Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शैय्याको पर्खाइमा नारायणी अस्पताल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०७९
शैय्याको पर्खाइमा नारायणी अस्पताल

• डा. उदयनारायण सिंह
वीरगन्ज / भौतिक पूर्वाधारबिना स्तरीय सेवा त्यो पनि अस्पतालमा दिनु अकल्पनीय हुन्छ । देशका अधिकांश ठाउँमा अस्पतालका भवन स्तरोन्नती भइसकेको अवस्था छ । सरकारले त्यसका लागि वर्षेनी बजेट पनि छुट्याउने गर्छ । तर, वीरगन्जस्थित नारायणी अस्पताल अवस्था भने अलि फरक र भिन्दै छ । सरकारको केन्द्रीय अस्पताल भएपनि भौतिक पूर्वाधार अझै अपुग छ । अधिकांश भवनहरु जीर्ण अवस्थामा छन् । त्यही कारण धेरै भवनहरु प्रयोगबिहिन अवस्थामा छन् ।
नेपालको संविधानमा नै जनताको मौलिक अधिकारका रुपमा गुणस्तरीय स्वास्थ्य सेवालाई सुनिश्चित गरिएको छ । जसले नागरिक स्वास्थ्यको संवेदनशीलतालाई दर्शाउँछ । मौलिक अधिकारकै रुपमा रहेको स्वास्थ्यको हक पूरा गर्नका लागि पर्याप्त लगानी आवश्यक पर्छ । गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक पूर्वाधारको महत्व बेग्लै हुन्छ । यो अवस्थामा विशिष्टकृत सेवा प्रदान गर्ने केन्द्रीय अस्पतालको भूमिका अझ बढी हुन जान्छ । त्यो भूमिका पूरा गर्नका लागि अस्पतालको जनशक्ति, भौतिक पूर्वाधार र उपकरणमा राज्यको विशेष ध्यान जानुपर्छ । तर, मधेश प्रदेशका प्रमुख अस्पतालका रुपमा रहेको नारायणी अस्पताल भौतिक पूर्वाधारबिना कसरी गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न सक्ला भनेर सोच्न मात्र सकिन्छ । विगत केही महिनायता भौतिक पूर्वाधारमा केही प्रगति भने देखिएको छ । जसको उदाहरणका रुपमा क्याथल्याब भवन र आकस्मिक विभागको भवनको निर्माण भइरहेको छ । क्याथल्याबले मुटु सम्बन्धि मल्टीस्पेसियालिटी सेवा वीरगन्जमै उपलब्ध गराउन भौतिक पूर्वाधारको आवश्यकता पूर्ति गर्नेछ । आकस्मिक विभागको आधुनिक भवन बनेसँगै यो सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिनेछ ।
तर, वर्षौदेखिको प्रयासबाट ५०० शैय्याको बहुप्रतिक्षित नारायणी अस्पताल बनाउने सपना अझै अधुरै छ । ५०० शैय्याको अस्पतालका लागि बनाउन खोजिएको भवन विगत ३ वर्षदेखि अलपत्र परेको छ । आवश्यक प्रकिया पूरा गरी टेन्डर सम्पन्न भइसकेको थियो । तर, टेन्डर लिएका ठेकेदारमाथि सहरी भवन विभागबाट आवश्यक प्रक्रिया नमिलेको भनी मुÞद्वा प¥यो । सो मुद्दा ठेकेदारले जिते । र, पुनः सहरी भवन सर्वोच्चमा पुग्यो । जसका कारण हालसम्म पनि उक्त मुद्धा किनारा लाग्न सकेको छैन् । त्यही कारण भवन निर्माणको काम अनिश्चित बन्न पुगेको छ । अस्पतालका लागि कोशेढुंगा मानिएको यो भवन नबन्दा स्वास्थ्य सेवा प्रवाह विस्तार गर्ने लक्ष्य पनि आशातीत रुपमा अगाडि बढाउन सकिएको छैन । ठेकेदार र सहरी भवन विभागको दोहोरीमा हालसम्म निर्माण कार्य सुरु नभएको अवस्था छ । तीन वर्षदेखि अदालतमा विचाराधीन मुद्दा सुनुवाई नहुँदा स्वास्थ्यजस्तो संवेदनशील र जनतासँग प्रत्यक्ष जोडिएको अस्पतालको भवन निर्माणको कार्य मृगतृष्णा बन्न पुगेको छ । अर्कोतर्फ सो निर्माण कार्य जति ढिलो हुन्छ, त्यति नै निर्माण लागत बढ्दै जाने भएको राज्यमाथि आर्थिक भार पनि दिनदिनै थपिदैं जाने देखिन्छ । राज्यले गर्ने लगानी पनि आम नागरिकको मेहनतको कमाइ नै हो । अस्पतालका पदाधिकारी र केही राजनीतिज्ञहरु भवन निर्माणको प्रक्रिया अगाडि बढाउने प्रयास नगरेका होइन् । तर, त्यो अदालतमा विचाराधीन मुद्धा भएकाले प्रभावकारी हुन सकेन् । यस विषयमा आम वीरगन्जेलीहरु जागरुक हुनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । सबै वर्ग विशेषगरी गरिब, विपन्न, असहायहरुको उपचारको थलो रहेको नारायणी अस्पताल स्तरोन्नती हुनु भनेको आम नागरिकको स्वास्थ्य उपचारको स्थानीय तहमै गर्ने चाहना पूरा हुनु हो । समस्त चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरु, सबै दलका अगुवाहरु, नागरिक समाज, संचारकर्मी र आम नागरिकले योे विषयलाई गम्भीर रुपमा उजागर गर्नुपर्ने अहिलेको सबैभन्दा ठूलो आवश्यकता बन्न पुगेको छ । हुन त कागजमा केन्द्रीय अस्पताल बनाइएको नारायणी अस्पतालको भौतिक पूर्वाधारमा रहेको समस्याबारे स्वास्थ्य मन्त्रालयद्वारा विशेष चासो लिनुपर्ने थियो । तर, अहिलेसम्म सम्बन्धित निकायबाट खासै महत्व न दिएको आभाष हुन पुगेको छ । अहिलेको अवस्थामा नारायणी अस्पताल निर्माण दबाब समूह गठन गरी वृहत दबाब सिर्जना गर्नुपर्ने समय आइसकेको देखिन्छ । किनभने, त्यो बाहेक अर्को विकल्प छैन । सम्मानित अदालतद्वारा यस्ता अति संवेदनशील र अति आवश्यक मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । किनभने, अस्पताल र स्वास्थ्य संस्था मानव जीवनसँग प्रत्यक्ष जोडिएका विषयवस्तु हुन् ।

(डा. सिंह नारायणी अस्पतालका प्रवक्ता एवं नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव हुन् ।)

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि