Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २०, २०७९
वीरगन्ज महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी

वीरगन्ज (पर्सा), २० असार / वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गरेको छ । महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै संचालनमा रहेका विभिन्न परियोजनाहरुको वर्तमान अवस्थाका बारेमा जानकारी दिन श्वेतपत्र महानगरपालिकाले श्वेतपत्र जारी गरेको हो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले श्वेतपत्र जारी गरेका हुन् । महानगरमा नयाँ नेतृत्व निर्वाचित भएर आएपछि गत जेठ २३ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप महानगरपालिकाले आइतबार साँझ श्वेतपत्र जारी गरेको हो ।
स्थानीय सरकारको पहिलो कार्यकालको यथास्थिति चित्रण गर्न र महानगरो वर्तमान अवस्था देखाउन डा. दिपेन्द्रकुमार चौधरीको संयोजकमा गठित ९ सदस्यीय श्वेतपत्र २०७९ तर्जुमा समितिले तयार पारेको श्वेतपत्र महानगरपालिकाले जारी गरेको हो । जारी गरिएको श्वेतपत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, बजेट कार्यान्वयनका अवस्था, बेरुजु रकम, चालु आर्थिक वर्षको राजस्व र पेश्कीको विवरण, विभिन्न कार्यक्रमको आर्थिक अवस्था र प्रगति विवरण, अनुदान फिर्ता रकम, कार्यालय व्यवस्थापन, आन्तरिक लेखापरीक्षण लगायतका विषयहरु उल्लेख छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गत निर्माण भएका फोहोर पानी प्रशोधन केन्द्र, एकीकृत फोहोर व्यवस्थापन केन्द्र उद्देश्य बमोजिम सञ्चालन नभएको श्वेत पत्रमा उल्लेख छ ।
यसैगरी संघ, प्रदेश सरकार र महानगरद्वारा सञ्चालित अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र समेत डिपिआर अनुसार संचालनमा नरहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । नयाँ बसपार्क टर्मिनल ठेक्का सम्झौता अनुसार ठेकेदारले व्यवस्थापन गर्न सकेको छैन भने संघ सरकारको ५० प्रतिशत अनुदान र महानगरको ५० प्रतिशत लगानीमा थालिएको उज्यालो वीरगन्ज अभियान अन्तर्गतका अधिकांश बत्ती नबलेको पाइएको छ । २३ करोड ९६ लाख रुपैयाँको योजनामा १०० वाट, ६० वाट र ४० वाटको गरि कुल १३ हजार ३ सय ९० वटा बत्ती र ३ सय १ कन्ट्रोल प्यानल जडान गर्नुपर्ने थियो, जसमध्ये हालसम्म ९ हजार ६ सय १७ बत्ति र ६६ वटा कन्ट्रोल प्यानल मात्र जडान गरिएको श्वेतपत्रमा उल्लेख छ । जडान भएको बत्तिमध्ये महानगरको १, २, ४, १३, १५, १६, १७, १९ र २३ वडाका करिब ६० प्रतिशत बत्ति नबलेको पाइएको श्वेतपत्रमा उल्लेख छ ।
८० प्रतिशत सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भइसकेको र बाँकी २० प्रतिशतमा गठन समेत भएको छैन भने महानगरका संस्थागत विद्यालयहरुमध्ये ५३ वटा विद्यालयले अनुमति लिएर पनि फिल्डमा सञ्चालनमा नरहेको पाइएको छ । कतिपय विद्यालयहरुले तहगत शिक्षा संचालनको अनुमति लिएर पनि संचालन गरेका छैनन् । यस्तोमा अधिकांश कक्षा ११ र १२ को अनुमति लिने विद्यालयहरु छन् । सामुदायिक विद्यालयले अंग्रेजी कक्षाको नाममा विद्यार्थीहरुसँग शुल्क लिने गरेको पाइएको छ भने आर्थिक वर्ष २०७३÷७४ को बेरुजु रकमलाई आधार मानेर हेर्दा २०७६÷७७ सम्म आइपुग्दा बेरुजु दर ४१९.२८ प्रतिशतले वृद्धि भएको देखिएको श्वेतपत्रमा उल्लेख छ ।
महानगरको तथ्यांकअनुसार असुल उपर गर्नुपर्ने बहाल कर १४ करोड ४९ लाख रुपैयाँ देखिन्छ भने असुल गर्नुपर्ने सम्पत्ति कर ३३ करोड ४१ लाख रुपैयाँ देखिएको श्वेतपत्रमा उल्लेख छ । यसरी नै चालु आार्थिक वर्षको असार ३ सम्म महानगरपालिकाले ठेकेदारबाट १६ करोड ५३ लाख रुपैयाँ जरिवाना सहित असुल उपर गर्नुपर्ने देखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि