ‘गठबन्धनको नायक बन्ने कि खलनायक’ ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ७, २०७९
प्रचण्ड परीक्षणको घडीमा, ‘गठबन्धनको नायक बन्ने कि खलनायक’ ?

• अनिल तिवारी
वीरगंज (पर्सा), ७ पुस / विभिन्न आन्दोलको इतिहासका जज्ञमा चुनाव लगदै आएको दलहरुलाई यसपालिको चुनावले दिएको परिणाम आफैमा आनौठो छ । समय कालचक्रसंगै परिवर्तित नेपालको राजनैतिक खण्डमा दलहरुको यसपालीको चुनावी प्रचार प्रसारसंगै आएको परिणाम नेपालको इतिहासमा विशेष रहने छ । किन कि दलहरुले पनि विगतमा भजाउँदै आएका ०४६ सालको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको बलभन्दा पनि गठबन्धनकै बलमा चुनावी अभियानमा होमिएका थिए । परिणाम स्वरुप लाखौं युवाले आक्रोश अभिव्यक्त गर्दै केहि नयाँ शक्तिहरुलाई अभिमत्त व्यक्त गर्दै पुराना नेताहरुलाई चेतावनीको सकेत दिएका छन । तर यसरी मात्र बुझ्यौं भने त्यो अधकल्चो हुन्छ । गलत हुन्छ । यसमा युवाहरूको आक्रोश मात्र होइन, परिवर्तनको आकांक्षा पनि जोडिएको छ जो आफैंमा धेरै तागतवर र सकारात्मक कुरा हो ।
यो चुनावी परिणामले देश र जनताले राजेको मुख्य मुद्दा विकास र सत्ता संचालनलाई दिर्घता दिनु नै सहज रुपमा बुझन सकिन्छ । केहि नेता र दलले गठबन्ध वा आफ्ना पार्टी पनि फेर्न सकिन्छ भन्ने आत्मविश्वास अधिकांश उम्मेदवारमा पनि देखियो । भन्ने विगतमा विखण्डनका कुरा गर्नेले पनि शान्तिपूर्ण बाटोबाट नयाँ दल बनाएर पुरानालाई चुनौति दिन सकिन्छ भन्ने साहस देखियो, जो पछिल्ला ३० वर्षमा कहिल्यै देखिएको थिएन । आफ्ना क्षेत्रमा गरेको विकास र जनतामाझ लोकप्रिय रहेको प्रमाणित गर्दै पार्टी परित्यागी स्वतन्त्रबाट पनि चुनाव जितेका छन् ।
२०४६ सालको प्रजातन्त्र प्राप्ति पछि जनताले झेल्दै आएका अफठ्याराको कारण उम्लिएको आक्रोशलाई परिवर्तनको सकारात्मक ऊर्जालाई जनमतबाट फेर्न सकिन्छ भने परिवर्तन तर्फ ठुलो जनमत देखियो । निर्वाचन र मतपत्रको तागतमा युवा पिढीको विश्वास देखिनु हाम्रो लोकतन्त्रको ठूलो जीत हो । नभुलौं, धेरै मुलुकमा लोकतन्त्रमाथि विश्वास उठेर युवाहरू सडकमा आएका छन् । तर पनि सत्ताधारी गठबन्धले बहुमत प्राप्त गरको छ । जुन प्रचण्ड लगायतका सबै नेताहरुको लागि एउटा ठुलो अवसर पनि हो । दुर्भाग्य, युवाहरूको यति ठूलो आकांक्षालाई पुराना दलका चिर स्थायी नेताले बुझ्न सकेनन् भने धरापमा पर्ने निश्चय नै छ । सत्ताको स्वार्थमा उल्टो बक्र दृष्टिले हेरे भने प्रचण्डले मुलुकलाई फेरि सत्ता फेरबदलमा फसाउनु उचित हुदैन ।
नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर राजनीतिज्ञको रुपमा विश्लेषण गर्ने चलन बसेको छ । तर प्रचण्डले भने आफूलाई गतिशील राजनीतिज्ञको रुपमा ब्याख्या गर्दै वास्तविकताबाट बच्दै आएका छन् ।
०६४ सालको निर्वाचनमा मुलुकको जनमतले माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाएको थियो । परिणाम स्वरुप गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड विभिन्न राजनीतिक आरोह अवरोह पार गर्दै अहिले सत्ता गठबन्धनको साथमा रहेका छन् । अगामी स्थायी सरकार गठबन्धकै हुने भने प्रतिवद्धताका साथ चुनाव व्यक्त गरिएका चुनावी प्रचार अनुसार सत्ताधारी गठबन्धनले बहुमत पनि प्राप्त गरेको छ । केहीले प्रचण्ड प्रधानमन्त्री पद नपाए गठबन्धन छोड्न सक्ने आँकलनहरु गरिरहेका छन् । तर, प्रचण्डलाई विगतका गल्तीलाई सुधार गर्ने अवसर आएको छ । किनभने नेपाली राजनीतिको अस्थिरता रुपमा चरित्रित गर्ने बिरोधीहरुलाई पनि देखाउने उनको लागि यो सुवर्ण अवसर हो । त्यसकारण पनि नेपालको राजनीतिक स्थिरताका लागि पनि गठबन्धन कायमै गर्नुपर्ने मुलुकको आवश्यकता पनि हो ।
दलगत चुनावी मुद्दाबाट पनि माथि उठेर निर्माण भएको गठबन्धबाट स्थानीय चुनाव देखि प्रादेशिक र संघीय लगायत सबै चुनावमा सबै भन्दा बढि उपलब्धि माओवादी केन्द्रले हासिल गरेको छ । यति मात्र होइन बाबुराम भट्टराई जस्ता नेताले सबै राजनैतिक स्वर्थ त्यागदै गोरखाको आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लडाएर प्रचण्डलाई ठुलो मतबाट बिजयी बनाएका छन् । प्रचण्डले पनि निर्वाचन पछि पनि वाम–लोकतान्त्रिक गठबन्धनको नै स्थायी सरकार बन्ने ठोकुवा गर्दै आएका थिए । उनले गठबन्धन कायम गर्ने नेपाली कांग्रेसको निर्णयलाई पनि स्वागत गरेका थिए ।
उनले यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी चालेको र त्यस विरुद्ध गठबन्धन बनाइएकोले अहिलेको गठबन्धनको विकल्प नभएको बताउँदै आएका छन् । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि प्रचण्डकै पहलमा अहिलेको गठबन्धन बनेको थियो । राजनीति मुल्य मान्यतालाई नेपाली कांग्रेसले त्याग गर्दै ओलीसंगै चुनावमा होमिएको भए नेपाली कांग्रेसले बहुमत पाउने निश्चित थियो । तर त्यस संगै निश्चय नै प्रचण्ड र माधव नेपाल तथा झलनाथ खनाल जस्ता नेताहरुको राजनीति भबिष्य पनि ठुलो चुनौतिपुर्ण अवस्थामा पुगेको थियो । तर सविधानको सैद्धान्तिक मर्म र दलगत स्थायीत्वको लागि गठबन्धन बनाएर नेपाली कांग्रेस सरकार संचालन गरेर मुलुकलाई मध्यावधी चुनावबाट बचाउने दुर्गामी पहल गर्यो ।
उनले यस गठबन्धनको औचित्यबारे प्रष्ट पार्दै भनेका थिए, ‘नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भए पनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको हो । ओलीले पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफू निकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पुँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपपयोग गरेको, संघीयता, गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेका कारण हामीले गठबन्धन बनाएका हौं ।’
ओलीले प्रधानमन्त्री पदमा पुग्न र निरंकुश बन्नका लागि मात्र पार्टी एकता गरेको क्रमशः प्रष्ट हुँदै गएकोले ओलीसँग मिल्न सकिने कुनै सम्भावना नरहेको पनि उनले प्रष्ट पारेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीले गरेका असंवैधानिक कदमलाई आँखा चिम्लिेर समर्थन गरेको प्रति उनी रुष्ट बनेका थिए । संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनको रहेकाले अहिले यस गठबन्धनको विकल्प नभएको उनले बताएका छन् ।
यसरी गठबन्धनको विकल्प नभएको बताउने प्रचण्डलाई अहिले एमाले अध्यक्ष ओलीले विभिन्न प्रलोभन देखाएर सत्ताको बार्गेनिङ गर्ने कार्य कुनैपनि रुपमा मुलुकका हितमा छैन । अतः प्रचण्डले बिगतका गल्तीहरुलाई सच्याउनु भन्दा पनि दोह्रयाउनु ठुलो भूलनै हुनेछ ।
२०७२ सालमा पनि ओलीले आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको र अन्तिममा धोका दिएको र २०७७ मा पनि प्रचण्डलाई धोका दिँदै संसद् विघटन गरेका कारण ओलीले गरेका कुनै पनि प्रस्तावमा प्रचण्ड पुनः फस्नु भनेको राजनीतिक दाहमात्रै हुने अनुमान सहज रुपमा लगाउनु सकिन्छ । प्रचण्डका लागि सहज र दुई–दुई वर्ष कार्यकाल विभाजन गरेर देउवासँग रहनु नै उनका लागि हितकर हुने देखिन्छ । प्रचण्डलाई २०७२ मा ओलीले धोका दिएपछि कांग्रेसले साहरा दिएको र प्रधानमन्त्री देउवाले सहमति अनुसार नै पहिला प्रचण्डलाई नै प्रधानमन्त्री बनाएका थिए ।
अहिले पनि पहिले देउवालाई प्रधानमन्त्री बन्न दिने र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्दै मुलुकको सर्वाधिक हितका लागि जनताले दिएको म्यान्डेटलाई सम्मान गर्नु नै प्रचण्डको राजनीतिक सफलता मानिनेछ । राजनीतिक चेत र दृष्टिकोण निर्माणमा अहिले नेपाली परिवार र समाजमा भइरहेको उलट पुलटबारे पनि प्रचण्ड जस्ता पुराना नेताहरु बेखबर हुनु राम्रो संकेत होइन । घरपरिवारका अगुवाहरुलाई हेरेर छोराछोरी कांग्रेस, कम्युनिस्ट वा राप्रपा बन्थे, तर तराईमा मधेस आन्दोलन र त्यसपछि यो पाली स्थानीय चुनावमा होमिएका गठबन्धनका उम्मेदवारले तीस दसकको दलगत बिरासतलाई तोडेको छ । अब मुलुकको जनमतले स्थाइ सरकार र विकासको मुहान खुलाउन नेताहरुको ढोका ढक ढकाई रहेको छ ।
माओवादी सशस्त्र जनयुद्धको आफ्नै इतिहास छ । प्रचण्डले ठूलो खतरा मोलेर माओवादी राजनीति अघि बढाएका नेता हुन् । मुलुकलाई गणतन्त्रमा लगेर जनताको शासनमाथि दरबारको खतरा सधैंका लागि सक्काउन र मुलुकलाई समानुपातिक–समावेशी लोकतन्त्रमा लैजान उनको ठूलो योगदान छ, तर शान्ति प्रक्रिया हुँदै राजनीतिक स्थायीत्वमा पुगेका जनतालाई विकास र प्रगति चहिएको छ । निमुखा, समाजमा हेपिएका र बञ्चितमा परेका नागरिकलाई राजनीतिको मूलप्रवाहमा ल्याउन विकासको प्रवाह चाहिएको छ । यो कुरालाई समयमै प्रचण्डले चेतेनन भने निश्चय नै आउने सन्ततीले उनलाई राजनेता भन्दा पनि खल नेताको संज्ञा दिन पछि पर्दैनन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि