Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दलको नेता बन्न दौडधुप

बहुमत नपुग्ने भएपछि प्रदेश सरकारको नेतृत्व पाउन पहिला दलको नेता बन्ने प्रयास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १९, २०७९
दलको नेता बन्न दौडधुप

जनकपुर, १९ मंसिर / मधेसमा संसदीय दलको नेता बन्न प्रदेश सांसदले दौडधुप बढाएका छन् । प्रदेश सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएपछि नेतृत्वमा पुग्ने महत्त्वाकांक्षाका साथ सांसदहरूले पहिला दलको नेता बन्न कसरत थालेका हुन् । दलको नेता सांसदहरूले छान्ने भए पनि त्यो अधिकार खोसेर विगतमा पार्टीका शीर्ष नेतृत्वले सीधै तोक्ने गर्दै आएका थिए । त्यसैले पनि शीर्ष नेतालाई रिझाउन सांसदहरूको काठमाडौं आउजाउ बाक्लिएको छ । समानुपातिक सांसद छनोट बाँकी छँदै दलका नेता बन्न निर्वाचित सांसदहरू लबिइङ छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये सबैभन्दा बढी १५ सिट जितेको नेकपा एमालेमा संसदीय दलको नेता बन्न ३ जना प्रतिस्पर्धामा छ । धनुषा–३ (२) बाट निर्वाचित दीपेन्द्र ठाकुर, धनुषा–१ (२) बाट निर्वाचित रामचन्द्र मण्डलले एमाले संसदीय दलको नेतामा दाबी गरेका छन् । माओवादी केन्द्रबाट एमालेमा आएका मण्डल यसअघि प्रदेशसभामा माओवादीको संसदीय दलका नेता थिए । एमालेबाट विद्रोह गरी रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित प्रभु साहसँग मण्डल नजिक रहेकाले उनलाई पार्टी नेतृत्वले दलको नेता बनाउने सम्भावना कम छ । महोत्तरीबाट निर्वाचित एमालेका अर्का प्रदेश सांसद सरोज यादव पनि संसदीय दलको नेता बन्ने प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसबाट प्रदेश संसदीय दलको नेतामा रौतहट–१ (२) बाट निर्वाचित कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव, धनुषा–३ (१) बाट निर्वाचित रामसरोज यादव र सर्लाही–४ (१) बाट निर्वाचित वीरेन्द्र सिंहले दाबी गरेका छन् । कांग्रेसका प्रदेश सभापति यादव प्रदेशसभामा पहिलो पटक निर्वाचित भएका हुन् । सर्लाहीका सिंह यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भएर महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री भइसकेका छन् । धनुषाका रामसरोज यादव यसअघि संसदीय दलको नेता हुँदै प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री भएका थिए ।
कांग्रेस संसदीय दलको नेताका लागि तीनै जना पार्टीका शीर्ष नेतासँग छलफलमा छन् । प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेसका १३ जना सांसद निर्वाचित भएका छन् । कांग्रेसको समानुपातिक मत एमालेभन्दा बढी छ । दोस्रो ठूलो दल कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने सम्भावना रहेकाले कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षीहरू दलको नेता बन्न दौडधुप गरिरहेका छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ ९ जना सांसद भएर तेस्रो दलको हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलमा हालका मुख्यमन्त्री लालबाबु राउत नै दोहोरिने सम्भावना धेरै छ । मधेस प्रदेश सरकारमा ५ वर्षसम्म मुख्यमन्त्री रहेका राउत दलको नेता बन्नेमा कुनै शंका नभएको जसपाका एक सांसदले बताए ।
‘दलका नेतामा दाबी गर्नेहरू निर्वाचनमा पराजित भए,’ ती सांसदले भने, ‘विजय यादव र शैलेन्द्र साह पराजित भएपछि राउत नै दलका नेता बन्नेछन् ।’ जसपाबाट निर्वाचिन निवर्तमान सभामुख सरोजकुमार यादव र धनुषाबाट निर्वाचित रामाशिष यादवले पनि संसदीय दलको नेता बन्ने इच्छा देखाएका छन् ।
संसदीय निर्वाचनमा पहिलो पटक सहभागी हुँदै मधेस प्रदेशमा सरकार बनाउने निर्णायक सिट जितेको जनमत पार्टीमा पनि संसदीय दलको नेता बन्ने कसरत सुरु भएको छ । सप्तरीबाट ४ र सिरहाबाट २ गरी जनमतका ६ जना सांसद निर्वाचित छन् । समानुपातिकमा जनमत जसपाभन्दा अगाडि छ । जनमतले समानुपातिकमा ३ लाख २४ हजारभन्दा बढी मत पाइसकेको छ । पार्टीमा संसदीय दलको नेता चयनबारे छलफल नभए पनि सप्तरी–२ (१) बाट निर्वाचित सतिश सिंह र सिरहा–४ (१) बाट निर्वाचित त्रिभुवन साहको नाम चर्चामा रहेको जनमतका एक नेताले बताए ।
प्रदेशसभामा प्रत्यक्षतर्फ ७ जना सांसद निर्वाचित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनलको चर्चा छ । सोनल यसअघि पनि उक्त पार्टीको संसदीय दलका नेता थिए । राजपा हुँदा दलको नेता हुँदै भौतिक पूर्वाधारमन्त्री भएका सोनल जसपाबाट विभाजन भएर लोसपा बन्दा पनि दलको नेतामा निर्वाचित भएका थिए ।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि समानुपातिकबाट १/१ जना सांसद पाउने सम्भावना छ । त्यसो भएमा प्रदेशसभामा एमाले, कांग्रेस, जसपा, जनमत, लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ८ राजनीतिक दल र ६ जना स्वतन्त्र सांसद सहभागी हुनेछन् ।
मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य हुनेछन् । प्रत्यक्षबाट ६० पुरुष र ४ महिला निर्वाचित भएका छन् । प्रदेशसभामा यस पटक प्रत्यक्षतर्फ ४१ नयाँ अनुहार थपिएका छन् । अघिल्लो निर्वाचनमा चुनिएका २३ जना सांसद यस पटक दोहोरिएका हुन् । प्रदेश सरकार बनाउन ५४ जना सांसद चाहिन्छ । साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि