Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतले धान, चामल निर्यातमा कर लागु गरेपछि नेपाली उपभोक्ता मर्कामा : अध्यक्ष गुप्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २५, २०७९
भारतले धान, चामल निर्यातमा कर लागु गरेपछि नेपाली उपभोक्ता मर्कामा : अध्यक्ष गुप्ता

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २५ भदौ / भारतले धान तथा चामल निर्यातमा २० प्रतिशत कर लगाएपछि नेपाली उद्योगी व्यापारी तथा उपभोक्ता मर्कामा परेका छन् । यही भदौ २३ गते अर्थात ८ सेपटेम्बर २०२२ बाट भारत सरकारको अर्थमन्त्रालयको (राजस्व विभाग) ले धान तथा चामलको निर्यातमा २० प्रतिशत भन्सार दरबन्दी कायम गरेपछि नेपाली उद्योगी व्यवसायीको साथसाथै उपभोक्ता मर्कामा परेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले जानकारी दिए ।
नेपालले सबैभन्दा ठूलो व्यापारी कारोबार भारतसँगै गर्दै आएको छ । नेपालको झण्डै ८० देखि ८५ प्रतिशत व्यापारी क्रियाकलाप भारतसँगै हुँदै आएको छ । त्यसमा पनि धान, गहुँ, चामल, गेडागुडी लगायत खाद्यान्नहरुको आयात अझ ठूलो मात्रामा छ । नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको कारण खाद्यान्न आयातको लागि भारतमै निर्भर पर्नुपर्ने अवस्था छ । अन्य मुलुकबाट नेपालले खाद्यान्न आयात गर्न सक्ने अवस्था नरहेकोले खाद्यान्न आयातको लागि एकमात्र विकल्प भारत रहेकोमा भारत सरकारले पनि धान तथा चामल निर्यातमा भन्सार शुल्क एकै पटक २० प्रतिशत कायम गर्दा नेपालमा संचालित धान चामल उद्योगहरु बन्द हुने अवस्थामा पुग्नुको साथै नेपाली उपभोक्ताले महँगीको भार खेप्नु परेको उनको भनाई छ ।
नेपाल चालम, दाल, तेल संघका केन्द्रिय अध्यक्ष समेत रहेका डा. गुप्ताले केही समय अघि मात्र गहुँ निर्यातक देशमा भारतले नेपाललाई बञ्चित गरेको अवस्थामा पुनः धान, चामल निर्यातमा २० प्रतिशतको दरबन्दी र कनिका निर्यातमा पुर्णत ः बन्देज गरेकोबाट नेपाली उद्योगहरुमाझ ठूलो समस्या थपिन पुगेको बताए । भारत सरकारले समयमा समयमा गर्ने गरेको नीतिगत हेरफेरको कारण नेपाली व्यवसायीहरु प्रभावित हुने गरेको भन्दै अध्यक्ष गुप्ताले धान तथा चामल भारतबाट आयात गरिदा शुन्य भन्सार शुल्क कायम गराउन नेपालका सम्बन्ध निकायहरुले पहल गरिदिन माग समेत गरे ।
गत वर्ष मात्रै साढे ५ लाख मेट्रिक टन धान, ५ लाख २० हजार मेट्रिक चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको थियो । भारतले २० प्रतिशत भन्सार शुल्क लागु गरेकोले गतवर्ष आयात भएको धान, चामल र कनिकाको मूल्य वृद्धि हुने डा. गुप्ताको भनाई छ । त्यस्तै वियर, रक्सी उत्पादन गर्ने उद्योगहरुले कनिका आयात गर्ने र ब्वाइलर संचालन गर्ने उद्देश्यहरुले भुस आयात गर्ने गरेकोले यस्ता उद्योगहरुमा समेत नकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि