Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुख्यमन्त्री राउतप्रति वीरगंजबासी असन्तुष्ट, यस पटकको निर्वाचनमा जित्न कठिन !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०७९
मुख्यमन्त्री राउतप्रति वीरगंजबासी असन्तुष्ट, यस पटकको निर्वाचनमा जित्न कठिन !

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १ कात्तिक / पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा जन्मेका लालबाबुको बुवाको नाम दशरथ राउत गद्दी र आमाको नाम राघिका देवी हो । दुइ दाजु भाईमा मुख्यमन्त्री जेठा र रामबाबु गद्दी कान्छा भाइ हुन् । २०४६ सालको जनआन्दोलन पछि उनको बुवा स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्व गर्दै जगरनाथपुर गाविसको बुथ समितिको अध्यक्ष समेत रही सकेका छन् ।
शुरुमा मुख्यमन्त्री राउत ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज स्थित मेडिसिन क्याम्पस अर्थात नर्सिक क्याम्सको अँग्रेजी विषयको प्रध्यापक थिए । वीरगन्ज महानगपालिकामा नेपाली कांग्रेसका तत्कालीन मेयर माधवलाल श्रेष्ठ र उपमेयर अजय द्धिवेदीको पालामा महानगरपालिको अधिकृत तहमा स्थाई रुपमा भर्ना भएका थिए । शुरुमा तीन ठाउँमा जागिर गर्दै आएका राउत पछि एक ठाउँमा मात्र जागिर गर्न पाउने अनिवार्यता लागेपछि उनी महानगपालिको जिन्सि शाखाको प्रमुख हुँदा मोनामी पेन र व्हिल वेयरो खरिद भ्रष्टाचार काण्डमा अख्तियार अनुसन्धान आयोगको छानविनमा निलम्बनमा परेका थिए ।

मुख्यमन्त्री कार्यालयबाट संचालित पोखरी सौन्दर्यीकरण अन्तर्गत निर्माण कार्य शुरु गरि अलपत्र छाडिएको नगवा पोखरी ।

महानगरापलिकाबाट निलम्बित रहेकै वेला शुरु भएको मधेश आन्दोलन पछि उनी तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गर्दै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । राजनीति सक्रियतासँगै चलिरहेको बिशेष अदालतबाट उनी माथि वीरगन्ज नगरपालिकामा लगाइएको भ्रष्टाचारको मुदा बिशेष अदालतबाट सफाई पाएपनि उनी महानगरपालिकाको जागिरमा पुनः फर्किएनन् ।
त्यस पश्चात २०७४ सालको सविधान सभामा उनी पहिलो पटक समानुपातिकबाट सविधान सभा सदस्य बनेका थिए तर आफु अधारित क्षेत्रमा खासै काम नगरेको कारण उनी प्रत्यक्ष चुनाव लड्न पर्साको क्षेत्र नम्बर १ को (ख) परिवर्त गरि टिकट लिए । टिकट लिने बेलामा पनि उनी क्षेत्र नम्बर ४ को वासी भएकोले सोही क्षेत्रबाट निर्वाचन लड्न स्थानीय नेताहरुले दबाव समेत दिएका थिए तर मधेश आन्दोलनको माहोल नै जल्दोबल्दो रहेकोले उनी यसै क्षेत्रबा जित्न सक्ने देखेपछि क्षेत्र नं. १ को (ख) बाटै चुनाव लडे ।
सविधानको घोषणा र त्यसको बिरोधमा भएको मधेश आन्दोलन र नाकाबन्दीमा उनको सक्रिय भूमिका रहेकोले पनि उनी पर्साको क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभाको निर्वाचन लडेर प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्य चुनिए । त्यस पश्चात प्रदेश स्तरीय मन्त्रालय गठन भएपछि उनीलाई मुख्य मन्त्री चुनियो । पहिलो पटक मुख्य मन्त्री बनेपछि मुख्यमन्त्री कार्यालयबाट चलाइएका अधिकांश परियोजनाहरुमा व्यापक भ्रष्टाचार भएको उनीमाथि आरोप लाग्यो ।
उनको सबै भन्दा लोकप्रिय रहेको ‘बेटी पढाउँ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल खरिद प्रकरणमा अख्तियारद्वारा मुद्दा दायर गरियो र मुख्यमन्त्री कार्यालयमा छापामारी समेत भएको थियो । वाँकी रहेका अरु फाइलहरुबारे अहिलेपनि अनुसन्धान चलिरहेको छ । मुख्यमन्त्री कार्यालयबाट भएको भ्रष्टाचारबाट आफु जोगिन लागि साइकल खरिद प्रकरणको फाइलबाट उनले गरेको टिप्पणी आन्देश सदरको कागज गायब नै गरि दिएको घटनाहरु प्नि सार्वजनिक भए ।
यसका साथै मुख्यमन्त्री पुर्ण रुपमा असफल रहेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बिमा प्रकरण’ का बारेमा अख्तियारद्वारा अहिलेपनि अनुसन्धान भइरहेको छ । त्यसका साथै टावर लाइट खरिद, सहिद पार्क निर्माण, पोखरी सौन्दर्यिकरण, मठ मन्दिर सौन्दर्यीकरण लगायतका कतिपय योजनाहरु अहिले पनि अधुरै छन् । वीरगंजको मुर्ली तथा नगवा स्थित रहेको पोखरी अहिलेपनि अलपत्र अवस्थामा छन् ।

मुख्यमन्त्री कार्यालयबाट संचालित पोखरी सौन्र्दीकरण अभियान अन्तर्गत संचालन गरिएको योजना अलपत्र नगवा पोखरी ।

एतिहासिक पोखरीलाई सौन्दर्यीकरणको नाममा तहस नहस बनाएर अहिले अलपत्र अवस्थामा छाडिएको छ । त्यसमा व्यापक भ्रष्टाचार समेत भएको मुख्यमन्त्रीमाथि आरोप पनि लागेको छ । मुख्यमन्त्री कार्यालयबाट चलेका अधिकाँश भौतिक निर्माणका कार्यहरु उनकै पार्टीका प्रदेश सभा सदस्य सिगांसन साह कलवार जसलाई मुख्यमन्त्री छाँया भनेर पनि पर्सा जिल्लामा चिनिने गरिएको छ । जो एउटा पुराना ठुलो ठेक्केदार पनि हुन् । उनले नै मुख्यमन्त्रीको अधिकाँश योजना पाएको कारण पनि योजनाहरु अधुरै रहेको छ । योजनाहरु अधुरो रहेको कारण यहाँका नागरिकहरु मुख्यमन्त्रीबाट असन्तुष्ट छन् ।
राउत वीरगंजबाट निर्वाचित भएर मुख्यमन्त्री बनेपछि यस क्षेत्रको लागि खासै काम नगरेको र विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएपछि वीरगंजबासीहरुले उनीमाथि रुष्ट छन् । त्यसमा पनि मधेश प्रदेशको मुख्यमन्त्री भएकै बेला वीरगंजलाई राजधानी बनाउन पहल नगरि चुप लागेर बसेको कारण पनि आक्रोशित वीरगंजलाई यस पटक उनलाई चुनाव हराउने सोच बनाएका छन् । पदमा हुँदा जहिलेपनि घमण्ड गर्ने र कहाँ कुन अवस्थामा के बोल्ने भन्ने शैली समेत नभएको भनेर उनीमाथि पटक पटक आरोप लाग्दै आलोचना समेत हुने गरेको छ । विभिन्न सञ्चार माध्यममा अन्तर्वाता दिने क्रममा ‘अस्लिल शब्द प्रयोग गरेको’ भिडियोहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उनलाई यसपाली जित्न ठूलो चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । दलबाट उम्मेदवारी दिएपनि यस पटक उनलाई स्वतन्त्र एवं अन्य उम्मेदवारहरुले ठुलो चुनौति दिदैछन् । मुख्यमन्त्रीयले यसअघिको स्थानीय तहको निर्वाचनमा जगरनाथपुर गाउँपालिकाको उपप्रमुख पदमा आफ्नो श्रीमतीलाई पावर र पैसाको बलमा उम्मेदवार बनाएपछि लज्जास्पद हार व्यवहोर्नु परेको थियो । उनीसँग रहेका अधिकाँश कार्यकर्ताहरु पार्टी छाडेर अन्य पार्टीमा लागि सकेका छन् । यसले गर्दा पनि यस पटकको संघ र प्रदेशको निर्वाचनमा मुख्यमन्त्रीलाई जित्न ठुलो चुनौतिको सामना गर्नुपर्ने अवस्था देखिएको टिका टिप्पणी हुन थालेको छ ।

मुख्यमन्त्री कार्यालयबाट संचालित ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत गरिएको साइकल वितरण ! जुन एउटा पनि सडकमा देखिदैन ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि