Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०७९
इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !

काठमाडौं / ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई छुटाउन वकिल र न्यायाधीशबीच मोल–मोलाइ भएको अडियो बाहिरिएको छ । तामाङलाई छुटाउनका लागि वि सं २०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद न्यूज २४ को ‘सिधा कुरा जनतासँग‘ले सार्वजनिक गरेको हो । यद्यपि, उनीहरू तामाङलाई छुटाउन भने सफल भएनन् ।
सार्वजनिक भएको १० मिनेटको अडियोमा वकिल वकिल रुद्र प्रसाद पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको सुन्न सकिन्छ । अडियोमा वकिल पोखरेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाएबापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका छन् । सुरुमा न्यायाधीश कोइराला घुस लिएर आरोपी तामाङलाई छुटाउन अन्कनाएका छन् । उनले मिडिया र सर्वसाधारणको डर मानेका छन् ।
घुस लिन सुरुमा असहजजस्तो मानिरहेका न्यायाधीश कोइरालालाई उनी बारम्बार भनिरहन्छन्, ‘यस्तो मौका सधैंआउँदैन । अरू मान्छे कति गरेर बसेका छन् ।’ यो काम फत्ते गर्न प्रधानन्यायाधीशसँग पनि भेटको लागि समय मिलाइदिने भन्दै पौडेल लबिङमा लागिपरेका छन् । सार्वजनिक अडियोमा कतै अनुरोध, आग्रह सुनिन्छ भने कतैकतै घुर्की । एक ठाउँमा उनले भनेका छन्, ‘तपाईंले गर्दै नगर्ने हो भने मेरो वचन खेर फाल्न मात्रै किन जानु ?’
न्यायाधीश कोइरालालाई मनाउनका लागि पोखरेलले तामाङविरुद्ध बनेको अभियोगपत्र नै कमजोर भएको सुनाएका छन् । कमजोर अभियोगपत्रविरुद्धमा फैसला गर्दा कसैले पनि सेटिङको शंका नगर्ने उनको तर्क छ । ‘त्यो अभियोगपत्र हेर्दा कुनचाहिँ माइकालालले पैसा खाएर यत्ति गर्यो भनेर पत्याउँछ ?,’ पोखरेलले संकोच मानिरहेका न्यायाधीशलाई कन्भिन्स गर्दै भनेका छन् । न्यायाधीश कोइरालालाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्दै उनी भन्छन्, ‘सहकारी ऐनबमोजिम सबै कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलिकति अप्ठेरो हुन्थ्यो । किनभने, त्यहाँ ऐनका सबै कुराहरु हुन्थे । केही गरेर ठग नै नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?’
पोखरेलको प्रस्तावबाट लालायित तर कारबाही र बदनामीको भागिदार हुने त्रासमा रहेका न्यायाधीश न्यायाधीश कोइरालालाई वकिल पोखरेलले प्रधानन्यायाधिश नै भेटेर सेटिङ मिलाउने ढाडस दिन्छन् । त्यसपछि बल्ल न्यायाधीश कोइराला घुस लिएर तामाङलाई छुटाउने फैसला गरिदिन राजी हुन्छन् । यो संवादले न्यायालयको नेतृत्वले पनि आफ्नो इन्ट्रेस्टअनुसार न्याया सम्पादन गर्न न्यायाधीशलाई निर्देशन दिने गरेको संकेत गरेको छ । न्यायाधीश कोइरालाले संवादका क्रममा पटक-पटक प्रधानन्यायाधीशबाट ग्रिन सिग्नल सायद यही कारण खोजेका हुनसक्छन् ।

यस्तो छ न्यायाधीश कोइराला र वकिल पोखरेलबीचको त्यो असफल संवाद :

न्यायाधीश : रुद्रजी ।

वकिल : प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश : प्रधानन्यायाधीशलाई ?

वकिल : प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश …

वकिल : हजुरले गर्दै नगर्ने भए बेकारमा किन वचन खेर फाल्न जाने, भन्नु न । गर्दै गर्दिनँ भन्ने हो भने

न्यायाधीश : सुन्नुहोस् न, सुन्नुहोस् न ।

वकिल : हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन ? अरू मान्छे कत्रो गरेर बसेका छन ।

न्यायाधीश : त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब …

वकिल : तपाईंले यो छोड्नु भयो भने तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुनचाहिँ माइकालालले पैसा खाएर यति गर्‍यो भन्ने खालको छ । अभियोगपत्र नै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐनबमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठ्यारो हुन्थ्यो । किनकि त्यहाँ त ऐनका सबै कुराहरू थिए । ठगी त केही गरे ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

न्यायाधीश : (केही बेर हाँसो हा… हा… हा…) । त्यो त हो कि, हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखि …
वकिल : त्यस्तो क्या हजुर, त्योमध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तँलाई हामी ठीक गर्छौं भनी सके । बहस नै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्योमध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउँदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईं त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नुभयो । अनि मैले …

न्यायाधीश : डिल्लीप्रसाद भट्टराई भन्ने आठराईको हो । हिजो भेट भयो । ‘वकिललाई त्यसो भन्नु हुन्छ ? उहाँको पेसा हो, धर्म हो’ भने । हँ त त्यस्तो भन्नु हुन्न भनेँ ।

वकिल : भन्छन के । यस्तो के । मैले त सुरुदेखि नै हजुरलाई भनेको थिएँ ।

न्यायाधीश : सुन्नु न त । जाहेरवालाको वकिल केशव बराल के रे ?

वकिल : होइन, रमेश बडाल ।

न्यायाधीश : को रे ? रमेश बडाल बहस गर्न आउने रे ?

वकिल : बहस त गर्न पाइयो नि त हजुर ।

न्यायाधीश : आज दिनभरि लागि हाल्छ । आज, भोलि हुन सक्दैन । त्यसले गर्दा फेरि, सुन्नुस न । बर्बाद हुन्छ नि त ।

वकिल : केही हुँदैन । केही हुन्न ।

न्यायाधीश : हँ ।

वकिल : ममाथि गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो हगि । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढङ्गले लिऊँ। यो अवसर सधैं आउँदैन, हेरिस्यो हगि । फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए हजुर के भन्या तैंले भन्नुहुन्थ्यो । मैलेचाहिँ । अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको । मैले बरु ।

न्यायाधीश : प्रधानन्यायाधीशले भन्छन त ? प्रधानन्यायाधीशले उनलाई ?

वकिल : भन्छन । म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

न्यायाधीश : ल हेर्नु न । (खितितिती हाँसो) ।

वकिल : ल हेरौं न, होइन । मैले त्यति गरिसकेपपछि हजुरले फेरि नाइँ भने ?

न्यायाधीश : आज हुँदैन । भोलि हुन्छ भनेपछि । आज मुद्दा रोकिने कुरा छैन । हैन…

वकिल : सामान पनि ल्याओ भन्नुपर्‍यो । उm गर्नुपर्‍यो । त्यत्तिकै फोगटिया त किन गर्ने फेरि । समय नै छैन नि त । होइन किन उm गरिस्या भन्या । सबै कुरा गरिसकेपछि । यस्तो बेलामा उल गर्नुहुन्न, सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्योभन्दा बहिर अन्त कहीँ एक्स्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनीहरूका सबै च्यानल हावा खाए । खासमा यिनीहरू दरोसँग जान सकेनन् ।

न्यायाधीश : धरौटी माग्छन नि, कति माग्ने ? कति भन्नु त ?

वकिल : एउटा रिजनेबल भन्ने नि ।

न्यायाधीश : कती माग्ने त ?

वकिल : १० करोडको हाराहारीमा माग्नु नि ।

न्यायाधीश : कति, १० करोड ? हा… हा… हा… हा… । ठीक छ, हुन्छ । अब अप्ठ्यारो पर्‍यो भने हजुर …

वकिल : पर्दैन, पर्दैन । सधैं यस्तो आउँदैन । अरू बेला गर्ने, यस्तो बेलामा एक दुई वटा सिद्धान्त छाट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नि के–के गर्ने । एक दुई वटा, एक दुइटा आइडिया निकालौं ला नि हजुर ।

न्यायाधीश : अँ । (हाँसो)

वकिल : त्यो गरौं । यतातिर झ्यापर्याक्कै २ जति (२ करोड) लिउm न ।

न्यायाधीश : अँ । (हाँसो)

वकिल : माथिबाट हुन्छ । तपाईं, ए रामप्रसाद सर । अहिले गएर मैले नमस्ते गरेर मेरो यति काम तैँले गर्नु पर्छ भन्दा गरेन भने त यो जजि खुद्रागत को हुन्छ त ? पैसा खाएरचाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ, हैन त ?

न्यायाधीश : उनीहरूले गर्ने ?

वकिल : उनीहरूले त गर्ने नि ।

न्यायाधीश : ए अँ ।

वकिल : होइन, अब मैले यो यो कारणले तैंले गर्नुपर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नहुने चिज भए हुने । यो त उही लिगल्ली तपाईं कन्भिन्स भएको, खालि मिडियाले के गर्ला कि, कसले के गर्ला कि भनेर न हो ।

न्यायाधीश : मिडियाले लेख्ने र मानिसहरूले नारा जुलुस गर्लान् कि फेरि ?

वकिल : केही गर्दैनन । त्यो केही गर्दैनन । नारा जुलुस केही गर्दैनन । माथि जान्छ । माथिबाट उm पनि भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आत्तिएको ? हो त ?

न्यायाधीश : त्यही त ।

वकिल : पहिला पास हुँदैन होला कि भन्ने थियो । मुद्दा सबै हेरी सकेपछि यो त तपाईंले सक्नु भएन भने माथिकाले सक्छन् । बेकारमा अर्काका छोराछोरी उm गरेको किन गर्नुहुन्छ ? तपाईं आफ्नै गरून् ।

न्यायाधीश : त्यो त हो कि । ठीकै छ । माथिबाट भन्नु न ।

वकिल : ठीक छ, म भन्न लगाउँछु । माथि

तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन गत वर्षको पुसमा विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको थियो । सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत थिए । साभार : नेपालवाच

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि