Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वायू प्रदूषण न्यूनीकरण गर्न साझा पहल आवश्यक छ : मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०७९
वायू प्रदूषण न्यूनीकरण गर्न साझा पहल आवश्यक छ : मन्त्री यादव

वीरगंज (पर्सा), २३ भदौ / वन तथा वातावरणमन्त्री प्रदीप यादवले वायू प्रदूषण कुनै एक देशकाे मात्रै समस्या नभई यसको फैलावट तथा प्रभाव क्षेत्र सीमापार प्रकृतिको हुने भएकोले यसको प्रभाव न्यूनीकरण गर्नमा साझा पहल आवश्यक रहेको बताएका छन् ।
बुधबार वातावरण विभाग र इसिमोडको संयुक्त आयोजनामा “निलो आकाशका लागि स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वायू प्रदूषण न्यूनीकरण गर्न सबै क्षेत्र र तह तप्काबाट आवश्यक पहल गर्न जरुरी रहेको बताएका हुन् । उनले भने, “वायू प्रदूषण कुनै एक देशको मात्रै समस्या होइन, यो साझा समस्या भएकाले न्यूनीकरणका लागि सबैको पहल आवश्यक छ ।”
वायू प्रदूषणका नकारात्मक प्रभावले देशको पर्यावरणीय सन्तुलनमा मात्र भनई मानव स्वास्थ्य, कृषि उत्पादन तथा आर्थिक बृद्धिमा समेत असर पर्न गई समग्र विकास क्रम नै विथोलिन थालेको प्रति मन्त्री यादवले चिन्ता समेत व्यक्त गरे । यसैगरी उनले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभई परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नु पर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको विदितै रहेको वताए ।
वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले बिभिन्न कामहरु गर्नका लागि निती नियम बनाएको भएपनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवकाे भनाई छ । पूर्व तयारी नहुँदा पछिल्लो समय जङ्गलमा आगलागि हुँने तथा वायू प्रदूषण बढ्दै गइरहेकाले हामीले आगलागि जस्ता घटना हुन नदिनका लागि पूर्व तयारी अपनाउन आवश्यक रहेको समेत मन्त्री यादवले बताए ।
वातावरण संरक्षण गर्नमा बहुक्षेत्रगत, बहुआयामिक र बहु–संस्थागत समन्वय आवश्यक पर्ने क्षेत्र भएकोले कुनै एक संस्था वा निकायको प्रयासले मात्र यो सम्भव नभएकाले सरकार, गैरसरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी तथा व्यवसायिक क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकार आवश्यक रहेको मन्त्री यादवले बताए । वायू, जल, ध्वनि तथा अन्य विभिन्न प्रकारका प्रदूषणहरु नियन्त्रण गर्न बनेका मापदण्डलाई अद्यावधिक गर्ने र आवश्यकतानुसार नयाँ मापदण्ड निर्धारण गर्ने कामलाई सरकारले तीव्रता दिएको समेत उन जानकारी दिए ।
वायू गुणस्तर व्यवस्थापन गर्ने शिलशिलामा तथ्याङ्क सङ्कलनको कार्य महत्वपूर्ण हुन आउने हुँदा वातावरण विभागले सन् २०१६ देखि क्रमिक रुपमा देशका बिभिन्न स्थानमा वायू गुणस्तर मापन केन्द्रहरु सञ्चालन गर्दै आइरहेको र यस कार्यमा विभागलाई इसिमोड र एशियाली विकास बैङ्कको समेत सहयोग प्राप्त भइरहेको समेत उक्त कार्यक्रममा मन्त्री यादवले जानकारी गराए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि