Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

युरिया मलको विकल्पमा आयो ‘नानो युरिया’ : लागत कम, प्रभावकारी बढी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०७९
युरिया मलको विकल्पमा आयो ‘नानो युरिया’ : लागत कम, प्रभावकारी बढी

काठमाडौं, ३१ जेठ / नेपालमा खेतीको समयमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुन्छ । जुनसुकै सरकार भए पनि मल ल्याउन नसकेको विषय आलोचनाको विषय बन्छ । अघिल्लावर्षमा जस्तै यो वर्ष पनि मल अभावको विषय सदनसम्म पुगेको छ । नेकपा एमालेले यो मल अभावको विषय संसदमा चर्कोगरी उठायो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसमेतले रासायनिक मलको अभाव सम्बन्धमा छलफल गर्न अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमाथि संसदमा लामो छलफल भयो ।
छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा युरिया मलको विकल्पमा तरल रुपमा उपलब्ध हुने नानो युरिया प्रयोग गर्न सकिने बताएका थिए । उनले भारतबाट ५ लाख लिटर तल्काल आयात गर्ने सहमति भइसकेको बताउँदै भारतले ५० लाख लिटर क्रमिकरुपमा उपलब्ध गराउने सहमति नै जनाइसकेको बताए ।
यतिमात्रै नभएर ६१ हजार लिटर नानो युरिया नेपाल आइसकेको उनले बताएका थिए ।कृषिमन्त्रीको उक्त सम्बोधनपछि नानो युरिया के हो र यसको प्रयोग कसरी गर्ने भन्ने चासो देखिएको छ । यसले युरिया मलले विरुवालाई प्रदान गर्ने तत्व प्रदान गर्छ त ? भन्ने चासो अहिले बढेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक श्रीप्रसाद विष्ट नानो युरिया परीक्षण गरेर प्रयोगको लागि सिफारिस गरिएको बताउँछन् ।
“नानो युरिया पनि युरिया नै हो, यो लिक्विड फर्ममा उपलब्ध छ, यसमा र युरियामा समान तत्व रहेको पुष्टि गरेर मन्त्रालयलाई सिफारिस गरेका हौं,” उनले बाह्रखरीसँग भने, “हामीले हिउँदे तरकारी बाली काउलीमा परीक्षण गर्दा युरिया मलमा पाइने तत्व यसबाट पनि प्राप्त भएको र गुणस्तर पनि रहेकोले युरिया मलको वैकल्पिकरुपमा प्रयोग गर्न सकिन्छ ।” नार्कको सिफारिसको आधारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मलको स्पेसिफिकेसनमा ‘नानो युरिया’ लाई थप गरी त्यसको प्रयोग गर्न सकिने बाटो खुला गरिसकेको छ । यसलाई माटोमा प्रयोग गर्न नभई विरुवामा स्प्रे गर्नुपर्ने उनले बताए ।
युरिया मल र नानो युरिया जुन प्रयोग गरे पनि विरुवाले पाउने नाइट्रोजन नै रहेको र युरिया मलमा पाइने बराबरको नाइट्रोजन ‘नानो युरिया’ ले पनि उपलब्ध गराउन सक्ने देखिएको उनले बताए । “५०० एमएल ‘नानो युरिया’मा नै ५० केजी युरिया मलमा पाइने नाइट्रोजन पाइन्छ, यसलाई त्यहीअनुसार प्रयोग गर्नुपर्ने हुन्छ,” उनले भने, “प्रतिलिटर पानीमा ३ एमएल नानो युरिया मिसाएर प्रयोग गर्नुपर्छ, धानमा रोपेको केही दिनमा र त्यसको करिब १ महिनापछि गरेर दुवैपटक र मकैमा पनि गोडेमेल गर्ने बेलामा र केही पछि गरेर २ पटक प्रयोग गर्नुपर्छ ।” उनका अनुसार बिरुवाको पात भिज्नेगरी स्प्रे गर्नुपर्ने हुन्छ ।
नेपालमा स्प्रे मेसिन खरिद गर्नुपर्ने भएकोले त्यसलाई समेत ध्यान दिएर किसानलाई लागत पनि कम पर्ने र युरियाको काम गर्ने भएकोले अहिलेको मल अभावको अवस्थामा त्यसको प्रयोग गर्न सकिन्छ भनेर सिफारिस गरेको उनले बताए । कृषि मन्त्री यादवका अनुसार नेपाली बजारमा ‘नानो युरिया’ प्रतिकेजी ८०० रुपैयाँ पर्छ । प्रदेश नम्बर एकको विराटनगरमा नेपाल मल्टी ट्रेड सेन्टरले नानो युरिया सार्वजनिक गरिसकेको छ । सोमबार प्रदेश १ को कृषि मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री झलकबहादुर दर्लामीसहितका उच्च सरकारी अधिकारीहरूले उक्त युरिया सार्वजनिक गरेका हुन् । सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारतमा सफल भइसकेको नानो युरिया नेपालमा पनि भित्र्याइएको बताएका थिए । नेपालमा ६१ हजार लिटर भित्रिएको र ५ लाख लिटर ल्याउन सहमति भइसकेको उनले बताएका थिए ।
विराटनगरमा उक्त मल ल्याएर सार्वजनिक गर्ने नेपाल मल्टी ट्रेड सेन्टरका सञ्चालक राकेश सुराना भारतका किसानले पाउने मूल्यमा नै नेपालका किसानलाई उपलब्ध गराउने बताउँछन् । कृषि मन्त्रीले प्रतिलिटर मुल्य ८०० रुपैयाँ पर्ने संसदमा नै भाषण गरे पनि सुराना भने ४०० रुपैयाँ प्रतिलिटरमा नै नेपालमा किसानले प्राप्त गर्ने बताउँछन् । विराटनगरमा प्रदेश कृषि मन्त्रीमार्फत सार्वजनिक गरिएको भए पनि नेपालभरी उपलब्ध गराउने उनले बताए । नर्मल युरिया र डीएपीको ८० प्रतिशत खपत नानो युरियाले विस्थापित गर्ने उनले दाबी गरे । मल उत्पादन गर्ने भारतीय कम्पनीका प्रतिनिधि नै प्रयोग कसरी गर्ने भनेर तालिम दिन नेपाल आएको बताए । साभार : बाह्रखरी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि