Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा १२ सिटको लागि १ सय ४४ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार बढि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २३, २०७९
पर्सामा १२ सिटको लागि १ सय ४४ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार बढि

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २३ असोज / यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि पर्सा जिल्लामा १ सय ४४ जनाले उम्मेदवारी दिएका छन् । पर्सा जिल्लामा ४ वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा गरि १२ वटा सिटको लागि १ सय ४४ जनाले उम्मेदवारी दिएका हुन् । पर्साको क्षेत्र नं. १ र २ को उम्मेदवारी दर्ता वीरगंज स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ भने क्षेत्र नं. ३ को पोखरिया र क्षेत्र नं. ४ को धोबिनी गाउँपालिका स्थित लंगडीमा सम्पन्न भएको छ । उम्मेदवारी दिनेहरुमा बढि स्वतन्त्र उम्मेदवार छन् । १ सय ४४ जना उम्मेदवारमध्ये ८२ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ६२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिएका हुन् ।
आइतबार सम्पन्न उम्मेदवारी दर्ताको क्रममा प्रतिनिधि सभा सदस्यको लागि चार वटै निर्वाचन क्षेत्रमा ५० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये २४ जना स्वतन्त्र उम्मेदवार छन् भने ८ वटा प्रदेशसभा सदस्यका लागि ९४ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ५८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने १० जनाले दलगत उम्मेदवारी दिएको निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए ।
त्यस्तै प्रदेशसभा सदस्यको लागि पर्सा निर्वाचन क्षेत्र नं. १ को (क ) मा १७ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरि पर्सा क्षेत्र नं. १ को (ख) मा १६ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जनाले स्वतन्त्र तथा ४ जनाले दलगत उम्मेदवारी दिएको निर्वाचन अधिकृत पोखरेलले बताए ।
यसरी नै पर्साको निर्वचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य तर्फ ११ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ८ जनाले दलगत उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यको लागि पर्सा क्षेत्र नम्बर २ को (क ) मा ९ जनाको उम्मेदवारी परेको छ, जसमध्ये ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने ४ जनाले दलगत उम्मेदवारी दिएका छन् । यसरी नै पर्सा निर्वाचन क्षेत्र नं. २ को (ख) तर्फ १४ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ९ जना स्वतन्त्र उम्मेदवार तथा ५ जना दलगत उम्मेदवार रहेको निर्वाचन अधिकृत सुशिल देवकोटाले जानकारी दिए ।
त्यसैगरि पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमध्ये ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ६ जनाले दलगत उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यको लागि पर्सा निर्वाचन क्षेत्र नं. ३ को (क) बाट १३ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् भने ५ जनाको दलगत उम्मेदवारी परेको छ । यसरी नै पर्सा क्षेत्र नं. ३ को (ख) मा १४ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ६ जनाले दलगत उम्मेदवारी दिएको निर्वाचन अधिकृत योगनाथ ढकालले जनाए ।
यसरी नै पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने २ जनाले दलगत उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यको लागि पर्सा निर्वाचन क्षेत्र नं. ४ को (क) मा ४ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ३ जनाले दलगत उम्मेदवारी दिएका हुन् । प्रदेशसभा सदस्यकै लागि पर्सा निर्वाचन क्षेत्र नं. ४ को (ख) बाट ७ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने ३ जनाले दलगत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जनाए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि हुने निर्वाचनको लागि गठबन्धन गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुको सँख्यामा वृद्धि भएको छ । सधैं पार्टीको हितको लागि काम गर्दैै आएको तर निर्वाचनको बेला पार्टीका केन्द्रिय नेताहरुले आफ्नो स्वार्थको निम्ति आफूहरुको कार्यलाई मूल्याँकन नगरि टिकट नदिएपछि गठबन्धन बाहिर आएर पार्टीका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिने होडबाजी नै चलेको छ । गठबन्धनको कारण धेरै नेताहरुले चुनाव लड्न नपाउने भएपछि पार्टीको निर्णय विपरित ‘बागी’ उम्मेदवार भएपनि चुनाव लड्न मैदानमा उत्रिएका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि